निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 42❤️

भोक भने निकै लागेको थियो,नलागोस पनि किन,दिउसो कफी मात्र खाको हो |

पकाउन अल्छी लाग्यो,पसल गए,१० को वाई-वाई चाउचाउ र १०५ को dew लिएर आए घरमा |

एरिकासंग फोनमा बोल्दै चाउचाउ पकाए |

“किन चाउचाउ मात्र ? पुग्छ र ?” कस्तो माया गर्ने,पुग्छ पुग्दैन,सबै ध्यान दिन्छे |

“म त यसरि खाना लागेको ५-६ दिन भयो ,तिम्रो बर्थडे पार्टीको लागि पेट खालि गरेको ,फेरी भोलि तिम्रो बर्थडे पार्टीमा खाना मन नलागे भने |

” म भने सबै कुरालाई हासोमा सिध्याउन खोज्थिए |

एकछिन दुवै तिर हासोको माहोल फैलियो |

हासोको माहोललाई निरन्तरता दिन उसले एउटा जोक भन्छु भनिन् र मैले नाइँ भन्ने कुरै आएन |
त्यो जोक पहिलेनै धेरै पल्ट सुनिसकेको थिए तर पनि उसको लागि भनेर मज्जाले हासे |
म प्रेमी मात्र नभएर नाटककार पनि राम्रै हुनुपर्ने ,त्यसैले होला मनमा हजारौ पिडा भएपनि,मुहारमा त्यो पीडाको प्रतिबिम्ब कहिले झल्किन पाएन |
आज फेरी सुत्दा रातको २ बज्यो,मलाई त केहि गार्हो थिएन,उनीलाई भने ६ बजे कलेज पुग्नु पर्ने थियो |

थकानले नै होला, आखा चिम्म गर्ने बितिकै निन्द्राको काखमा पुगे |

बिहानको ९ बजे आखा खुल्यो मेरो |

१ बजे भेट्ने कुरा थियो हाम्रो,त्यसैले लोसे तालमा तैयार हुनलागे म |
काठमाडौँ भए पुष महिनामा नुहाउनलाई २-३ पल्ट सोच्नु पर्थियो,यहाँ त बाथरुम पसे र सिधै नुहाइयो,त्यो पनि चिसो पानीले |
उसलाई भेट्नुपर्छ भनेरनै, हेयर-क्रिम र परफ्युम पनि नया किनेको थिए,अहिले सम्म खोलेको पनि थिन |
अन्त्यमा तैयार भए,अरुलाई जस्तो लागोस तर आज आफुलाई भने म हिरो नै ठान्दै थिए |
उसको कलेज पुग्न लाग्दा भर्खर १२ बजेको थियो |
उसले भनेको समय भन्दा ठिक १ घण्टा अगाडी पुगे म |

समय पनि काट्नु थियो र चियाको तलतल पनि लागेको थियो,एउटा होटल छिरे |

भित्र पस्ने बितिकै केटाहरुको एउटा हुल देखे,त्यो हूलमा सबै केटाहरु मैले चिनेको,सबै स्कुल संगै पढेका साथिहरु थिए |

१ घण्टा भने मज्जाले कट्ने भयो सोचे मैले र सोचे जस्तै १ घण्टा पनि कट्यो |
अभ भने मेरो मुटुले आफ्नु स्थान छोड्ला जस्तो भएको थियो,एक वर्ष जतिपछी एरिकालाई भेट्न लागेको थिए |
migमा फोटो हेरेपनि, आफु सामुने हेर्दा कस्ती होलि भने जिज्ञासा चाही मेटिन बाकि थियो |

उसले फोन गरिन् र भेट्ने स्थान भनिन,म त्यो स्थान तिर लम्किदै थिए | केहि परबाट नै देखे उसलाई,यता मेरो पाइला अगाडी बढ्दै थिए र छातीमा मुटुको गति | उनि संगै उनको ३ जना साथि पनि थिए,मनमा धेरै कुरा खेलाउदै अन्त्यमा उनको सामू पुगे |

To be continue….

%d bloggers like this: