निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 45

ऊनी Part 45 सायद अरु कुनै बिशेष दिनको प्रतिक्षा गर्नुपर्नेछ मैले,आफ्नु माया उसलाई बुझाउनको लागि | माया भनेको नै खास हुन्छ,माया जिकिर गर्ने दिन पनि खास हुनै पर्यो | खास दिनको आशमा माया नै नास होला भन्ने डर पनि थियो |

तर जे भयो ठिकै भयो , थाहा थियो माया उसले पनि गर्छे तर हतार गर्नु ठिक पनि हैन | त्यो दिन पछि मैले उसंग नजिक हुने झन् राम्रो माध्यम पाए |

उसको साथिहरुसंग पनि कुराकानी सुरु भयो मेरो |

अचेल उसंग भन्दा पनि उसको साथीहरुसंग धेरै कुरा हुने मेरो |

उसको साथीहरुबाट धेरै कुरा थाहापाए,कलेजमा हरेक बेला मेरै कुरा गर्छे रे उ |

“एरिकले यस्तो भन्यो,एरिकले त्यस्तो भन्यो,एरिक यस्तो छ,एरिकले यस्तो गर्दै छ |

” हरेक बेला एरिकाले आफ्नु साथीसंग भन्ने कुरा यहि हो रे |

यसबाट चाही पक्का भए,मैले प्रस्ताभ गरे भने उसले हुन्न भन्दिनन् |

उसको साथीहरु पनि अचम्ममा पर्थिए,आखिर एरिका र म प्रेम समबन्धमा किन छैनौ भनेर |

सबैले भन्ने गर्ने,एरिकालाई प्रस्ताभ राखन |

त्यो हफ्ता मात्र हैन,त्यो हफ्ता पछीको केहि हफ्ता पनि निकै छिटो बित्यो |

नबितोस पनि किन,परिक्षाको चटारो र जिबनमा रस भर्ने एरीका र उसंगको गफ-गाफ mig मा |

पुष महिना बित्यो र माघ पनि लाग्यो | यता मेरो परिक्षा सकियो र उता उसको सुरु भयो |

माघ पनि बित्यो र फाल्गुन आयो | नया जोडीहरु बन्ने दिन र पुरानाहरूको माया झन् गाडा हुने दिन आउदै थियो |

प्रेमीहरुको महीना,प्रणय दिवस फाल्गुन २ गते |

कसैले जोडी भेट्छन भने कसैले पिडा, कसैको जिबनमा उज्यालो छाउछ भने कसैकोमा अन्धकार, कतिको मुटु जोदिन्छन भने कतिको टुक्रिन्छ, कोहिले प्रेमिकाको साथ पाउछन भने कोहिले बोतलको, कसैले जिबनभरको लागि निश्चल माया पाउछन भने कसैको माया देह स्वार्थमा सिमित हुन्छ |

यस्तै हुनेगरेको आजकालको प्रणय दिवस |

म पनि यस दिनको प्रतिक्षामा थिए | यो दिनमा,आफ्नु मनमा रहेको मायालाई एरिकासामु राख्न निकै आत्तुर थिए म| मनमा माया मात्र हैन डर पनि थियो |

तर डरले भने निकै थोरै ठाउँ ओगटिएको थियो त्यसैले उसलाई प्रेम प्रस्ताभ राख्न मलाई केहि बाधा थिएन |

बिहान उठेर सधै झैँ कलेज गए र कलेजबाट फ़र्किएपछि उसको प्रतिक्षामा बित्यो | पर्खेको पनि निकै भयो,बेलुकाको ३ बज्न लाग्यो तर अहिले सम्म पनि उसको मेसेज आएन |

आज निकै ढिलो गरिन् उसले |

सायद केहीमा ब्यस्त भईन् होला | बेलुकाको ४ बजेको थियो,उसको फोन आयो |

सधै मेसेज गर्ने मान्छेले आज फोन गरिन् | मेरो पहिले प्रश्न नै “किन ढिलो “ भनेर थियो |

कलेजमा एउटा केटाले प्रणय दिवस भनेर दुख दिएको कुरा जिकिर गरिन्,बाटोमा समेत तमासा गरेछ त्यो केटाले |

त्यहि कारणले उ केहि खिन्न थिन |

यति कुरा सुनेपछि,समय सहि लागेन मलाई उसलाई प्रेम प्रस्ताभ राख्ने |

म माथि पनि रिसले आगो हुन्छे कि जस्तो लाग्यो |

र आजको दिन पनि उसलाई आफ्नु माया ब्यक्त नगरी बसे | गल्ति एउटाले गर्यो र सजाय मैले पाए | पलाउन लागेको मायाको बिरुवालाई अर्कोले आएर कुल्चिदियो | To be continue….

%d bloggers like this: