निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 24

उठ् भनेको ,कति सम्मको भाको होला त!रातभरी मोबाइल चलाएर बस्छ,अनि बिहान चाही स्कुल जाने बेलामा नउठ्ने |” राति ढिलो सुतेको,यति बिहान उठ्न त गारो भइहाल्छ नि| राति सुत्दा १ बज्न लागेको थिए र अहिले उठ्दा ५, कसरि पुगोस त निन्द्रा |उठ्न मन नभए पनि उठ्नु पर्यो |

मोबाइलको अलार्म भएको भए पनि अफ गर्न मिल्ने तर मामुको गालीको अलार्म पो थियो,न त अफ गर्न मिल्ने न त स्नूज |बल्ल बल्ल उठे र केहि ढिला भईसकेको थियो | अभ फेरी आज स्कुल जान मन पनि थिएन |�“आज नजाने म |” ओछ्यानबाट नै कराए | अल्छी लागेको र ढिलो पनि भएकोले जान मन नलाग्नु स्वाभाविक थियो |यदि गए भनेनी गालि खानु पर्थियो सरको,जानी जानी गालि चाही किन खानु भनेर नजानु नै उचित ठाने मैले |�“उठेर लुगा लगाउछस् कि म आऊ त्यहाँ ?” यति सुन्ने बित्तिकै के को अल्छी लाग्नु,जुरुक्क उठे र ड्रेस लगाएर स्कुल लागे र हिड्नु अघि सारिकालाई छोटो सन्देश पनि लेखे मोबाईलमा|

तर मनमा दोहोरो डर थियो,पहिलो गालि खाने र दोस्रो एरिकाको सामु पर्ने |गालि खानु नया कुरा थिएन, तर एरिकासंग कसरि बोल्नु |केहि घण्टा अघि मात्र नबोल भनेर फोन राखेकी मान्छे,यदि बोल्नैपर्यो भने,कसरि बोल्नु ? तर खासै बोल्ने काम र कारण हुन्न होला,स्कुल पुगेपछि किताब र कलम नै पहिलो प्राथमिकता हुन्थियो | जिबन त हलुङ्गो नै थियो कपास सरि,तर जब जिबन सपना र अन्तर मनको द्वन्दको सागरमा भिज्यो,जिबनमा भार थपिदै गयो | रोनाल्डोले त्यति भकुण्डो खेलाउदैन होला ,जति म आफ्नु मनमा कुरा खेलाउदै थिए | �जे नहोस भनेर भनेको,त्यहि भयो |चौक पुगेको मात्र के थिए ,एरिकालाई देखे |म र उसंगै चौक पुगेका थिएउ | भाग्य भन्ने चिज पनि अनौठोको हुदो रैछ, सोचेको नपुग्ने,रोजेको नपाउने,खोजेकोले चित्त नबुझने | हामि दुवै बाटोको एकै साइडमा थिएउ, मेरो र उनको दुरी केहि इन्चको मात्र थियो ,संगै हिड्दै त थिएउ तर लाग्दैथियो कि दुरी चाही निकै धेरै थियो |

संगै भएता पनि हामि एक अर्कालाई चिन्दैनौ जस्तो गरि अघि जादै थिएउ | उसले म तिर हेर्दा नि हेरिन,म चाही कुनै कुनै बेला उ तर्फ हेर्थिए र फेरी बाटो तिर मुन्टो घुमाउथिए | उसले बोल्ने कोसिस पनि गरिन, मैले बोल्न खोजे तर बोलि फुटेन | सधै हिड्ने बाटो पनि आज लामो लाग्दै थियो | यति सानु बाटो काट्न यस्तो भयो,यति लामो जिबन काट्न झन् के होला?यसरी कोसिस बिना हार मान्दिन सोचे र केहि गर्छु भन्ने अठोट लिए|

�आफु भित्रको सबै बल जुटाए र उसलाई सोधे “किन ढिलो ?” उनीबाट केहि प्रतिक्रिया आएन,सायद सुनिनन् होला सोचे र फेरी अलि ठुलो स्वरमा सोधे “ओइ किन ढिलो ?” फेरी पनि केहि जवाफ आएन,मैले बुझे उसले बोल्न नखोजेकी भनेर | हिजो उसले गरेको कुरा,अभ मेरो कानमा गुन्जिन लाग्यो |अभ साचिकै उनी म संग नाबोल्ने हो त एस.एल.सी सम्म ? उसले रिसको झोकमा भनेकी होला सोचेको थिए तर मेरो सोच गलत रहयो | कहिले पनि उ यति धेरै रिसको देखेको थिन मैले,मैले अरु थप केहि बोलेर उसको रिसलाई बढाउने चेस्टा गरिन | जति जति स्कुल र हामि बिचको दुरी घट्दै थियो,त्यति नै मैले हामि दुइ बिचको दुरी बढेको महसुस गर्दै थिए र यसरि मौनताको बिच स्कुल पुगियो |

%d bloggers like this: