निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 23

भाग्यमा जे लेखिएको छ,त्यहि हुन्छ भन्छन तर यहाँ आफ्नु भाग्य म आफै लेख्दै थिए | मेरो वर्तमान र भबिस्य दुवै मेरो हातमा थियो,मैले जे लेखे त्यहि हुने ,जे चाहे त्यहि हुने | हरेकको माया, पिडा, घृणा, मिलन, बिछोड, प्रस्चाताप, सुख वा दुखमा आफ्नु कथाको नया पात्र भेट्ने गर्थिए मैले,तर आज यो लेखक आफै कथाको एउटा पात्र भयो, जसको हातमा हेर्दा सबै छ तर उ सधै कथाकै चक्रब्युमा सिमित हुने भो | एरिकाको मायालाई म मेलमचिको पानि जस्तै थान्थिए, आउने र पाउने आश त थियो तर मिति थाहा थिएन | तर के थाहा मलाई,मेलमचिको पानि मेरो घरको दैलोमा आउनु र मैले आफ्नु घरमा कुवा खन्नु संग-संगै हुन्छ भनेर |थाहा भएको भए त मैले कहिले कुवा नै खन्थिन |

�“ओइ के भो,कता हराको ?” सोचको संसारमा हराएको थिए,एरिकाको स्वरले फेरी बिपनामा तान्यो |�“अबको ४ महिना पछि हामी १० मा पुग्छौ,थाहा छ ?” सिधै हुन्न भनेर एउटा मिल्ने साथि गुमाउन चाहन्थिन मैले |�“अनि के भो त ?” कस्तो नबुझेकी उस्ले,उसले आफै बुझे मलाई सजिलो हुने थियो भनेको |�“अनि एस.एल.सी हो नि त्यसपछी |” उसलाई हुन्न भन्न अप्ठ्यारो महसुस गर्दै थिए मैले |�“त्यो त मलाई नि थाहा छ,मैले भनेको कुराको जवाफ देउ,नानाथरी कुरा नगर |” जवाभ दिन त खोज्दै थिए मैले पनि,उसले नबुझेकी मात्र हो |�“तिमीले भनेको कुराले गर्दा हाम्रो एस.एल.सी बिग्रिन सक्छ,त्यसैले एस.एल.सी सम्म हामि जस्तो छौ ठिकै छौ,केहि परिबर्तन नहोस् के हामि बीच |” मैले झुठो बोलेको हैन,केवल सत्य लुकाएर उसको जवाफ दिए |

�“तिमि म संग जिस्केको कि मेरो मन चोर्न खोजेको ? नजिस्कन के धेरै |” अभ फेरी उसलाई पत्त्यार लागेन छ,हुन त हो,कसैलाई पनि पत्यार नलाग्न सक्छ मेरो यो निर्णय |तर जिबन सोचे जस्तो हुन्न नि,त्यसैले यो जिबन हो |�“मैले साचि भनेको हो,जिस्केको हैन,हामि एस.एल.सी नसकिने बेला सम्म साथि भन्दा माथि जान सक्दिनौ |” आखा रसाएको थियो मेरो,तर मैले यो कुरा बोलीमा आउन दिन |त्यसैले होला एकान्त र अध्यारोमा खसेको आसुको मूल्य हुदैन |�“अनि पहिले आफै माया गर्छु भन्थिएउ त,त्यो बेला चाही पढाई बिग्रिन्थीएन र हाम्रो?” उसको आवाजमा आएको परिबर्तन मैले सजिलै महसुस गर्न सक्थिये,सायद उनी भित्रबाट टुक्रिदै थिन |

�“त्यो बेला त हामि सानो थियौ नि,अहिले पो बुझ्ने भयौ |” उसलाई सम्झाउने र फकाउने निरन्तर कोशिस गर्दै थिए |�“अहिले चाही खुब ठुलो भयौ हैन त?सबै कुरा बुझ्ने भयौ हैन त ?तिमि कस्तो के,तिमि साची जिस्केको त हैन ?” उनिमा शक्ति बाकि थिएन मसंग तर्क गर्नलाई,त्यसैले होला सबै शक्ति बटुलेर रुन्चे स्वरमा,आशुको सहारा लिदै, उनीले मेरो मुख बात हुन्छ सुन्न खोज्दै थिन |�“म कस्सम जिस्केको हैन |” उसको आसुले मलाई कम्जोर बनाउदै थियो,त्यसैले म जति सक्दो चाडै यो कुरा सक्याउन चाहन्थिए ,नत्र म फेरी आफुलाई उनीलाई माया गर्नबाट रोक्न असमर्थ हुने निश्चित थियो | �“त्यसोभए हामि पनि एस.एल.सी पछी मात्रै बोल्ने |

” यति भन्ने बितिकै,मलाई बोल्ने मौका नदिएर उसले फोन काटिन | कुरा छिट्टै टुंगो लगाउन खोजेको हो मैले तर यसरी भने चाही हैन |�फेरी उसलाई फोन गरु कि जस्तो लाग्यो तर फेरी मनले हुन्न भन्यो | सायद मेरो फोनले उसलाई अझै पिडा पुर्याउथियो होला | उता उ टुक्रिएर रुदै थिन र यता म | दुबैको चाहानामा केहि फरक थिएन तर पनि पुरा भएन | गल्ति हाम्रो भन्ने कि समयको,दोष कसलाई लगाउने ? यसरी एरिकासंग लगाएको माया मेरो मुटुमा, उनिसंग बिताएको पल मेरो समझनामा ,उनीसंग खोजेको साथ मेरो सपनामा, उनको याद मेरो झझलकोमा र उनको नाम मेरो अतितको पुस्तकमा सिमित भयो ।

%d bloggers like this: