निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 43❤️

Part 43

सबैले एकैपल्ट “हाइ” भन्दा कम्ता मख्ख परेको हैन म | मनमनै सोचे,”यती धेरै सालिनानीहरु!” | होटल भित्र पसियो र एउटा ठाउ रोजेर बसियो | मलाई र एरिकालाई संगै राखेर,हाम्रो अगाडी बसे एरिकाको ३ साथि | अभ कुरा सुरु हुन लाग्यो |

मैले परिचय दिदै भने “म निकेत!” |

“हामीलाई थाहानै थिएन| तिमि निकेत पो हो |” एरिकाले मेरो खिल्ली गर्न खोजिन्|

“बर्थडे भएको केटीको के बिल्ला गर्नु,आज बचेउ |” उसको नि खिल्ली गर्न मन नभएको हैन तर साथीहरुको सामु चाही मन लागेन |

३ जना मध्य एउटा साथि चाही औधि राम्री थिन | उसले आफ्नु परिचय दिदै भनिन् “मेरो नाम चाही सुरक्षा |”

“अनि मैले आफ्नु मुटु तिमीलाई दिए भने सुरक्षा गर्न सक्छौ त ?” यति बोलेको मात्र के थिए,एरिकाले कसैले नदेख्ने गरि कस्तो बेस्सरी आफ्नु पाइलाले मेरो पाइलामा टेकिन् |मैले केहि जिस्किन खोजेको थिए सुरक्षासंग,उ लजाएर रात्तै भईन |

एकछिनको कुराकानीपछी म पनि केहि खुल्दै थिए | अभ त हामि ४ जना मिलेर एरिकाको खिल्ली उडाउदै थिएउ | एरिका भने कुनै बेला हास्थिन भने कुनै बेला ठुस्स हुन्थिन | माहोल निकै राम्रो भएको थियो त्यो दिन | एरिका ठुस्स परेको बेला आफ्नु झोलाबाट निकालेर उसलाई ल्याईदेको उपहार दिदा उसको मुहारमा मुस्कान फेरी फिर्ता आयो| उसको लागि घडी लिदेको थिए,त्यो घडी खोज्न पनि कम डुलेको हैन म |

“घडी चाही किन?” उनको एउटा साथीले मलाई सोधिन् |

“ समय सहि होस या गलत,म सधै संगै हुन्छु उनि संग | घडी नाडीमा लगाईन्छ र म पनि त्यहि घडी जसरि उसको नाडी निर भएर,उसको हरेक धड्कन सुन्न चाहन्छु |” नसोचेको कुरा कहाँबाट बोले तर जे बोले सहि बोलेछु,सबै जना एकछिनसम्म मलाई हेरेको हेरेई भए |

हामीले अर्डर गरेको खानेकुरा पनि आयो | “हट-लेमन र सी-म:म:“ मगाएको थिएउ | मगाउन त मिठै कुरा मगाएको हौ तर कस्तो नमिठो बनाएर ल्याइदियो | कुनै पनि मिठो थिएन | सी-म:म: चाही हैन छि-म:म: भएको थियो,अनि हट लेमन भने धत्-लेमन भएको थियो | कसैले केहि खाना सकेनन् | अन्तिममा कफी मगाएको र यो कफी नै काफी भयो | जाबो कफी बनाउन नसक्ने | कस्तो चाही ठाउँ रोजेको होला एरिकले पनि |

To be continue….

%d bloggers like this: