निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 34

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 342764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 342764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 34ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 342764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 342764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 34

�मुखबाट शब्द कम र नयनबाट आशुको बहाव धेरै थियो |एकान्त र शुन्यतामा खसेको आशुको मोल मात्र हुने भए,यो दुनिया अहिले निकै फरक हुन्थियो होला | उनीसंग बोल्दा बोल्दै कुन बेला निदाए पत्तो भएन | तर फोन राख्नु अघि हामीले बोलेको एक एक कुरा मलाई पूर्ण रुपमा याद छ | उसले बोलेको हरेक वाक्य अहिलेसम्म पनि मेरो कानमा हरेक पल गुन्जिदै छ | फोनमा बोल्दा बोल्दै भक्कानो छोडेर रोएको, थाहाछ एक छैनौ तर पनि छिन् छिनमा लब यु भन्ने,लब यु पछि फेरी रिसाउने| छुट्टिनु बाध्यता थियो र हामिले गरेको निर्णय पनि तर योबाट हामि दुइ मध्य कोहि पनि खुसि थिएनौ |खुसि भएको भए पक्कै पनि आशुको भेल बग्ने थिएन |


�भुल्न नसक्ने पल धेरै छन् तर यो पल चाही हरेक बेला झझल्को बनि मेरो आखा अगाडी आउछ ,
जब उसले रुदै सुरु गरिन्:
�“धोका एउटाले दिन्छ तर किन जहिले दुबैलाई पिडा हुन्छ ?”
�“पिडा जति मलाई देउ,खुसि तिमीले लिदा हुन्छ |“
�“तिमीले भने जस्तै,सबै त्यति सजिलो हुन्छ र ?”
�“त्यसो भए जिबन भर दुबैले आशु खसाल्नु गतिलो हुन्छ र ?”
�“भाग्यमा लेखिएको यहि रहेछ, यसलाई अभ मेट्न सकिन्न ”
�“भाग्य त हाम्रै हातमा छ,यसलाई फेरी लेखन सकिन्छ |”
�“भाग्य फेरी लेख्लाउ,तर मेरो मनको चोट कसरि मेत्छौ?”
�“समय बित्दै जान्छ,बिस्तारै मलम पक्कै भेट्छौ |”
�“चोट मेटिएला,पिडा भुलिएला तर तिमिबिना कसरि म खुसि भएर बाच्नु ?”
�“सधै संगै भएनौ तर सम्झना त संगै छ,याद आए संगै बितेका पल सम्झेर हास्नु |”
�“खुसि त तिमिसंग जानेछन मेरो, हास्ने कुरा गर्छौ यहाँ बाच्न पनि मुस्किल छ |”
�“वाहियात कुरा नगर, समय संगै सबै कुरा बिस्तारै भुलिन्छ |”


यस्तै अनगिन्ती कुराले हामि एकअर्कालाई सहारा दिन खोज्दै थिएउ|

त्यो पुर्णिमाको रातपछि,मेरो जिबनमा अर्को पुर्णिमा कहिलै आएन, सधैको लागि औसीमा धेरिए म | बसन्त ऋतुमा पनि मेरो जिबन अनन्तकालको लागि सिसिरमा ठेलिएको महसुस हुदै थियो | त्यो रातपछि मेरो स्कुल जिबनमा भन्नु पर्ने र ब्यक्त गर्ने पलनै भेट्दिन म | समय संगै सारिकाको याद पनि कम हुदै थियो | फेरी एस.एल.सि ले गर्दा केहि भार अझैँ थपिएको थियो | भाग्यले पनि कस्तो खेल खेल्यो | एउटा सिक्का दियो,सिक्काको एक तर्फ एरिका र अर्को तर्फ सारिकाको माया सझिएको थियो | एउटा रोज्नु पर्यो भनेर सिक्का हावामा फ्याकेको मात्र के थिए, सिक्का निरासाको बादल बीच गएर गायब भयो | एस.एल.सी पनि सकियो र नतिजा पनि आयो |हाम्रो बिधालयमा सबैको नतिजा उत्कृस्ट थियो र जिल्लामा अब्बल अंक ल्याउने बिधार्थी पनि हाम्रै स्कुलको | अब्बल अंक ल्याउने अरु कोहि नभएर,एरिका थिन | २ वर्षको अंतरारमा पहिलो पल्ट बोले एरिकासंग,बधाई दिनलाई| उसले पनि हासी हासी बोलि | बिधालयमा कार्यक्रम आयोजना गरिएको थियो र त्यसमा ठाउँ ठाउँ बाट पत्रकार पनि आएका थिए | धेरै भिड बीच एउटा मुहार चिने जस्तो लाग्यो र त्यो मुहार सारिकाको थियो |
About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM