निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 29

आजको दिन अर्कै मिठास थियो हामि बीच,मन त्यसै प्रफुल्लित थियो, हामि बसेको वाताबरणमा पनि म मायाको स्पर्स गर्दै थिए | एक पछी अर्को गफ,फेरी त्यसपछि अर्को गफ,यसरि समय काट्दै थिएउ | यो माया भन्ने पनि अचम्मको हुने रैछ,जति नजिक भयो त्यति माया घनिष्ठ | हिजो सम्म को हो को हो संग आज म यसरि बसेको छु |

पहिलो पल्ट मायाको गगनमा उनको हात समातेर उड्न पाउनुको हर्षनै बेग्लै थियो,तर पहिलो पल्ट भएर होला,खसिन्छ कि भन्ने डर मेरो मुटुमा जहिले हुने | तर उनी भने निस्फिक्री भएर मेरो साथमा रमाउदै थिन,न त उसमा कुनै भबिस्यको डर थियो न त उनको मनमा कुनै प्रश्न | उनी ब्यस्त थिन सपनाहरु बुन्नमा,तर उसलाई भनिदिने कसले सपना सबै पुरा हुदैनन्,जे पुरा हुन्छन त्यो कहिले सपना हुदैनन् | उनको मुटुमा मात्र माया थियो भने मेरो मुटुमा माया र डरको समिश्रण |

“दाई,अर्डर !” आफु भन्दा ठुलो मान्छेले दाई भनेर सम्बोधन गर्दा कम खुसि लागेको हैन | के मगाउने भनेर मैले केहि भन्नै परेन,सारिकाले नै सबै भनिन् | कुरै कुरामा उसले धेरै कुरा गरिन | म भने केवल उसको गफ सुनेर बस्दै थिए | उसले आफ्नु बाल्यकाल देखि अहिले सम्मको सबै पलहरु मलाई सुनाउदै गईन र म भने उसको कुरा सुन्दै मुस्कुराउदै थिए | कस्तो मज्जाले बर्णन गरेकी उनीले सानु सानु पाटो, लेखक त उनी हुनु पर्ने | साचिकै रमणीय रैछ उसको बाल्यकाल | “आज म तिमीसंग तिम्रो घर जाउ ?” कुरै कुरामा सात्तो-पुत्लो उड्ने कुरा गरिन |16388643_1406481279402486_870871823_o निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 29

रातो-पिरो भए म उसको यो वाक्यले,फ्यान चलेको थियो तर म पसिना पसिना भए,सोच्न सकिन उसलाई के भनु भनेर, म आत्तिए र बोल्न सकिन,उ भने अचानक हास्न लागि | हासेको मात्र हैन,मन खोलेर हास्दै थिन,मेरो खिल्ली उडाएर हास्दै थिन |तर मैले बुझ्न सकिन उनी किन हास्दै छिन भनेर,आफुलाई यहाँ आफु माथि आकाश खसेको जस्तै हुदै थियो | यहाँ मेरो पसिना र डर कम भएको छैन र उनको भने हासो कम भएको छैन ,उनी भने हासेको हासै |

“जिस्केको के मैले| तिमि त पुरै पसिना पसिना भयौ |” उसले हास्दै यति भनि | अभ बल्ल तनाब केहि कम भयो, मेरो मुहारमा पनि हासो आयो,बल्ल तल्ल आएको हासो,हासो र तनाबको मिश्रण प्रस्ट झाल्किदै थियो मेरो मुहारमा | तर उनी भने सधै झैँ हसिली नै थिन | उसको हात पनि अत्ति कोमल थियो,यहाँ बसे देखि मेरो हात उनको हातमा थियो, यसले गर्दा मनमा फेरी उमंग थपिदै थियो | बोल्दा बोल्दै उसले आफ्नु सिर मेरो काधमा राखिन् | उसको कपालको सुगन्ध मैले स्पर्स गर्दै थिए ,हुदा हुदा उसको कपालको बासना पनि मन पर्न लाग्यो मलाई |

एउटा हात उनको हातमा थियो र अर्कोले बिस्तारै उनको कपाल चलाउन लागे म | गल्ति हाम्रो हैन,दोषी शायद त्यो पल थियो ,मैले बिस्तारै आफ्नु ओठ उसको ओठमा लगेर बिसाए | स्वर्गीय आनन्दको महसु हुदै थियो | उनले केहि प्रतिकार गरिनन् र आखा चिम्म गरिन|हाम्रो ओठ र हात बरोबर कसिदै गयो र उनी कुन बेला मेरो अंगालोमा आयिन पत्तो भएन | केहि पल पछी,मेरो ओठ र उसको ओठ फेरी अलग्गियो | दुवै चुप,उनी लजाएर मलाई हेर्दै थिन र म उनीलाई | आत्मग्लानी त पक्कै हैन तर केहि अप्ठ्यारो महसुस चाही हुदो हो उसलाई,सबै अचानक भयो | अहिले पनि हातमा हात थियो तर बोल्नलाई कुनै बात थिएन,दुवै एक अर्काको आखामा हरेको थिएउ | हामि चुप भएर के भो र! हाम्रो आखाको सहाराले हाम्रो मनबीच बार्तालाप हुदै थियो |

%d bloggers like this: