निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 30

एक अर्काको भावमा हराएका थिएउ हामि | वरी-परिको माहोलबाट हामि धेरै धेरै पर थिएउ,के हुदैछ?को को छ? केहि थाहाथिएन हामीलाई | थाहा थियो त केवल एउटा कुरा कि हामि मायाको सागरमा रमाउदै थिएउ | मायाको सागरमा हाम्रो माया कुनै शार्क माछा भन्दा कम थिएन,जसले मनमा भाको पश्चाताप,डर,ग्लानी जस्ता साना-साना माछा लाई बडो मज्जाले निल्दै थियो| सायद मायाको प्रकृति नै यहि हो,धेरै डर र शंका बीच उब्जिंछ,बिस्तारै दिन प्रति दिन बढ्दै जान्छ |अन्तिममा गएर यति ठुलो हुन्छ कि,यसको छायामा रहेको डर र शंकाको बिरुवा आफै ओइलाऊदै जान्छ | मसंग पनि ठिक यस्तै हुदै थियो,मेरो मनमा भएको सबै डर आफै ओइलाउदै थियो र मायाको फुल झन् फक्रिदै थियो | “मिठो रहेछ है म:म:” कति आखाले मात्र बोलोस त,उनीले आफ्नु संबादबाट आखाको बार्तालापलाई पुर्णबिराम लगाउदै हामि बीच बार्तालापको नया वाक्य सुरु गरिन | “हेरेउ मैले भनेको ठाउँ कस्तो दामी |”16473178_1414808958569718_550404573947861518_n निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 30

केहि धाक लगाउनै पर्यो र यो कुरामा कसरि पछाडी पर्नु म | “कति न उसले नै पकाएर ल्याएको जस्तो |” उसलाई बोलेर जित्न सक्छु भनेर सोच्नु मात्र पनि मुर्खता हो | “ हैन त्यहि पनि..” आफ्नु कुरा राख्दै मात्र थिए,फेरी उनीले बिचमै रोकिन र मलाई बोल्न नदिएर “भयो धेरै गफ नहान,चुप लागेर खाउ |” भनेर पो भन्छिन | भगवानले मुख देको भनेकै कि त बोल्न हुन् कि त खान,बोल्न उसले दिन्न,अभ मैले सक्ने काम गरे र उसलाई टुलु-टुलु हेर्दै म:म: चपाउन लागे | “के टुलु टुलु हेरेको माया तिमीले |” अभ जे गर्दा नि सुख छैन,मन लागेको तरिकाले हेर्न पनि नपाउनु मैले ? हुन त जिस्केर भनेकी हो उसले तर पनि मनै त हो,उसको अघि बिद्रोह गर्न सक्दैन तर भित्रै भित्र त संसारनै जितम्ला जस्तो गरेर उफ्रिन्छ | “हेर्न पनि नपाउनु मैले ?” बालक-बोलीमा मैले पनि केहि फर्काए |

“आखाँ जुधाउने हो त ?” खुल्ला चुनौती पो गरिन् | “नजिस्कन |” मेरो बानि भने केहि औनाठो थियो,जे कुरामा पनि जित्नै पर्ने | त्यसैले मैले नाई भन्न खोजे,म न आफु हारेको हेर्न चाहन्थे न त उसलाई हराउन | “तिमि डराकी हो माया ?” महिलालाई सम्बोधन गरे जसरि सम्बोधन गरिन त उसले मलाई | कति जिस्किन्छिन उनी पनि | उसको धेरै जिद्दी पछी,हामि आखाँ जुधाउने खेल खेल्न लागेउ | हामि फेरी एकपल्ट,एक अर्काको आखामा हेर्न लागेउ एकसुरले | म भने उनको आखामा हराए फेरी | उनले भने एक्कासी मेरो आखामा फुकिन र मैले आखा झिमिक्क गरे | “मैले जिते!मैले जिते,हेरेउ तिमि हारेउ|” उनी खुसि हुदै मलाई जिस्काउन लागिन्| उनी आफ्नु जितमा हराउदै थिन र म भने आफ्नु हारमा रमाउदै थिए |

%d bloggers like this: