निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47❤️

Part 47

समिर रैछ उसको नाम | एक्कासी आयो मेरो जिबनमा र मेरो जिबनको हरेक खुसि उडाएर लग्यो |

 

गल्ति त समीरको पनि हैन, म नै मुर्ख हो जो जहिले पनि सहि समय कुरेर बस्दै थियो |

समय कहिले सहि र गलत हुने हैन,समय जहिले एउतै हो |हाम्रो हातमा छ यसलाई कसरि मोड्ने !अभ एरिकासंग बोल्ने कि नबोल्ने,अर्को ठुलो निर्णय लिनु पर्यो मैले |

एकछिनको सोचाईपछी बोल्दिन सोचे तर ठिक बिपरित हुदै थियो | झन् एरिकासंग मेरो गफ बढ्दै थियो |

दिन बित्दै गयो तर हामि भने जहिले उही नै रहयौ | सुत्दा जहिले मध्यरात कट्ने, अनेक कुरा गरेर बस्थिएउ |

थाहाछ उसले अरु कसैलाई रोजी सकेकी छिन् तर पनि बेला बेला आफैलाई उसको आफ्नु मान्छे ठान्ने मेरो मन देख्दा पनि हासो लाग्छ |

आखिर किन जहिले झुठ बिचन बाच्न खोज्छ यो मेरो मन |

हुन त गल्ति मेरो नै हो,मन मेरो हो,यसलाई लगाम लगाउने कर्तब्य पनि मेरै हो ,तर पनि यसलाई मैले खुल्ला भएर बाच्न देको छु |

दिन प्रतिदिन हामि एकार्कासंग अझै नजिकै थियौ |तर जे भएपनि उसले खोजेको मान्छेको महत्व भिन्न हुदोहो उसको जिबनमा |

समिरसंग उसको migको पासवोर्ड रैछ |म एरिकासंग जहिले जिस्केर बोल्ने,अरुले हामीले बोलेको देख्यो भने हामि जोडी भनेर सोच्थियो होला,समिरले देख्दा त अबस्य त्यहि सोच्यो |

हुन पनि हो,माया र सम्बन्ध बाहेक केहि कुरै नहुने हामि बीच | समिरलाई मन परेनछ यो कुरा |

म संग बोल्न आयो आफ्नु mig बाट,केहि कुरा भयो ,चिनिन उसलाई सुरुमा| एरिकाको कुरा निक्लियो,अनि केहि शंका लाग्यो समिर हो कि भनेर |

कुरा बढ्दै गयो,केहि मैले पनि आफ्नु धैर्यता गुमाए र केहि गल्ति उसले पनि गर्यो | सामान्य कुराकानी झगडा तिर मोडियो |

अभ त दैनिकी नै एरिकासंग गफ र समिर्संग झगडा गर्दै बित्न लाग्यो |17546719_1472916339425646_8206205632879782714_o-227x300 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47

मसंग नबोल्न भनेर एरिकालाई भन्दो रैछ उसले तर एरिकाले नाइ भन्दा उनीहरु दुइको पनि जहिले झगडा पर्ने |

एकपल्ट झन् समिरले एरिकालाई हामि दुइ मध्य एकलाई छान्न भन्यो र एरिकाले मलाई रोजिन् |

यो कुराले उनीहरुको सम्बन्ध झन् चिस्सिदै जादै थियो |

एरिकाले जहिले भन्ने गर्थिन् मलाई “बरु तिम्रो लागि समिरलाई छोड्न सक्छु तर तिमीलाई सक्दिन |तिमि मेरो बेस्ट फ्रेन्ड होउ |”

हामि ३ बीच कहिले शान्ति भएन ,जहिले कोइ कोइ संग रिसाउने |

 

गल्ति समीरको पक्कै हैन किन कि म र एरिका बिचको सम्बन्ध बुझ्दा जसले नि त्यस्तै प्रतिक्रिया दिन्छ होला |

 

फेरी हामि मात्र पनि गल्तिको पात्र हैन नि ,बच्चै देखि बोल्दै आएको मान्छे,कसरि एक्कासी बोल्न छोड्नु |

अभ कि समिरले छोडेर जानु पर्ने कि मैले,समिरलाई छोडेर जा भन्न नमिल्ने र मैले छोडेर जाउ भने मनले नदिने |

तर कति बस्नु अरुको बीच काडा भएर | जब समीरको जुत्तामा आफ्नु खुट्टा हाले तब थाहाभयो समीरको पिडा |

त्यसैले आफै पर जान्छु सोचे र अनेकौ बहाना र जबर्जस्ति गरेर,हुदै नभएको निहु निकालेर झगडा गरे एरिकासंग |

झगडा एक दुइ दिने पनि थिएन,ठुलै झगडा भयो |

अभ बाटोमा भेट्दा पनि नचिन्ने गरि |17626560_1665377223764578_8476608664509576866_n-300x300 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 47

रहर हैन झगडा गरेको बाध्यता थियो तर कहिले कहिँ बाध्यताले धेरै सहि कदम चाल्न लगाउने रैछ |

एरिकासंग बोल्न छोडेपछि मैले बिस्तारै mig चलाउन छोडे र फेसबुक तिर केन्द्रित भए |

यो पल्ट बिछोडको पिडा धेरै न्यून थियो |त्यसैले सजिलै जिबनमा घुलिएर रमाउदै थिए |

 

“ बडो हसाउछस् तैले,एउटा पेज खोल |” साथीले भनेको यो एउटा वाक्यले मेरो जिबन अन्तै मोड्यो |

पेज खोलेको केहि दिनमा निकै रुचाए मानिसहरुले,सायद नामले गर्दा होला पेजको |

अभ पेज तिरै ब्यस्त हुन् लागे | एक्लै पेज चलाउन केहि असहज भएपछी केहि मान्छे पनि जोडिए पेज संग |

यसरि नै जिबन चल्दै थियो |

पेज चलाउने भन्ने बितिकै सम्मान अर्कै दिने फेसबुकमा अरुले | भाग्य भनु कि खै के भनु …

To be continue….

%d bloggers like this: