निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)

2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️उनि 2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️2764 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)❤️

#Last_part
#read_share_comment
#must_read

Part 51

17796450_1478410275542919_1821400213849474675_n-300x300 निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 51 ( Last part)

म्बन्ध गासेको पनि ४ वर्ष हुने भोलि | निकै उत्साहित थिए म |

केहि बिशेष गर्न मन थियो यो दिनमा तर गर्न चाही के गर्नु ? भौतिक उपहार त जसले नि दिन्छ,म केहि भिन्न गर्न चाहान्थिए |

उनि मेरो मुटुमा बसेकी थिन्,त्यसैले उसको नाम आफ्नु छातीमा खोप्ने विचार गरे | यो निकै ठुलो निर्णय थियो मेरो जिबनको ,भबिस्यमा केहि गलत गयो भने ,जिबन भर पश्चाताप र आत्मग्लानी हुने पक्का थियो |

हाम्रो सम्बन्धमा कुनै त्रुटी छ जस्तो लाग्दैन,त्यसैले उसको नाम खोप्न मनमा थप बादबिबाद भएन |

चाहिने जति सबै सुचनाहरु जम्मा गरे र भोलि बिहानै गएर खोप्छु भनेर एउटा अठोट लिए मनमा |

रातको १० बज्न लागेको थियो,मेरो फोन बज्यो,निष्ठाको नै थियो त्यो कल |

सधै जसो सामान्य कुरा हुदै थियो |

“एउटा कुरा भन्छु,मान्छौ?” उसले भनेको नमान्ने कुरै हुन्न | मैले “हुन्छ “ भने |

उनि केहि समय चुप भईन्,एक लामो सास फेरिन्, केहि गम्भीर स्वरमा भनिन्

“हामि यो सम्बन्धको अन्त्य गरम | हामि पछि संगै हुन सक्दिनौ जस्तो लाग्छ मलाई |”

उनि जिस्केकी हो कि जस्तो लाग्यो केहि बेर तर एकछिन पछी उ आफ्नु कुरामा अडिक रहेको पक्का भयो |

उसको यो एउटा वाक्यले मेरो खुसिको संसारमा भएभरको प्राकृतिक बिपत्ति आयो ,भूकम्पले सोचेको सबै सपनाहरु एक एक गरि ढले,

मेरो भबिस्यको मार्ग पीडाको पहिरोले पुर्यो,मुस्कान भरिएको यो मुहारमा चट्टान खस्यो आसुको, आखा वर्षायामको आकाश झैँ भयो ,

आशहरु सबै हावाहुरीले लग्यो,जिबनको हरेक खुसि अन्धकार बादलले छेक्दै गयो , मनमा भएको बिश्वास र माया सुनामीले लगेर तद्पन्को समुन्द्र मुनि गाड्यो |

 

उसको खुसि भनेकै मेरो खुसि हो र उसको खुसीको लागि मैले उसलाई यो सम्बन्धबाट मुक्त गरिदिए |

मैले एक्पल्ट पनी हुन्न भनिन,मनमा पिडा हजार थियो ,बज्रपातनै परेको थियो मनमा तर उनि यसमा खुसि थिन भने म उसको खुसीमा बाधा किन हुनु |

आखिर सम्बन्ध भनेकै खुसीको लागि हो,उनि सम्बन्ध बिना खुसि हुन्छिन् भने मेरो भन्नु केहि थिएन | तर अचानक यो कुरा किन गरिन् उनले |

कारण जान्न मन लाग्यो |मैले हजारौ पल्ट हजारौ तरिकाले सोधे कारण के हो भनेर र हरेक पल्ट उसको उत्तर त्यहि हुन्थियो “त्यसै,कारण केहि छैन |”

बिना कारण सम्बन्धको अन्त्य चाही कसरि हुन्छ,यो पत्यार लाग्न नसक्ने कुरा थियो | मैले धेरै प्रयत्न गरे तर पनि कारण थाहा पाउन सकिन |

धोका दिएकी भए यति पिडा हुन्थेन जति अहिले हुदै थियो | फेरी म भन्दा माया उसले धेरै गर्थिन्,म बिस्वस्त थीए ,उसले धोका दिने कुरै आउदैन |

मैले केहि भन्न सकिन र चाहिन पनि तर भन्न मन चाही धेरै थियो |

 

नभनेर हुन्न सोचे र मनमा लागेको केहि कुरा अन्तिम वाक्यमा यस प्रकार ब्यक्त गरे “ तिमि बिना जिबन बाच्नु परको कुरा हो,म तिमि बिनाको जिबन कल्पना पनि गर्न सक्दिन |

एउटा कुरा चाही के बुझी राख भने अभ म तिमि बाहेक अरु कसैलाई माया पनि गर्न सक्दिन |तिमि जति र तिमिजस्तो माया अरु कसैलाई गर्दिन म अभ|तिमि नै मेरो अन्तिम प्रेम हो |

मन लागे भने बेला बेला बोलिदिनु | अभ तिमि बिनाको जिबन निधन सरि हो मेरो लागि,एकैपल्ट मर्दा प्रश्न आउछ किन मर्यो भनेर |

अभ म बिस्तारै मर्नेछु,आजबाट तिमि कहिले उही एरिकलाई देख्ने र भेट्ने छैनौ|” आखाबाट आसु र मुखबाट शब्द एउटी गतिमा निक्लिदै थियो |

आखिर पिडा कसलाई हुन्न | ४ बर्सको सम्बन्ध एकैपल्ट टुट्दा,त्यो पनि कुनै कारण र गल्ति बिना |

उनको साथको आशमा,निकै रातहरु भातको गास बिना ,खाटको आडमा लास सरि नास भए |

माया,सुरु हामि दुबैले संगै गर्यौ तर अन्त्य समयले गरिदियो | हामि पुग्ने गन्तब्य एक थियो र मार्ग पनि |

हरेक मोडमा उनको हातको साथ थियो | तर जिबनको मोडमा उनको साथ छुटेको पत्तो भएन |

 

गन्तब्य उहि छ अहिले पनि,फरक यति छ,उसले समाउने हात बेग्लै छ र म भने साथ बिना चिताको रापमा पुग्दैछु |

मैले बिस्तारै सबै कुरा त्याग्दै थिए,पहिले भन्दा निकै फरक हुदै थिए ,यो संसारिक बन्धनबाट अलग हुदै थिए |

बाटोमा कसैले देखे भने नचिन्ने भएको थिए,शरिर यहि थियो तर मेरो मस्तिस्क अनेकौ ठाउको भ्रमणमा हुन्छ अचेल |

आखाको वरिपरी कालो दागले धेरेको थियो,मुहारमा कुनै चमक र भाव थिएन लोडशेदिंगको नेपाल जस्तै ,ओठ पनि काठमाडौँको बाटो जस्तै ठाउँ ठाउँमा खाल्टो हुदै थियो, पानिको मुहान जस्तै मेरो जिउ पनि सुक्दै जादै थियो |

म यहाँ हरेक पल मर्दै थिए तर उसलाई कहिले केहि थाहा भएन,थाहा हुनलाई बोलचाल हुनुपर्छ | उसले मलाई हरेक तर्फ ब्लक गरेकी थिन्,फोन देखि सामाजिक संजालसम्म |

खाना एक दाना हालेको थिन मैले |सधै बाहिरबाट खाएर आएको भनेर ढाट्ने घरमा |

तर कफी भने अत्यधित मात्रामा सेवन गर्दै थिए | खाना नखाएको सत्रौ दिनमा ढले म,बिस्तरबाट छठको यात्रा तय गर्न खोज्दा ,भर्यांगमा ढले |

बुवाले हस्पिटल सम्म लग्नु भएछ | मैले खाना नखाको कुरा सबैलाई थाहा भयो | मलाई मर्न मन लागेको हैन तर बाच्ने इक्षा भने थिएन |

अभ बाच्ने इक्षा नै नभएपछी,कुनै ओखतिले पनि नछुने रैछ | आज हस्पिटलमा भर्ना भएको पनि 21 दिन भयो |

सुधार केहि थिएन बरु हरेक दिन म मृत्युको मुखमा पुग्दै थिए |

 

हरेक बेला टाउको दुख्ने र रातभरी सुत्न नसक्ने,यहि थियो मेरो ठुलो बिमारी |

कति नसालु ओखती दिए होला तर कुनैले पनि छोएन मलाई, छोओस पनि कसरि,उसको माया काट्ने कुनै ओखती नै बनेको छैन यो संसारमा |

खाना पनि खाने बितिकै बान्ता हुने | शरीरमा रगतको मात्रा न्यून हुदै गयो |

सबैले हार खाइसकेका थिए | उ फर्किन्छे कि भन्ने झिनो आश थियो तर अभ मेरो सास रहने बेला सम्म त्यो सम्बभ छैन |

उसको मायापनि पुग्यो मलाई |अझै पनि पर्खाईमा थिए तर पर्खाको उसको भने हैन,पर्खाई मृत्युको थियो |

मृत्यु पनि कति ढिलो आएको हो,अझै कति तड्पिनु मृत्युको लागि | मृत्युको पर्खाइमा कपि र कलमले साथ दियो मलाई,र आज म आफ्नु जिबनको अन्तिम पलहरु बर्णन गर्दैछु |

आश गर्छु मेरो यो व्यथाको कथा सक्किनु अघि मृत्युले मलाई अन्गालोस |

The End

%d bloggers like this: