निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 39❤️

Part39

                                 मोबाइल नभएर बितेका ३ दिन एरिकासंग कुरा पनि भएको थिएन |

मोबाइल चार्जमा हालेर अन गरेको मात्र के थिए,एरिका को मेसेजको बाढी नै आयो |

र आज मात्र आएर थाहाभयो माया मैले मात्र हैन,माया एरिकाको तर्फबाट पनि पुर्णरुपमा छ |

मसंग बोल्न नपाउदा उसलाई पनि गार्हो भएको रैछ |

म रिसाएको हो कि ,कि म व्यस्त हो , कतै मलाई सन्चो नभएको हो कि, यस्ता धेरै अनुमान गर्दै उनले मेसेज गरेकी थिन |

मेसेज पनि एकैपल्ट हैन, कुनै बिहान ४ बजे थियो,कुनै त्यसको २ घण्टा पछी,कुनै दिउसो २ बजे थियो भने,कुनै रातको १२-२ बजे |

मसंग बोल्न नपाउदा आत्तुर र चिन्तित दुवै भएकी रैछिन् |

उसको हरेक मेसेजमा उसको माया र चिन्ता भरिएको थियो |

                                                  निकै चिन्तित थिन,आखिर म किन अनलाइन नआएको भनेर |

 

कतै मैले उनी र उनको मेसेजलाई जानी जानी बेवास्ता गरेको हो कि भन्ने शंका पनि लागेको हुदो हो उसलाई |

उनको मनमा भएको सबै प्रश्नहरुलाई अन्त्य गर्न,mig मा मेसेज गरे उनीलाई र नम्बर मागे |

एकछिन सम्म पर्खे तर रिप्लाई आएन |

सायद कलेजमा भएर होला रिप्लाई नगरेकी उनीले |

दिउसो को ३ बजे तिर उसको मेसेज आयो र फोन नम्बर पनि |

हतार हतार फोन गरेको त,एक सुरमा गालि पो गर्न लागिन मलाई,यति दिन कहाँ हराएको भनेर |

उनको यो आक्रामक स्वोर अचानक आशुमा परिणत भयो र उनी रुन लागिन |

उनि रोएकोले,मेरो पनि आखा रसाउन लागे |

     आखिर कति माया गर्दी रैछिन त मलाई,३ दिन गफ नहुदा रुनै पर्ने गरि |

पालोको पैचो भने हुन्छ,उसको लागि धेरै पहिले रोएको थिए म ,आज उनी रुदै छिन |

मैले आफ्नु मोबाइल खोसिएको देखि फिर्ता पाएको सबै घटना सुनाउदै गए, निकै आत्तुर भएर सुन्दै थिन उनी पनि,बेला बेलामा हास्ने र बेला बेलामा गिज्याउने, यसरि बोलचाल फेरी सुरु भयो |

उनको नम्बर नपाउदा migको महत्व जति थियो, नम्बर पाएपछि पनि त्यो महत्व चाही घटेन |

फोन भन्दा च्याट नै रुचाउने हामि दुबैले |

गफ र गफसंगै माया पनि बढ्दै थियो |

सम्बन्धमा केहि कमि थियो भने प्रेम प्रस्तावको,जुन उसले गरे नि हुन्थियो र मैले गरे पनि ,तर गर्न चाही कसैले गरेनन |

अघोषित भए पनि प्रेम सम्बन्ध थियो हामि बीच |

समय पनि कति चाडै बितेको, दशैं पनि आयो |

हामि दुबैको कलेज बिदा भयो र बिदा संगै हाम्रो गफ पनि |

दशैंमा उनी काठमाडौँ आउने खबर पाउना साथ मेरो खुसि खुल्ला आकाश जस्तै भयो जसको कुनै सिमा छैन |

तर भेट भने एकदिन मात्र हुने कुराले मन केहि भए पनि खिन्न चाही भएको थियो

अन्त्यमा भेट पनि भयो,पहिले भन्दा निकै भिन्न भएकी रैछिन ,straight गरिएको कपाल,सुनमा सुगन्ध थप्ने उनको ओठको लाली, मुहारमा बिहानीको सुर्यको किरण पर्दा फक्रिएको गुलाब जस्तै चमक थियो, झन् त्यो मुस्कानले उनको सुन्दतालाई अप्सरा भन्दा पनि निकै माथि पारेको थियो |

पहिले नै फन-पार्क जाने भनेर सहमति भएको थियो हामि बीच |

सहमति बमोजिम फन-पार्क गइयो | मान्छेको भिड खासै थिएन त्यो दिन |

उनी मान्छेलाई हेरेर रमाउदै थिन र म भने उनीलाई |

धेरै मनाए,फकाए र जिद्दी पनि गरे,अनि बल्ल ठुलो पिंगमा जान तैयार भईन उनी |

उसलाई डर भन्ने एकदम लाग्ने रैछ,पिंगमा हामीले बिताएका ५ मिनेट मध्ये एक सेकेन्ड पनि उसले मेरो हात छोडेकी थिनन् |

पिंगको गति जति बढ्दै जान्थियो,आखा चिम्म पारेर, झन् बेस्सरी अथ्याउथिन् मेरो हात |उसको कपाल उसको मुखसम्म आउदै थियो पिंगको हावाले गर्दा |

यो ५ मिनेट मेरो जिबनको उत्कृस्ट ५ मिनेट थियो |

भूत घर पस्दा ,उनीले तर्सेर मलाई अंगालो हालिन र त्यो बेला मेरो जिउ सिरिंग भएर जिउ भरि काडा उम्रेको पल पनि निकै मिठासपूर्ण थियो |

अर्कै न्यानोपन थियो उनको अंगालोमा |

दिन बितेको पत्तो भएन , साथमा थियो त केवल सम्झना र हामीले खिचेका केहि फोटोहरु |

To be continue…

%d bloggers like this: