निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 44

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 442764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 442764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 44ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 442764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 442764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 44

Part 44

अन्तिममा कफी मगाएको र यो कफी नै काफी भयो |

जाबो कफी बनाउन नसक्ने | कस्तो चाही ठाउँ रोजेको होला एरिकाले पनि | खानेकुरा केहि मिठो नभएपनि,यो पलको मिठास चाही निकै बेग्लै र आत्मीय थियो | मिठास त थियो उसको त्यो बोलाईमा,उसको त्यो हेराइमा,उसको त्यो हासोमा,उसको त्यो लजालुपनमा,उसको त्यो चन्चलतामा|

कुनै बेला हास्दा हास्दै मेरो हात समाउथिन भने कुनै बेला गाला चिमात्त्थिन्,कुनै बेला मुड्कीले बिस्तारै छाती र ढाडमा प्रहार गर्थिन भने कुनै बेला आफ्नै मुहार छोप्थिन | म,उनि र उसको साथीहरु, हामीले लगभग यो पल यसरि नै बितायौ-चल्दै,जिस्किदै र गफमा रमाएर |

कस्तो बुझ्ने र बाठा उसको साथीहरु,मलाई र एरिकालाई केहि समय एकान्तमा दिन खोज्दै बहाना बनाउदै एकछिनलाई बाहिर निक्लिए | यो एकान्तको निकै खाचो थियो र सहि समयमा हासिल भयो |

“ तिमि आउछौ जस्तो लागेको थिएन, तिमि आएर मात्रै पनि कस्तो खुसि लागेको छ मलाई| मेरो जिबनको नै सबै भन्दा दामी बर्थडे हो यो |” केहि बेर अघि सम्मको माहोल हसिमजाकपूर्ण थियो र अहिले भने भावनाले भरिएको माहोल छ |

“हो यहि खुसि ,तिम्रो यहि खुसीको लागि जे पनि गर्न सक्छु, मात्र तिमि खुसि भैदिए पुग्छ |” उसको दुवै हात आफ्नु हातले समाउदै उसको आखामा हेर्दै भने |

मनले मनलाई नै भन्दै थियो,आज चाही प्रेम प्रस्ताभ राख भनेर | यहि सहि मौका थियो उसलाई आफ्नु प्रेम सम्बन्ध भित्र गास्नलाई | सबै थोक मिलेको थियो, ठाउ सहि थियो,समय सहि थियो र हाम्री बिचको समझदारी पनि | तर पनि आट आएन उसलाई आफ्नु माया जिकिर गर्ने |

मन भित्र घास सरि उब्झिएको डर र प्रश्नको स-साना बिरुवाहरु बीच मायाको सुन्दर वृक्ष कहिले पलाउनै पाएन | दुवै बीच मौनता थियो |जे पर्ला पर्ला,अभ चाही मेरो माया उनि सामू राखेरै छोड्छु सोचेर उसलाई बिस्तारै आफु तिर ताने र उसको सिर आफ्नु छाती माथि राख्दै भने “ यो धड्कन सुन त,यसमा तिमीले आफ्नु नाम सुन्न सक्छौ?”

“उम्म” उसको यो सानु प्रतिक्रियाले पनि निकै हौसला दियो मलाई | अभ चाही प्रेम प्रस्ताभ राखेरै छोड्छु सोचे |

एउटा हातले उसको कपाल सुम्सुम्याउदै र अर्कोले उसको गाला,उसको सिरमा एउटा सानु चुम्बन दिए र भने “ मेरो हरेक धड्कनमा तिमि छौ,मैले लिने सासमा तिमि छौ,मैले बाच्ने हरेक पलमा तिमि छौ,..” अरु केहि भन्नु अगाडी नै उसको साथिहरु आए |

उनि भने हत्तपत्त मेरो अन्गालोबाट केहि पर जादै,सामान्य तरिकाले बसिन् |

भाग्यमा नभए केहि हुन्न भन्थिए हो रैछ,एकछिन मात्र भएपनि उसको साथि केहि ढिलो आएका भए,मैले प्रेम प्रस्ताब राखिसकेको हुन्थिए होला तर … सायद अरु कुनै बिशेष दिनको प्रतिक्षा गर्नुपर्नेछ मैले,आफ्नु माया उसलाई बुझाउनको लागि |

To be continue….

%d bloggers like this: