निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️ऊनी 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49❤️

part 49

आज तेस्रो दिन उसंग बोल्न लागेको |

बोल्दा बोल्दै उसले भनिन् “मलाई हजुर कस्तो मन पर्नु हुन्छ |”

कुनै केटीबाट सुरुमा यस्तो सुनेको मैले पहिलो पल्ट नै हो |

म उसलाई मनपर्छु रे! तर किन र कसरि? उसलाई मन परोस भनेर मैले न त कुनै काम गरेको थिए न त कुनै कुरो भनेको छु,अभ गफकै भरमा म मन परेको भए उसको मन कस्तो सस्तो | मनमा एकछिन यस्तो सोच पनि आयो | तर धेरै सोच बीच अर्को एउटा विचार गरे,”ठिकै छ त ! मनै त हो |

सबभन्दा सम्हाल्न गार्हो भनेको यहि मन हो |

मन पराउन त जसलाई नि पाउछ नि | बाटोमा हिडिरहेको मान्छे त मन पर्छ कहिले काहि,झन् म त उसंग बोलेको पनि ३ दिन भयो |” सायद उसले नसोचेर बोलि र म चाही सोच्न लागे,चाहिने भन्दा धेरै नै|

“मैले बुझिन नि !” बुझेर पनि नबुझेको जस्तै गरे | उसले अरु केहि भन्न खोजेको हुन सक्छ जस्तो पनि लाग्यो कतै कतै |

 

“केहि हैन ! दस पल्ट भन्न म रेडियो नेपाल हैन |” दस पल्ट रे!भर्खर दोस्रो पटक हुदै थियो | केटीहरु कति चाडै रिसाउने |

“नभन्ने भए म अफ जान्छु है |” यो जुक्तिले हरेक बेला काम गरेको थियो मेरो लागि र आज पनि काम गर्छ भनेर निर्धक्क थिए म |

“मलाई हजुर मन पर्नु हुन्छ भनेको |जानी जानी दुइ पल्ट सुन्न खोजेको होला है |” ठ्याक्क मेरो मनकै कुरा भनि उसले |

“मतलब तिमि मलाई माया गर्छौ?” केहि हतार गरेर भने होला मैले तर मनमा जे आयो त्यहि भनेको थिए |

 

“माया र मन पराउनुमा अन्तर छ एडमिन ज्यु !” कस्तो मज्जाले भनेकी उसले | अघि सम्म जिस्केर बोल्दै थिए | तर अभ मलाई उ आफै मन पर्न लागि |

मनमा जति पिडा,धोका,चोट,निरासा,पश्चाताप आदि लागे पनि,यो मनलाई अन्त्यमा माया नै चाहिने | किन बुझ्दैन कि हरेक सम्बन्धमा पिडा हुन्छ भनेर | हिजो भर्खर पिडा भोगेको यो मन आज फेरी किन मायामा नै घुल्न खोज्छ | आखिर यो माया भन्ने चिजमा के छ त्यस्तो,आखिर यसकै लागि मर्न खोज्छ यो मन |

“मतलब तिमि मलाई माया गर्दिनौ ?” उसंग थप केहि जिस्किन खोजेर यति भने |

“अहिले त मन मात्र पराउछु,पछी जे नि हुन सक्छ |” उसको यति वाक्यले मलाई पुग्यो | अभ जे होस् निष्ठसंग सम्बन्ध अघि लग्छु सोचे र अझै मज्जाले बोल्न लागे | अघि उसले केहि पहल गरिन्,अहिले म पुरै पहल गर्दै थिए | यसरि नै बित्यो केहि दिनहरु | अन्त्यमा उस्ली स्विकारिन …………

To be continue….

%d bloggers like this: