निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41❤️

Part 41

Mig को merchant भएर केहि भएपनि पैसा कमाएको थिए र यता परिक्षाको चटारो पनि थियो,त्यसैले प्लेन रोजे एरिकाको बर्थडेमा जानको लागि |

पहिलो पल्ट प्लेनको यात्रा गर्न जादै थिए,केहि उत्साहित र केहि डराएको पनि थिए |

एयर होस्टेजहरु राम्रा राम्रा देख्थिए चलचित्र तिर, भाग्यमा नभएको हो कि नेपालको प्लेनमा यस्तै हो,त्यस्तो केहि खास देखिन एयर होस्टेजमा |

रन-वेमा प्लेनको गति र छाती भित्र मेरो मुटुको धड्कन एकैनासले बढ्दै थियो | एकछिन पछि प्लेन हावामा थियो र मेरो मन पनि प्लेनसंगै उड्दै थियो |

एकछिन कान बन्द भएको नि महसुस भयो तर एक्छिनपछि सबै सामान्य हुदै थियो |

पुषको महिनामा भएर होला हिमाल निकै सुन्दर देखिएको थियो प्लेनबाट |

१५ मिनेटको यात्रा मात्र रहयो प्लेनको तर त्यो १५ मिनेट पनि कति रमाइलो मेरो लागि |

बिरगंजमा कुनै विमानस्थल थिएन,त्यसैले सिमराबाट बिरगंजसम्म गाडीमा जानु पर्ने थियो र त्यहाबाट कलैया |
विमानस्थलबाट गाडी चढ्ने ठाउ केहि पर थियो र झोला भिडेर हिड्न लागे |

“ओइ हिरो ,के छ ?” बाटोमा हिड्दै थिए,एउटा आवाजले मेरो पैला टक्क रोकियो |

सारिकालाई देखे, सोच्दै नसोचेको मान्छे भेटियो |

“चिनेउ नि हैन मलाई?” उसलाई एकनासले हेर्दै थिए,फेरी उसले बोलिन् |

“कपडामा लागेको दाग त जान गार्हो पर्छ,तिमि त झन् मुटुमा गासेको नाम हौ,कसरि नचिन्नु तिमीलाई?” केहि भिन्न पारामा हास्दै कुरा सुरु गरे उसंग |

बाटोमा उभिदै बोल्न केहि गाह्रो भयो, कफीको बहानाले एउटा ठाउमा बसेर गफ गर्न लागियो |

बिस्तारमा एकअर्कालाई सबै कुरा सुनाउदै थिएउ हामि |

निकै खुसि रैछिन उनि, स्कुल पढ्ने बेलाको साथीसंग प्रेम सम्बन्धमा गासिएकी रैछिन |

मेरो लागि भनेर आजको रेडियो कार्यक्रममा पनि गइनन् उनि |

म १ बजे सिमरा पुगेको मान्छे,उनीसंग गफ गर्दा ५ बजे छ |

गफ संगै ८ कप कफी पनि सकियो | समय र कफी दुबै सकिएको पत्तो भएन |

उसले अहिले सम्म पनि मैले देको नम्बर चलाउने रैछिन |

यो नम्बर पनि निकै विषेस थियो मेरो लागि,यहि नम्बर संग मिल्छ भनेर मैले आफुले अहिले चलाएको नम्बर लिएको थिए,अन्तिम ५ अंक एकैनासको,अनि अन्तिममा ७ |

उनीसंगको बार्तालाप पछी म कलैया तिर लागे,घर पुग्दा ८ बज्यो र घर पुग्ने बित्तिकै एरिकालाई आफु पुगेको खबर दिए |

To be continue….

%d bloggers like this: