निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 35❤️

Part 35

धेरै भिड बीच एउटा मुहार चिने जस्तो लाग्यो र त्यो मुहार सारिकाको थियो |

माया भन्ने चिज पनि कस्तो अचम्मको हुने, सुन्दरता चाही गुलाबको जस्तै अत्तिनै सुन्दर,प्रकृति भने मखमलीको जस्तै कहिले नओइलाउने | सारिकालाई देख्ने बित्तिकै किन हो किन पुराना दिनहरु एकाएक याद आए | उसलाई गएर भेटौ कि दुरी कायम राखु भनेर बादबिबाद चल्न लाग्यो मेरो मनमा | भेट्नु पर्छ भनेर मुटु पक्षमा उभिएको थियो र भेट्नु हुन्न भनेर मस्तिस्क बिपक्षमा उभिएको थियो | दुइतैले आफ्नु आफ्नु तर्क राख्दै थिए |

“गएर भेट्न,केहि हुन्न, पहिले पनि बोलेको त होस् नि |”

“पहिले बोलेको भनेर हुन्छ र ! बल्ल तल्ल भुलेको छस्,नबोल |”

“उसको यादलाई भुलेको हो,उसलाई हैन |बोल्नै पर्छ तैले |”

“ पिडा याद छ अलग हुदाको? फेरी त्यहि पिडा चाहियो तलाई ?”

“खाना खादा एक पल्ट मुख पोल्यो भन्दैमा खाना खादै नखाने हो र ?”

“माया र खानामा धेरै फरक छ ? यो मुटुको कुरा नसुन पछी फेरी फस्छस् |”

“फरक रे ! खानाले जिबन दिन्छ र मायाले जिबन जिउन सिकाउछ | माया गर्ने बेला तैले दिमागलाई कहिले सोधिस ? अहिले किन सोध्नु ?गएर बोल |”

दुइतैको तर्क अब्बल थियो,म फैसला गर्न असमर्थ हुदै थिए | आखिर बोल्न जाउ कि नजाउ ? मैले बोल्न जादा उ बोलिनन् भने फेरी अर्को बेइज्जत |नबोले भने त ठिकै छ तर झर्कि भने मैले त्यहाँ आफ्नु मुख कसरि देखाउनु |

“ कस्तो भाउ बढेको होला कसै कसैको !” उनी आफै बोल्न आयिन र मलाई धेरै सजिलो भयो | उसको रीस मरिसकेछ |

“म मान्छे बरिस्ठ,अनि के गर्छौ त |” उनि एक्कासी बोल्न आउदा अकबक परे र दिन नहुने उत्तर फर्काए |

“ कस्तो टिमुर्केको के तिमि |” उसको यो जवाफ स्वाभाविक नै थियो |

“जिस्केको के लाटी |” सफाई दिनु उचित लाग्यो |

“थाहाछ के तिमि जिस्केको भनेर,मसंग त्यसरी बोलेउ भने त ज्यान लिन्छु तिम्रो |“ हास्दै भनिन उसले|कस्तो मिठो हासो उसको | उसलाई हेरु कि उसको बोलि सुनु,पुरै दुबिधामा परे |

“अनि म चाही चुप लगेर बस्छु होला त ?” पहिले उसंग जसरि बोल्थिए,अहिले पनि बोल्ने शैली उही थियो मेरो |

“थाहाछ तिमि मान्छे चन्दाल हो | जे नि गर्न सक्छौ |” फेरी नया नाम आयो मेरो लागि | भेटे पटक न्वारन हुन्थियो मेरो |

यस्ता कुराकानी धेरै चल्यो | सम्बन्ध उही थिएन तर भाव भने पुरानै थियो | केहि बदलिएको थिएन हामीबीच | एकछिनमा साथि पनि बोलाउन आए |उसंग पर हुनुपर्यो फेरी | अरु साथिले उसलाई दिदि भन्दा खेरि मैले हासी हासी हात समातेर उसंग बोलेको देखेर,त्यहाँ जल्ने मान्छेको कमि थिएन | केटाहरु मात्र नभएर त्यो लिस्टमा एरिकाको नाम पनि थपियो | एकपल्ट त एरिकाले मलाई तानेर सारिकाबाट पर पारिन |जे होस् त्यो दिन निकै मज्जाले कट्यो |

“आज अचानक भेटिएउ ,खुसि लाग्यो |” छुट्टिदा अन्तिमपल्ट उसले यति भनिन् |

“जिबन निकै लामो छ र संसार निकै सानु | जिबनमा हजार मोड छन् र हरेक मोड कुनै चौतारीमा पुग्छ |कुनै न कुनै चौतारीमा भेट त पक्कै हुन्छ,भेटेको बेला चौतारीमा बसेर फेरी मज्जाले बात मार्नु पर्छ है सोल्टिनी |” लामो भए नि एकै सासमा आफ्नु मनको कुरा भने|

काम केहि नगरे पनि थाकेको थिए | घर पुग्ने बितिकै निदाको पत्तो भएन |
□ □ □
“हेल्लो,ओइ मुला किन अफ्लाइन गाको त ?एरिका पर्खेर बसेकी छे |“ अभिको फोनले मलाई आफ्नु सम्झनाको यात्रा बात फेरी बर्तमानमा तान्यो | mig33 मा बोल्दा बोल्दै,पुराना दिनहरु सम्झिने क्रममा,यस्तो मग्न भए कि अफलाइन गएको नि पत्तो भएन | म यता पुराना दिनहरु सम्झिदै मख्ख थिए,एरिका भने मेरो रिप्लाई कुर्दै |

To be continue…

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM