निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 38

Part 38

प्रत्येक रातका अनगिन्ती गफहरुमा सझिदै गएका सपनाहरु, एकछिनको माया र एकछिनको घुर्काइले निखारेका खुसीका पलहरु,एउटा हातले आखा मिच्दै अर्को हातले मोबाइलमा मेसेज लेख्नुको रोमान्च, खादा देखि फ्याल्दा सम्म पनि मोबाइल हातमै हुनुको मज्जा, सैयौं पल्ट बाई-बाई भनेर पनि गफ अझै नसकिनुको मिठास, जति-जति पल्ट मोबाइलको battery रित्तिन्थियो त्यति त्यति उसको मनमा आफ्नु माया भरिएको अनुभव गर्न

,यसरि नै दिन र रात चल्दै थिए हाम्रा | रातभर उनीसंगको गफमा रमाउदै, कति रात काटियो निन्द्रा बिना , आखामा निन्द छैन तर पनि सपना भने धेरै सझाउदै थिए मैले | सपना सजाउन निन्द्रा हैन मनको प्रयोग हुदो रैछ,बल्ल बुझे मैले | दिवा सपना भनु कि मनको इक्षा,जे नाम दिए पनि मेरो लागि यो जिबन निकै रमाइलो थियो |

दिन-रात गफ गरेर नपुगेर नै होला,अभ त कलेजमा पनि लुकाइ-लुकाई मोबाइल लग्न थालेको थिए मैले |

कलेजमा मोबाइल लग्न फेरी एकदम मुश्किल थियो, एक त कलेजको मूलद्वारमा चेक हुने,अनि कोठा कोठामा सी.सी क्यामेरा |

मोबाइल भेटि हाले भने पनि,परिवारलाई बोलाएर गर्नु गालि गर्थिए कलेजमा| यति थाहाहुदा पनि मनले नमान्ने,जसरि पनि मोबाइल लाग्नै पर्ने |

कलेजमा मोबाइल लग्न लागेपछी पढाईबाट ध्यान त केहि कम भयो भयो तर प्रत्येक बिषयको अन्त्यमा एकपल्ट बाथरुम जानै पर्ने बानि पनि बस्यो,त्यो पनि केवल उनको एउटा मेसेजको रिप्लाई दिन |

चेकिंग झन् कडा हुन लाग्यो र मेरो दिमाग तिब्र गतिमा चल्न लाग्यो | अन्तिममा एउटा अर्को उपाय पनि निक्लियो,एउटा पुस्तक भित्र मोबाइल अट्ने आकारको ढाचा तैयार गरे , र त्यहि अनुसार पुस्तक भित्र त्यो ढाचालाई पत्तिले आकार दिन लागे |

केहि महिना ढुक्क भयो यो उपायले | अभ एरिका र मेरो गफ दिनको हरेक पल हुन लाग्यो |

तर अहिले सम्म पनि कसैलेकसैको नम्बर मागेको थिएनौ | उसको नम्बर मलाई एकपल्ट मै कण्ठ हुन्थियो होला तर थाहाभए पो कण्ठ हुनु | दिन खराब भएको बेला हाती माथि बसेकोलाई त कुकुरले टोक्छ भन्छन,त्यसरी नै मेरो यो बदमासी पनि समातियो कलेजमा |

कलेजबाट निस्कासन सम्म गर्ने धम्कि दिए | नभएको तनाब आइलाग्यो फेरी | बुवालाई लिएर कलेज जानु पर्ने रे |त्यो पनि हफ्ता दिन भित्र |यति नगरेसम्म मोबाइल नपाउने मैले | घरमा पुस्तक काटेर मोबाइल लगेको कुरा सुनाए भने मेरो के हाल हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सक्थिन म | अभ कसलाई चाही लग्ने होला कलेजमा |

यसै फसेको ,त्यसै फसेको भनेर हामि सधै म:म: खाने पसलको साहुजीलाई लाग्ने सोच उत्पन्न भयो मेरो दिमागमा |

सधै त्यहि जाने भएर ,बुढा निकै नजिकी सकेका थिए मसंग | सोचे अनुसार उनले हुन्छ भने र मोबाइल खोसिएको तेस्रो दिन कलेज लागे साहुजीलाई बुवा बनाएर | कलेजले पनि मेरो बुवा उहा नै हो भन्ने कुरा सहजै स्वीकार्यो र मेरो बारेमा अनेकौ पोल लगाउन लाग्यो | बुवाले यति कुरा सुन्नु भएको भए,मेरो शरीरमा एउटा हड्डी बाकि रहन्थीएन होला तर साहुजीले सुनेकोले मलाई केहि फरक परेन |

साहुजीलाई यो सब कुरा भन्नु र बालुवामा पानि खनाउनु उस्ता उस्तै हो,दुवै को अर्थ छैन | मोबाइल लिएर घर पनि आइयो र कलेजले अन्तिम चेतावनी पनि दियो मलाई |

मोबाइल नभएर बितेका दिन एरिकासंग कुरा पनि भएको थिएन | मोबाइल चार्जमा हालेर अन गरेको मात्र के थिए,एरिका को मेसेजको बाढी नै आयो |र आज मात्र आएर थाहाभयो कि ……

To be continue…

%d bloggers like this: