निकेत ढकालको, उनी ❤️❤️❤️❤️❤️भाग 17

सास भए सम्म आश हुन्छ भन्थिए तर अभ मैले एरिकालाई पाउने आश मारी सकेको थिए | बरु साझको बेला बानेश्वरको गाडीमा सिट पाउला तर उनको मुटुमा मैले ठाउँ पाउनु असम्भव थियो | सायद यो सहि समय पनि थिएन होला माया प्रेमको लागि,जिबन अझै धेरै बाकि छ | उसकै लागि पर्खिनु भनेको त मेरै भुल हुनेछ | म फेरी एकपल्ट टुक्रिए | टुक्रिएको थिए तर फेरी एक हुने न त चाहाना बाकि थियो न त आश |जे भयो खुसि नै थिए,दुखि भएर फेरी मैले चाहेको कुरा हुने पनि हैन | उस्को बर्थडे थियो एक हफ्ता पछी, ठुलै प्लान बनाएको थिए | मुना मदन किताब किनेर,मुना लेखे जति सबै ठाउमा एरिका र मदन लेखे जति सबै ठाउँमा एरिस लेखेर राखेको थिए | उसको बर्थडेमा गिफ्ट दिन्छु भनेर | यति मात्र कहाँ हो र,खाजा खान पाको पैसा बचाएर एउटा औठी पनि बनाएको थिए उसको लागि| तर अभ यो सब बेकार हो जस्तो लाग्यो र केहि गर्न मन लागेन |
धेरै सोच बीच आफ्नु खाटमा पल्टेको थिए,कहिले के कुरा आउने यो दिमागमा त कहिले के कुरा | यतिकैमा सारिकाको फोन आयो | जहिले अक्कड़ो समयमा फोन गर्छे सारिकापनि | एक किसिमले उसको फोन पनि ठिकै लाग्यो, उसको आवाजले केहि भए पनि मेरो मन हलुङ्गो बनाउछ | त्यसैले उसको फोन उठाए र हेल्लो फर्काए |

“ओइ उल्लु के हो? कता गायब ?” मलाई झपारी उसले |

“आज बिजी थिए सरि |” अरु केहि भन्न जानिन ,अरु भन्न र सोच्न सक्ने स्तिथिमा थीएन मेरो दिमाग र मन |

“केहि नभए मेसेज त गर्नु पर्छ ?”

“ब्यालेन्स थिएन,मोबाइल कसरि चल्छ?”

“अनि फेसबुकमा एड खोइ किन नगरेको ? “

“भने नि पैसा नभएर छैन नेट चलेको|”

“तिम्रो अफिसमा त हरेक बेला नेट चल्छ हैन ?”

“आज सन्चो नभएर अफिस गएको छैन |”

यस्तै धेरै झुठको सहारा लिएर हाम्रो कुराकानी अगाडी बढाउदै थिए मैले | उसलाई गुमाउन चाहन्थिन ,किन कि अभ मेरो दुख कम गर्ने मध्यम सारिका मात्र थिन | पहिले पनि उसले गर्दा म अन्धकारबाट बाहिर आको थिए र अभ पनि उनी नै मेरो सहारा थिन यो संसारमा | धेरै कुरा भयो हामि बीच र फोन राख्ने बेला पनि भयो |मैले सजिलै बाई भने तर उसले त्यति सजिलै बाई भन्न मानिन | अभ उसलाई मनाएर सुत्न जानु काम मेरो थियो |

“ फोन राखे है मैले |” मैले यति भने तर मलाई थाहाथियो उसले नाई भन्छे |

“मेरो कुरा त सुन पहिले |” मैले भनेनी उसले मान्दिन फोन राख्न |

“ल चाडै भन |”

“दिनमा एकपल्ट भएपनि फोन गर है | तिमि संग नबोल्दा कस्तो हुन्छ मलाई |”

“म बिजी हुन्छु नि त |” भएको कुरा भने |

“जति बिजी भएपनि यति गर्नु पर्छ | तिमि संग बोल्न नपाउदा गार्हो हुन्छ मलाई |”

मैले सहमति जनाए र हाम्रो बार्तालाप त्यहि टुंगियो | तर उसले भन्न के खोजेकी ? सायद यहाँ बैंकमा खाता खोल्न भन्दा कसैको मुटुमा मायाको खाता खोल्न सजिलो छ | एउटा धोका बन्द भए अर्को खुल्छ भन्थिये,यहाँ पनि त्यस्तै हुदै थियो | एरिकाले हुन्न भनिन तर यहाँ फेरी सारिका आयिन | सायद यहि होला जिबन | काला गए गोरा आउछन,गोरा गए खैरे |

%d bloggers like this: