निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48❤️

Part 48

भाग्य भनु कि खै के भनु जिबनको हरेक बाटोमा हात समातेर हिड्ने र हिड्न खोज्ने भेटिने |

पेजमा जति ब्यस्त हुदै गए त्यति मान्छे चिनिदै थिए | कोहि साथि भए,कोहि दाजु भाइ,कोहि दिदि-बहिनि,कोहि मरिहत्ते गर्थिए भने कोहि गालि गर्न पनि नछाड्ने |

जिबन पहिलेबाट रंगिन थियो र अहिलेको माहोलले थप केहि रंग थप्यो जिबनमा | नया र पुराना रंगको समिश्रणले जिबनको पानामा निकै रमणीय बुट्टाहरु कोरिदै थियो |

एकदिनको कुरा हो,रातको २ बज्न लागेको थियो ,तर सुत्न सकेको थिन | हुन्छ कहिले काही यस्तो पनि,जब मनमा कुरा नखेलाउदा पनि निन्द्रा भने वरिपरी हुन्न |

एकछिन गीत सुने र केहि समय पश्चात गीत पनि सुन्न दिक्क लाग्न थाल्यो

| धेरै कोशिस गरे निदाउन तर हरेक प्रयास अनास्यै खेर जादै थियो |
17760754_1473507659366514_3681945209382108921_o-300x228 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 48
हातमा मोबाइल लिए र फेसबुक खोले | “को को छौ अहिले सम्म नसुतेको दुखि आत्मा?” यति लेखेर पेजमा पोस्ट गरे |

सायद म एक्लै होला सोचेको थिए तर एकछिनमा लाइक र कमेन्टको ओहिरो लाग्यो |

सबैसंग बोल्न लागे,कोहि संग कमेन्टमा र कोहि संग मेसेजमा |सबैसंग बोल्ने शैली एकै थियो,यसरि समय कटेको पत्तो नि भएन |

त्यहाँ मध्य एकजनासंग चाही अनौठो सम्बन्ध गासियो | उसको बोल्ने शैली भिन्न भएर होला सायद |

उसको नाम निष्ठा थियो,पहिलो पल्ट सुनेको मैले त्यो नाम |

 

फेरी मलाई हजुर भनेर सम्बोधन गर्दै थिन उनले|

“तिम्रो नामको अर्थ के हो ?” पहिलोपल्ट सुनेर अर्थ जान्न मन लाग्यो उसको नामको |

“निष्ठाको अर्थ थाहाछैन?” उसले त मलाई सबै आउछ भन्ने सोचिछेकी के हो |

“नाई !के हो ?” थाहा भएको भए किन सोध्थिए र मैले |

“मलाई हजुर माथि निष्ठा छ |” आफै बुझ्नु अभ के हो अर्थ |
मैले अझै सम्म पनि उसको नामको अर्थ बुझ्न सकेको थिन | आखिर के चाही रैछ निष्ठाको अर्थ| चाहेको भए गुगल दाइलाई सोध्न सक्थिए तर निष्ठाबाट जान्न इच्छुक भए |

“बुझिन हौ मैले |” एकछिन दिमाग नलगाको पनि हैन तर पनि नबुझेपछि सोध्नै पर्यो |

“बिश्वास हो के |जाबो यति नि थाहा नरैछ |” अन्त्यमा उसको नामको अर्थ नि थाहाभयो |

बोल्दा बोल्दै बिहाना को ६ बज्यो |धेरै पछी नसुतेर पनि रात कट्यो |

आफु फेरी बोल्न भनेपछि जति पनि सक्ने त्यसैले उसलाई पनि बोल्न अल्छी लागेन होला |

म कलेजबाट आएपछि हाम्रो कुरा फेरी भयो | किन हो नजिकै थिए उनीसंग |

त्यो पनि यति छोटो समयमा | आज तेस्रो दिन उसंग बोल्न लागेको | बोल्दा बोल्दा उसले भनिन् …

To be continue

%d bloggers like this: