निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 21

निदाएको भन्नु मात्र हो,एकछिन आखा लागेको मात्र के थियो, एरिकाको फोन आयो र फेरी बिउझिए म |

भर्खरै सारिकासंग १ घण्टा बोलेर एकछिन सुतेको थिए,फेरी एरिकाको फोन आउदा मलाई अनौठो लाग्यो | फेरी निकै रात परिसकेको थियो,यति राति फोन गर्ने कहिले गर्थिनन एरिकाले | निन्द्राको सुरमै फोन रिसिव गरे र हेल्लो भन्न मात्र के लागेको थिए ,एरिकाले आफै ठुलो स्वर बनाएर एकै सासमा करायिन :�“ हैन थाहा छ,कति भो मैले तिमीलाई फोन गरेको ? एक मिनेट हैन,दुइ मिनेट हैन, एक घण्टा देखि फोन बिजी भन्छ, के ताल हो के तिम्रो ?”
�एउटा कुरा चाही सबै केटिहरुमा मिल्ने ,जे कुरामा पनि एकहोरो झपार्ने,कुरै नबुझी नानाथरी भन्ने, र आफ्नु गल्ति कहिले नदेख्ने,जहिले आफु र आफ्नै कुरा माथि हुनु पर्ने | फेरी म जो संग बोले पनि के भयो त एरिकालाई,उनी त मेरो साथि मात्र त हो, मलाई त्यसरी झपार्ने र प्रश्न गर्ने अधिकार त छैन नि उनीसंग | अधिकार छैन भन्दापनि ,त्यो हक उनकै होस् भन्ने चाहेको थिए मैले तर उनीले आफैले त मेरो प्रेम प्रस्तावलाई हुन्न भनेकी हुन् नि,त्यो पनि एकपल्ट हैन,२ पल्ट | फेरी अहिले आएर यसरि हक चाही कसरि जताउन सकिन उसले |

“म जो संग बोलेपनि तिमीलाई के भयो र ? हैन तिमि को हो र म संग यसरि सोध्न लाई ? तिमीले मलाई यसरि सोध्न मिल्छ त ? यसरि झर्किएर बोल्ने हैन आज देखी मसंग, बरु बोल्न मन छैन भने सिधै नबोले हुन्छ|” मनमनै भएपनि एरिकालाई मज्जाले गालि गरे मैले | साचिकै यति त कहिले नि भन्न सक्दिन उसलाई,कसरि भन्नु नि,जे भए पनि,मेरो मनको कुनै कुनामा उनकै लागि माया लुकेको छ,त्यो माया त मेरो अन्तिम सास सम्म नि रहनेछ | मनमनै उनीलाई जे भनेपनि,उसंग साचिकै बोल्दा चाही म नून खाएको कुखुरा भन्दा कम थिन|
�“गाउवाट बुबाको फोन आको थियो |” सबैभन्दा सजिलो बहाना यहि थियो र यहि भने मैले | उसले नि सजिलै संग मेरो झुठोलाई सत्य ठानिन् |
�“एउटा कुरा थाहा छ ?” उसले के भन्न लागेकी कसरि थाहा हुनु के मलाई |
�“ नाई,के कुरा भनन “ थाहा नभएपनि थाहा पाउन मन लाग्यो |
�“तिमीले आज देको मुनामदन पुरै पढे नि मैले,मुना लेखेको सबै ठाउमा मेरो नाम पो लेखेको रैछौ है तिमीले|” किताबमा अरुको नाम काटेर उनको नाम लेख्दा त्यस्तो अचम्म परेकी थिन उनी | मैले आफ्नै मुटुमा चाही उसको नाम लेखको उसलाई मतलब लागेन |फेरी केहि समय अघि,मैले आफ्नु मुटुबाट उसको नाम काटेर सारिकाको नाम लेखिसकेको थिए |आफु साहित्यकार परियो ,लेख्ने र मेट्ने त मेरो प्रकृति नै हो |
�“कस्तो लाग्यो त ?” मेरो जिज्ञासा ब्यक्त गरे |
�“कस्तो राम्रो के,मलाई त क्या मन पर्यो। ” त्यस्तो राम्रो पुस्तक,मन नपर्ने कुरै हुन्न|
�“सबैभन्दा चाही के मन पर्यो?” मेरो जिज्ञासा अझै बढ्यो |
�“मेरो नाम नि,मेरो नाम कहाँ कहाँ छ,खोज्दै बसेको म |” म गर्छु मुडाको कुरा,उनी गर्छिन घुडाको कुरा,किताब कस्तो लाग्यो सोध्दा,उसलाई चाही उसकै नामको चासो |
�“हाहाहा हो र |” अरु केहि भन्न जानिन मैले |
�“एउटा कुरा भन्छु,भनु म ?” कहिले चाही मैले हुन्न भनेको जस्तो |उसले बोलेको सुन्न त म जहिले तैयार,त्यसैले मैले पनि हुन्छ भने |
�“ म मुना बन्छु,अनि तिमि मदन,अनि हाम्रो प्रेम कथा नि यस्तै अमर बनाउने | आइ लब यु |” यो केटीलाई के भाको,बेला बेलामा नराम्ररी झट्का दिने | कहिले आफै मेरो माया हुन्न भन्छे र कहिले आफै माया गर्छु भन्छे | उनको माया हो कि नेपालको बत्ति,बेला बेला आउने र बेला बेला जाने |

%d bloggers like this: