निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 46❤️

Part 46

“मैले प्रस्ताभ नगरे के भो त,उसले गरि हाल्छे नि | माया मैले मात्र गरेको हैन क्यार |”

मनमा यस्तो कुराहरुले पनि ठाउ लिदै थियो | एरिकासंग बोल्दै जादा बेलुकाको ६ बज्यो |

कुराकानी सधैको जस्तो सामान्य थियो | जति आटे पनि मैले चाही प्र्सताभ राख्न सकिन र उनीबाट अपेक्षा राख्नु पनि खेर गयो | खाना पकाउनु पर्यो भनेर उ अफलाइन भईन |

आज चाही जे भएपनि माया ब्यक्त गर्छु सोचेको थिए ,त्यसैले मेसेजको सहाराले प्रस्ताभ राख्ने सोचे |

चाहेको भए सानु मेसेज लेख्नन सक्थिए तर जान्ने भएर पहिले एउटा कविता लेखे कपि-कलम लिएर |

त्यहि कविता फेरी टाइप गर्न लागे मोबाइलमा |८ बज्न लागेछ | यतिकैमा एरिकाको साथी सुरक्षाको फोन आयो | खुसि हुदै उठाए,सोच्दै थिए सुरक्षाले केहि मदत गर्न सक्छिन कि भनेर |

“ओइ तिमीले एरिकालाई किन प्रोपोज नगरेको ?” उसको स्वरमा रीस र आतुरताको मिश्रण थियो |

“अभ गर्छु एकछिनमा |” पक्कै पनि एरिकाले नै उसलाई फोन गर्न लाको हुनुपर्छ सोचे | नत्र अचानक यो प्रस्न किन आयो |

 

“आलु खाऊ,तिमि साचिकै आलु खाउ |” अचानक के भएछ उसलाई,किन यसरि बोलेकी होलि |

“किन के भो र ?” उसको अन्तिम वाक्यले निकै प्रश्न आयो मनमा,सबैको उत्तर खोज्दै थिए म |

“तिमीले उसलाई केहि भन्छौ कि भनेर,बिहान देखि अघिसम्म पर्खेर बसेकी थि एरिका |

दिउसो कतिले प्रपोज गरे तर कसैलाई पनि हुन्छ भनिन | तर तिमीले केहि भनिनौ उसलाई त्यसैले उसले एउटा एकदम मिल्ने साथीको प्रपोज स्विकारिन् |

“ सुरक्षाको मुखबाट त केवल शब्द निक्लेको थियो | तर प्रत्यक शब्दले मेरो मुटुमा पालैपिलो प्रहार गर्दै थियो |

लाग्दै थियो कि कसैले एउटा चक्कु लिएर,मेरो शरीर माथि बसेर ,त्यहि चक्कुले हजारौ पटक मेरो छातीमा प्रहार गर्दै छ |

मैले केहि बोल्न सकिन,आखिर एउतै चोट हजार पल्ट खादा जसको हालत पनि यस्तै हुन्छ | केहि नबोली फोन काटे |

“ओइ भोड्का किनेर राख,म सितन लिएर आउदै छु |”

केहि भएपनि पिडा कम होलाकी सोचे र साथीलाई फोन गरेर रक्सि खाने योजना बनाइयो |
योजना बमोजिम सितन किन्न पसल लागे म |७९० को सामान किनियो र १००० को नोट निकालेर दिए |

खल्तीबाट पैसा निकाल्न खोज्दा ,१००० को नोट २ टुक्रा भयो | अभ के गरु भनेर साहुजीको मुख हेर्न लागे म |

“भाइ नेपाल हो,२ टुक्राभए पनि चल्छ यहाँ नोट |”

साहुजीले हास्दै भने |

यहाँ मुटु हजारौ टुक्रा हुदा त जिबन चलेको छ,उनि जाबो नोट दुइ टुक्रा हुदाको कुरा गर्छन |

केहि नबोलि साथीको घर तिर लागे | त्यो दिन कति चाडै रक्सीले छोको मलाई | कुन बेला ढले पत्तो भएन |

To be continue….

%d bloggers like this: