निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 32

कहाँ छस ओइ पात? बर्थडे पार्टी पचाइस हैन ?पहिले यस्तो लोभी थिनस त |हाम्रो संगत छोडेर क-कसको संगत गर्छस्,अनि यस्तो भईस |” पहिलो घन्टी पनि नबज्दै फोन उठाएर नानाथरी भन्न लागे साथीहरुले | उनीहरुले भन्ने पारानै भिन्न,जति जे भने पनि जिस्केर भन्छन, त्यसैले त खास छन मेरा साथिहरु|

“भरत चौकमा छु,पार्टी खाने भए आउ क्यारे तिमिहरु,नत्र म हिडेको घर |” साथीहरुलाई कसरि ठाउँमा ल्याउने मलाई थाहा छ नि | यति भनेपछि उनीहरु चुप लाग्छन, पक्का थिए म |

भनेजस्तै हुन्छ भन्दै फोन राखे र १० मिनेट भित्र मुन्टीए उनीहरु |

“कहाँ जाने ? अर्पणा स्विट्स कि पूजा स्विट्स ?” ठाउँ रोज्ने जिम्मा जहिले साथीहरुको नै हुन्थियो |

“कहिँ नजाने हामि ?” अभिले यस्तो भन्दा रिसाए कि सोचेको तर हैन रैछ |आज एउटा साथिकोमा बसेर रक्सि खाने योजना बनाएर आएका रैछन | मेरो मिल्ने साथिहरु मध्य सबैले रक्सि खान्थिए तर मैले अहिले सम्म खाको थिन | रक्सि खान धेरै पल्ट संगै बसेका थिएउ हामि तर किन हो किन मलाई चाही कहिले खान मन लागेन | हुन त आफ्नु आफ्नु कुरा हो,सबैलाई एकै कुरा मन पर्छ भन्ने हुन्न | साथीले खा भनेर नभनेका नि हैनन् तर मैले हुन्न भनेपछि कहिले नि जिद्दी गरेनन् | त्यसैले भन्छु ,मेरा साथि सबै भन्दा भिन्न छन् |

“म संग त्यति पैसा छैन |” भएको कुरा भन्नै पर्यो मैले |

“कति छ तसंग?”

“७००-८०० होला |”

“मज्जाले पुग्छ,हामिसंग पनि छ अलि अलि |”

खाने मुखलाई जुंगाले छेक्दैन नभएर पिउने मान्छेलाई पैसाले रोक्दैन | मैले भर्खर सिकेको नया कुरा | रक्सि पिउने भन्यो कि पैसाको व्यवस्था जहाबाट पनि गर्ने साथीहरुले | रातको लागि चाहिने खाने र पिउने कुरा लिएर हामि साथीको घर तिर लागेउ |

कोहि प्याज काट्न ब्यस्त भए भने कोहि तेल तताउन |

“प्याज अलि धेरै काट है,रक्सिलाई सितन हुने गरि मज्जाले पकाउनु पर्छ मासु |” केटाहरु एकअर्कामा गफ गर्दै थिए|

“हो हो सितन चाही चाहिन्छ “ रक्सि नखाए पनि सितन चाही मनपर्ने मलाई | त्यसैले मेरो नाम सितन कुमार राखेका थिए साथीहरुले |

“उ बोल्यो सितन कुमार |” मैले भनेनी नाम नै राखेका छन |आज यो नाम कति पल्ट प्रयोगमा आउछ आउछ |

मैले केहि बोल्नु अघि,मेरो फोन बज्यो,सारीकाको फोन आयो | फोन बजेको थाहापाएर साथिहरु जिस्काउन लागे | कोठामा बसेर कुरा गर्ने स्तिथि थिएन | त्यसैले म निक्लिए एकैछिनलाई भएपनि |

“तिमीले मसंग किन झुठो बोलेको ?” फोन उठाउने बितिकै यो शब्द सुन्दा म आकाशबाट खसेको जस्तै भए |

“तिमि स्कुलमा पढ्ने रैछौ है,किन मलाई कलेज भनेको?मसंग यस्तो कुरा कसरि लुकाउन सक्छौ के तिमि ? “ प्रश्नको बाढी नै आयो र मसंग भने कुनैको उत्तर थिएन |

साथीहरुले फेसबुकमा हालेको बर्थडेको फोटोबाट मेरो झुठ उनी सामु खुलेको रैछ | गल्ति मेरो नै थियो,त्यसैले मैले भन्ने ठाउँ कहिँ थिएन |जे कुराको डर थियो त्यहि भयो | जे भयो ठिकै भयो,आज नभए भोलि उनीलाई थाहा हुन्थ्यो | पछी छुट्टिन झन् गार्हो हुन्थियो होला,अहिलेको पिडा केहि भए पनि कम होला | सहमति भने नि भयो या बाध्यता भने नि भयो,अन्तिम नतिजा के थियो भने हामि अलग भयौ | फोन राखेर म कोठा पसे र मुहारमा कुनै परिबर्तन हुन नदिनु नै मेरो प्रयास हुने निश्चित थियो |

“ओइ मलाई पनि रक्सि हाल है |” उनी हुदा उनको मायाको नसामा रमाउने यो मनले अहिले पनि रमाउन भने छोडेको छैन |फरक यति छ,पहिले नसाको श्रोत उनको माया थियो भने अहिलेको श्रोत सोमरसको बोतल |

To be continue…

%d bloggers like this: