निकेत ढकालको, उनी भाग 18

एरिका संगको तितो अतितको मिठो सम्झना,आफैमा अल्झिएको सामान्य वर्तमान र सारिका संगको सुन्दर भबिस्यको कल्पनामा दिन काट्न लागे | बिहान उठ्ने बितिकै सारिकालाई फोन,दिउसो भरि पढाईमा ब्यस्त र बेलुका फेरी सारिका संग केहि मिठा पल र कुराकानी ,बिगत केहि दिन देखि यहि थियो मेरो दिनचर्या | मैले एरिकलाई पुरै भुलेको पनि हैन र भुल्न पनि खोजिन तर बिस्तारै उनको महत्व कम हुदै थियो मेरो जिबनमा | होला म स्वार्थी भएको तर यो स्वार्थ पनि मेरै लागि त हो नि | यसले न कसैको हानि गर्छ न त कसैलाई नोक्सान | जसरि मोबाइल आएपछि घरको फोनहरु बिस्थापित हुदै गए ,त्यसरी नै सारिकाको आगमन र मायाको अवासले मेरो मनबाट एरिकाले ओगटेको ठाउँ अतिक्रमण हुदै थियो | यहाँ देशको सरकार त बर्षमा दुइ पल्ट फेरिन्छ, मेरो मुटुको सत्ता परिवर्तन हुनु कुनै नौलो कुरा त पक्कै पनि थिएन |

�सारिका मेरो दैनिकी नै भएकी थिन, उनी संगको सानु भन्दा सानु कुराकानी सबै मलाई कण्ठस्त नै थियो | बरु म सास लिन भुल्न सक्छु तर उनको त्यो मिठास भरिएको आवाजमा बोलिएको सुनौलो बाणीहरु त हरेक समय मेरो कानमा गुन्जी रहने | म उसंग धेरैनै घुलिदै थिए,सायद उनी पनि मलाई खास मान्थिन |त्यसैले उसंग बोल्न र नजिक हुन मलाई गार्हो भएन | अर्को भाषामा भन्नुपर्दा,हामि अघोषित रुपमा प्रेम सम्बन्धमा थिएउ | बाकि थियो केवल एकले प्रस्ताब राख्नु र अर्कोले स्वीकार गर्नु | अगल्तोले हानेको कुकुर बिजुकी चम्किदा तर्सिन्छ भनेको नि सहि रहेछ,सारिकालाई प्रेम प्रस्ताब राख्न त मन थियो तर फेरी एरिकासंग जे भयो त्यहि दोहोरिन्छ कि भन्ने भयले म चुप थिए | जे छ त्यसबाटै खुसि थिए, धेरैको आश गरेर फेरी खुट्टामा बन्चरो हान्नु थिएन मलाई |

�यसैबीच एरिकाको बर्थडे पनि आयो, केहि गर्न मन थिएन तर फेरी मनले मानेन | उसलाई भनेर राखेको मुना मदन र औठी चाही दिन्छु सोचे र बिहानै हिडे घरबाट | गुलाबको फुल भनेपछि एरिका हुरुक्कै हुन्थी, मेरो घरबाट केहि पर बगैचा थियो | त्यो बगैचामा फुलेको फूलहरु निकै सुन्दर थिए तर फूलसंग काडा पनि हुन्छ,त्यसरी नै बगैचाको मालिक भने निकै रुखो स्वभाबको | फुल हेरेको पनि पैसा लाग्छ जस्तो गर्थियो झन् टिप्ने कुरा परको हो | घरबाट बिहानै हिडेको थिए,सुर्यले प्रकाश छर्न बाकि थियो,यहि हो मौका सोचे र पर्खाल नागेर एरिकाको लागि केहि गुलाबको फुल टिपेर कुलेलाम ठोके | सबभन्दा छिटो स्कुल पुग्ने पनि म थिए,गएर एरिका बस्ने ठाउमा टिपे जति सबै गुलाबको फुल सजाए र अरुलाई संखा होला कि भनेर स्कुल परिसरबाट बाहिर निक्लिए | बिस्तारै अरु बिधार्थी आउन लागे र म पनि उनीहरु संगै मिसिएर फेरी कक्षाकोठा पसे |अरु दिन भन्दा केहि ढिलो आयिन एरिका तर आउने बितिकै गुलाब देखेर निकै खुसि भईन र म तिर हेरेर हासिन |

�एरिकाले बुझिसकेकी थिन कि त्यो गुलाब राख्ने म नै हो भनेर तर त्यो कुरा हामि बीच नै सिमित भयो | जब ब्रेक टाइम भयो,उनीले सबैलाई चक्लेट दिदै गईन तर जब मेरो पालो आयो,उसको मुहारमा बेग्लै मुस्कान देखे |सायद उनी खुसि थिन गुलाब देखि | कक्षा सकियो,घर जाने बेला पनि भयो, उनको घरको बाटोमा एकान्त पारि फेरी रोके उसलाई एकपल्ट र जन्मदिनको सुभकामना दिदै उसको हातमा गिफ्ट राखेर हिडिहाले |सायद उसले केहि भन्न लागेको थिन तर मलाई उ संग धेरै समय बिताउनु थिएन | उ संग बोले भने फेरी उसको सम्झनाले सताउने कुरा पक्का थियो र म यो चाहन्थिन | सिधै घर फर्किए र खाजा खाएर मोबाइल चलाउन लागे | १८ वटा मिस्कल थियो सारिकाको |आज चाडै हिड्ने चक्करमा सारिकालाई फोन गर्न बिर्सेछु मैले र अहिले पनि घर फर्किदा केहि ढिलो भएको थियो | सारिका रिसाई भन्ने कुरा पक्का थियो र उसलाई फकाउनलाई मैले उसलाई फोन लगाए |

To be continue…

%d bloggers like this: