निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33❤️

17097861_1441285969255350_1300460374271052512_o-300x285 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 33

�“ओइ मलाई पनि रक्सि हाल है |”

उनी हुदा उनको मायाको नसामा रमाउने यो मनले अहिले पनि रमाउन भने छोडेको छैन |फरक यति छ,पहिले नसाको श्रोत उनको माया थियो भने अहिलेको श्रोत सोमरसको बोतल |
�मेरो यो एक वाक्यले कोठामा मौनता छायो | सबैजना अचम्मित मुद्रामा मेरो मुहारतिर हेर्न लागे | सबैको आखाँ बल्ब जत्रै ठुला र मुहारमा अनेकौ प्रश्नको मिश्रण सजिलै देख्न सक्थिए मैले | हुन त जहिले नाई भन्ने मान्छेले आज आफै रक्सि पिउछु भन्दा जो पनि यस्तै हुन्थिए होला | कोहि भुलाउन पिउछन् र कोहि रमाउन,तर म भने आज मनको पिडा मनभित्रै लुकाउनलाई सोमरसको सहारा लिदै थिए | पहिलो पल्ट भन्दा साथीले पत्याएनन् तर दोस्रो पटक भनेपछि मेरो भन्ने पाराले म जिस्केको हैन भनेर उनीहरुले बुझे |


�पहिलो सुर्की पिउन केहि गाह्रो भयो | जब रक्सि गिलासबाट मेरो मुख हुदै पेट सम्म पुग्यो, स्वाद निकै तितो लाग्दैथियो र मुखबाट पेटसम्म पोलेको महसुस गरे | तर मेरो मनमा रहेको उनको सम्झना र पिडा यो रक्सि भन्दा निकै धेरै तितो थियो |त्यसैले होला दोस्रो पटक देखि गार्हो वा अप्ठ्यारो महसुस भएन | बिस्तारै रक्सीले पनि छुन लाग्यो |आखा धमिलो,बोलि तोते,हात खुट्टा लुरो त भयो भयो तर मन अझै कोमल हुदै गयो | जति जति बोत्तल रित्तिदै जान्थियो,त्यति नै यो दिमागमा उनको यादहरु भरिदै थियो | बिस्तारै रात संगै साथीहरु पनि यता उता ढल्न लागे | पुराना साथि सबै ढले तर पनि म भने एक्लै परिन |आज भर्खर बनाएको नयाँ साथि,मेरो बोतल चाही म संगै थियो | दाहिने हातमा बोतल,देब्रेमा मोबाइल र गिलास बोकेर म छठ तिर निक्लिए |


�चठमा जाने निर्णय ठिक कि बेठिक छुट्याउन सकिन |
आखा भरिएको थियो र गिलास रित्तो,बोतललाई केहि धक्लाएर गिलास भरे |आखा भने भर्नु नपर्ने,आफै भरिदै गयो | भर्खरै भरेको गिलास मेरो ओठको स्पर्ष पछि फेरी रित्तियो | पुर्णिमाको रात भएर चन्द्रमा बन्द आखाले पनि देखिने गरि आफ्नु पूर्ण रूपमा थियो | अहिले सम्मको पिडा जसरि भए पनि सहदै थिए तर पिडा असहय त्यो बेला भयो जब चन्द्रमामा पनि सारिकाको मुहार देखिन लाग्यो | पिडा घटाउने अन्तिम उपाय भनेकोनै सारिकलाई फोन गर्नु थियो | तर आजबात कहिले फोन नगर्न भनेर बाचा-कसम गराएकी थिन | जब सम्बन्ध नै रहेन भने बाचा-कसमको के मोल | फोन लाग्यो,घन्टी बज्यो , गालि गर्छिन कि भनेको,उसको हालत म भन्दा नाजुक रहेछ | उसको बोलीबाट उनी रुदै गरेको कुरा स्पस्ट थियो |


�“कति ढिलो फोन गरेको तिमीले?” उसको यो प्रश्नले उनी पर्खाईको पिडामा जल्दै गरेको कुरा बुझ्न मलाई गार्हो भएन | उसको त्यो सिथिल र रुन्चे स्वरले मेरो रोकिएको आशु फेरी बग्न थाले |
�मुखबाट शब्द कम र नयनबाट आशुको बहाव धेरै थियो |एकान्त र शुन्यतामा खसेको आशुको मोल मात्र हुने भए,यो दुनिया अहिले निकै फरक हुन्थियो होला | उनीसंग बोल्दा बोल्दै कुन बेला निदाए पत्तो भएन | तर …

To be continue…

%d bloggers like this: