निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 22

�“तिम्रो बर्थडे भन्दैमा यसरि जिस्किन पाईन्छ र?” फेरी उनी जिस्केको हो कि जस्तो नि लाग्यो |
�“म यस्तो कुरामा जिस्किन्छु होला त ?” मेरो प्रश्नको उत्तर उनले अर्को प्रश्नले दिन | तर त्यो प्रश्नमा आफैमा उत्तर थियो |
�“हुन त हो तर अचानक कहाँ बाट आयो तिम्रो मनमा यो कुरा ?” म पूर्ण रुपमा बिश्वस्त हुन चाहन्थिए कि उ जिस्केकी हैनन् भनेर |
�“मन हो,कहाँ बात आयो आयो,अभ मनलाई नै सोध्नु पर्छ |” कस्तो सरल उत्तर दिदै थिन उनी |
�“त्यसो भए मनलाई सोधन त |” म चाही त्यहि कुरामा लिदेधिप्पी गर्दै थिए |
�“ह्या तिमि के भाको के,के के भन्छौ भन्छौ |” मेरो एकहोरो प्रश्नले सायद उनी बिच्किन |
�“तर अचानक कसरि आयो यो कुरा के मनमा |” म फेरी पनि त्यहि कुरामा अड्केको थिए,कतिसम्मको मुर्खता गर्न सकेको होला मैले पनि |
�“अभ पुरै साइत हेराएर आउनु पर्यो हैन त मनमा कुरा पनि ?” उनको सहनशीलताको रेखा मेटिन लागेको थिए |
�“जिस्केको के लाटी,त्यति नि बुझ्दिनौ |” बल्ल मेरो मस्तिस्कले काम गर्न थाल्यो र मैले बुझे,अभ थप प्रश्न र उनको रिस चरम सिमामा पुग्ने थियो |
�“तिमि चाही जहिले नि जिस्केर बस |” रिसाकी उनी ,फेरी सामान्य भईन् |
�“ नरिसाउन त अभ ,तिमीलाई थाहा छ त,म यस्तै छु |” मैले तर्क दिनै पर्यो |
�“ओके ओके, खोइ त मेरो कुराको रिप्लाई देको |” अभ उनको लिदेधिप्पी सुरु भो |
�“के को ?” मैले याद नभएको जस्तै गरे |
�“ह्या,अभ चाही नजिस्क है|” तर उसले जसरि नि त्यहि कुरामा पुर्याइन,त्यो पनि क्रोधित मुद्रामा |
�“मैले हुन्छ भने भने के गर्छौ?” सकेसम्म सामान्य रुपमा अघि बढाउदै थिए मैले, हाम्रो बार्तालाप |
�“केहि गर्दिन, तिमीले हुन्छ भनेउ भने,म भन्दा खुसि त तिमि आफै हुन्छौ |” उसले कति सजिलै भनि,हुन त हो उसले भनेको पनि,उ भन्दा म नै खुसि हुन्थिये होला,तर अहिले ढिला भैसक्यो |अहिले उसले भने बिपरित म खुसि नभई,मानसिक तनाबमा अल्झिएको थिए |
�“अनि मैले हुन्न भने भने नि ?” सम्भावित प्रतिक्रिया बुझ्न चाहे मैले |
�“त्यो त तिमीले भन्ने सक्दिनौ |” कस्तो आत्मबिश्वासको साथ् भन्न सकेकी उनीले,म चाही यहाँ पानी पानी भइसकेको थिए |
�“त्यहि पनि मैले हुन्न भने भने नि ?” जति सक्दो कुरा लम्ब्याउनु थियो मैले|
�“अभ अझै ल्यांग नगर है ,नत्र म बोल्दिन,हुन्छ कि हुन्न भन छिटो |” उ झन् रुखो भइन् |
�अभ म संग दुइटा उपाय मात्र थियो |कि त रोजेकोलाई छान्नु पर्यो कि त खोजेकोलाई आफ्नु मान्नु पर्यो | मनले रोजेको एरिका नै थिन तर फेरी म भर्खरै सारीकाको साथमा बाधिएको थिए,सारिकलाई के भन्नु फेरी मैले | मैले दुवै मध्ये जुनै बाटो रोजे नि,दुवै बाटो कठिन थिए,दुवैमा मैले त्याग गर्नु पर्ने कुरा धेरै थियो |फरक यति थियो,सारिकलाई अप्नाएमा,जिबन भर एरिकालाई गुमाउनु परेको पिडामा तड्पिनु पर्थियो मैले |र यदि मैले एरिकालाई अपनाए भने,जिबन भर प्रस्चातापको आगोमा जल्थिये म ,सारिकको मुटु दुखाको प्रस्चाताप | पिडामा तद्पिने कि प्रस्चातापमा जल्ने,यो मध्य एउटा छान्नु पर्ने थियो मैले | सजिलो हुन्न यस्तो निर्णय लिन,र झनै गारो हुन्छ जब निर्णय लिनलाई पर्याप्त समय हुन्न |तर मैले निर्णय लिनै पर्ने थियो र मैले निर्णय लिए पनि ,निर्णय लिए भन्नु पर्दा पनि ,जसरि पनि मर्नु थियो,मर्ने सजिलो उपाए चुने मैले | चाहेको भए दुवै डुंगामा खुट्टा राखेर अघि बढ्न पनि सक्थिए होला तर पछीको दुर्घटनामा तिनै जना घायल हुनु भन्दा मैले अहिले केवल आफै घायल हुनु उचित ठाने |

%d bloggers like this: