निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 28

16389101_1404466426270638_438492602_o निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 28एउटा बसले बिस्तारै आफ्नु रफ्तारलाई घटाउदै,म उभिएको ठाउँ अगाडी आएर रोकियो |बसको अन्तिम सिटको झ्याल छेउ बसेकी थिन सारिका |हजारौको भिडमा पनि चिन्न सक्छु सारिकलाई,अहिले त जाबो बसमा थिन उनी | सजिलै देखे उसलाई |जब ढोकामा आइपुगिन,तब म लाटोले पप हेरेझै उसलाई हेर्दै थिए |राम्री पनि असाध्यै राम्रो देखेकी थिन उनी | बैसाखको महिना,मज्जाले घाम लागेको थियो,त्यहि घामको किरण उनको सेतो टिसर्टमा परेकोले उनको मुहार पनि निकै चम्किलो र मन लोभ्याउने खाले थियो | सेतो टिसर्ट,छालामै टासिने गरि लगाकी प्यान्ट, खुल्लै छोडेर फिजायिएको केश,ओठमा लाली,आखाँमा गाजल, औलामा औठी कुनै अप्सरा भन्दा कम थिन उनी |

मलाई देखेपछी हात हल्लाउदै र केहि कुदेको जस्तै गरेर म तिर आयिन र भनिन “ह्याप्पी बर्थडे माया |” आज सुभकामना त धेरैले दिए तर उनको भने उत्कृस्त थियो | त्यस्तो मिठो स्वोरमा माया भन्ने शब्द सुन्न पाउनु नै मेरो लागि अहोभाग्यको कुरा थियो | आज उनिबाट आखाँ हटाउन सकेको थिन मैले | कसरि बर्णन गरु कति राम्री देखेकी थिन उनी| “मुला आज चाही किस गर्नै पर्छ है तैले “ अभिले भनेको कुरा दिमागको कुनै भागमा गएर बसेको थियो | सारिकलाई देख्ने बितिकै यो कुरा फेरी घुम्न लाग्यो मेरो दिमागमा |

नघुमोस त पनि किन,त्यस्तो मिलेको र रहरलाग्दो शरिर थियो उनको,ओठ हेर्ने बितिकै आफ्नु ओठ लगेर जोड्न बाध्य बनाउने ओठ थियो , शरीरको ढांचा सबै तिरबाट मिलेको| हेर्ने बितिकै आखा जाने भनेको मुहार र बक्ष्स्थल,मुहारमा अब्बल थिन उनी र बक्ष्स्थलको बर्णन गर्न ४ मुख भएको बर्मा भगवानले त सक्दैनन् होला,म जस्तो तुक्ष प्राणीले झन् के सक्नु | केटा हु,यति त हकनै लाग्छ भन्ने सोच ममा हाबी हुदै गयो | सायद मेरो सोच गलत होला तर म जुन समाजमा छु,यो सोच त्यहि समाजको देन हो | “ओइ लुरे,के सोचेर बसेको ?” उसले मलाई मेरो कल्पनाको संसारबाट फिर्ता ल्याउन आफ्नु मिठो बोलीको सहारा लिन् | “केहि हैन |” मेरो जहिलेको जवाफ यहि हुन्थियो |

फेरि भन्न पनि त मिलेन,म उसलाई चुमेको कल्पना गर्दै थिए भनेर | उसले एकछिन नबोलेको भए,चुम्बन भन्दा केहि माथि पुग्थियो होला मेरो कल्पना | “कहाँ जाने हामि ?” हैन कति प्रश्न गरेकी उनले | “म लान्छु नि जहाँ लागे पनि,चिन्ता नगर |” यति भने पछि बिस्तारै हामि हिड्दै गफ गर्न थालेउ | हामि कहाँ जाने भनेर मैले पहिले सोची सकेको थिए | पुरै कलैयामा अलि राम्रो बस्न मिल्ने ठाउँ भनेकै “अम्रपाली “ खाजाघर थियो |अरु ठाउमा जानु त्यति उचित पनि थिएन | यहाँ ठाउ संगै मान्छेको मानसिकता पनि विकास गर्नु पर्ने थियो | ठाउँ बिस्तारै बिकाश होला तर मानसिकता विकास भनेको ठुलो कदम हो ,यो एउटा बानि हो,जसलाई दिन दिनै हामीले आफुमा ढाल्नु पर्छ |

केटा केटि संगै हिड्दैमा शंकाको आखाले हेर्ने समाजले नै होला आज पनि हामि यति पछाडी छौ | अरु देशमा दुइटा ग्रह जोडिन लाग्यो भनेर तहल्का मच्चिन्छ र यहाँ केटा-केटिले हात जोडेर हिडे भनेर तहल्का मचिन्छ | माया लागेर आउछ मानिसहरुको सोच देखेर ,अर्को भासामा भन्दा उनीहरु रोगि थिए,मनको र मानसिकताको रोगि,उनीहरु चाडै निको हुन् भन्ने मेरो चाहाना हो | यस्तै धेरै मनका अन्तर बोलि र सारिकाको मिठो बोलीमा सजिएको गफ सुन्दै,मैले रोजेको ठाउँ पनि आइपुग्यो |यहाको माहोल बेग्लै,शान्त र सुन्दर,कसैले देख्ला भन्ने डर पनि नहुने,त्यसैले मैले यो ठाउँ रोज्नु उचित जस्तो लाग्यो |

%d bloggers like this: