निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 25

मेरो जिबन नेपालको स्तिथि भन्दा कम नाजुक थिएन |संबिधान जस्तै महत्वपुर्ण थियो आउन लागेको मेरो एस.एल.सी तर यस्तो गहन बिषयलाई छाडी,नेताहरु जस्तै मस्तिस्क र मन आफैमा लड्दै थिए,नचाहिने कुरालाई मुद्दा बनाई|नेतालाई जनताको भोटले यति ठुलो जिम्मेवारी दिएको थिए र मलाई भने आमा बाबा को माया र स्नेहले तर म भने नेता जसरि नै निकम्मा भए | अर्को तिर फेरी भारतले नेपालको सिमाना मिचेझै सारिकाले एरिकाको लागि मेरो मनमा भएको माया मिच्दै थिन | यहाँ गृहयुधको माहोल थियो,बिदेशी शक्तिको हस्तछेप नि चरम हुदै थियो मेरो जिबनमा | नेताहरु रिबन काट्न ब्यस्त भए र म चाही मायामा डुब्न ब्यस्त थिए | हुने बिरुवाको चिल्लो पात भन्थिए,यहाँ हुर्किसकेको बिरुवा त सुकेर जाला जस्तो भयो | हजारौ पटकको सोचाईबाट एउटा निस्कर्ष निक्लियो,म पनि एस.एल.सी सम्म पढाईमा मात्र ध्यान दिन्छु,पढाई बहेको अरु केहि ठुलो हैन | सायद यहि थियो मेरो जिबनको संबिधान |मैले अघिनै भने मेरो जिबन र नेपाल एकदम मिल्छ,अन्तिम निर्णय स्वीकार्य भएन मेरो मनलाई,संबिधान संसोधन हुने भो र अन्तिम नतिजा के पारित भो भन्दा,मैले सारिकलाई र आफ्नु पढाई संगै अघि बढाउनु पर्ने भयो | अभ मेरो जिबनमा पनि समाबेशी सरकार हुने भयो | सबैलाई संगै लिएर हिड्न सक्ने मेरो मन,सायद नेपाल को सत्तामा पुगेको भए नेपाल कति बिकसित हुने थियो होला | माओबादीको नाम आफ्नै क्षेत्रबाट हराए झैँ, एरिकापनी केहि समयको लागि यो कथबाट बिलिन हुन्छिन |

16174536_1396879187029362_1917633706799209426_n निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 25
९ कक्षा सकेर १० मा पनि पुगियो, एस.एल.सी को भार अझै थपिदै थियो तर म भने निकै उत्सुक थिए | मेरो जन्मदिन पो आउदै थियो | आफु मान्छे जहिले हसिलो,जो संग नि मिल्न खोज्ने,त्यसैले होला जन्म बसन्त ऋतुमा भएको | बैसाखको २५ गते कहिले आउछ भनेर म निरन्तर प्रतिक्षा गर्दै थिए | सारिका र म भेट्ने भनेर योजना नि बनाइसकेको थिएउ | त्यसैले पनि होला,म अझै आतुर भएको आफ्नु जन्मदिनको लागि | ९ कक्षाको परिक्षाको नतिजा पनि निकै राम्रो आएको थियो,बुबा औधि खुसि हुनु हुन्थियो| यसले गर्दा बर्थडेको लागि ठुलो बजेट पारित हुन्छ भन्ने कुरामा म निर्धक्क थिए | १० मा आएपछि पढाईको प्रेसर केहि बढेको अनुभव हुदै थियो तर पनि जिबन रमाइलो नै थियो | बिहान उठ्ने बितिकै सारिका संगको मिठो कुराकानी,दिउसो भर पढाईको व्यस्तता,साझमा फेरी गृहकार्यको चटारो र बेला बेलामा सारिका संगको मिठा गफ | यसभन्दा के नै माग्न र चाहाना राख्नु मैले जिबनबाट |
गफै गफमा धेरै ठुला-ठुला सपना बुन्दै थिएउ हामि तर जब जब म उनको मायाको आकाशमा उडान भर्न खोज्थिए,मेरो मायाको हवाई जहाजलाई मैले बोलेको झुठको कुहिरोले धेर्थियो र मेरो मायाको हवाइजहाज कुहिरोबिच फस्दै जान्छ र अन्त्यमा भयको पहाडमा ठोकिएर खस्छ |जहाज संगै सबै खुसि,मनको तरंग,बुनेको सपना पनि खरानी हुन्थिए | सधै मनमा डर हुन्थियो,सारिकाले मेरो झुठ समातिन भने ! एउटा झुठो लुकाउन हजार अरु बोल्नु पर्छ रे नि त ,त्यहि घटना आज फेरी दोहोरियो |
“ओइ मलाई एउटा नयाँ सिम ल्याईदेउन मेरो मोबाइलको |” नया सिम फेरी किन चाहिएको होला उसलाई |
“नया सिम किन नि ?” एउटा छदै छ,अर्को किन चाहिएको होला यो केटिलाई |
“यो सिममा नचाहिने फोन धेरै आउन लाग्यो,त्यसैले |” राम्री पनि असाध्य थिन,कल किन न आओस त,फेरी किन नम्बर दिनु पर्ने अरुलाई |
“धेरैलाई नम्बर दिए पछि त्यस्तै हो “ केहि क्रोधित भए म |
“त्यस्तो हैन के,ल्याइदिने कि नाई भन |” कहाँबाट ल्याउनु मैले फेरी,नागरिकता पो चाहिन्छ सिमको लागि,मसंग फेरी कहाबाट आओस नागरिकता,16 वर्ष त पुगेको छैन |
“म संग नागरिकता छैन |” भएको कुरा भने उसलाई |
“लाइसेन्स त छ नि |” उसले यति भनेपछि झलास्स याद आयो,मैले उसलाई यो कुरामा पनि झुठो बोलेको छु,उमेर ढाटेको कुराले अर्को बोझ थप्यो,कुन दिन त पक्का फस्छु म |
“हुन्छ म भेट्न आउदा लिदै आउला |” हुन्छ भन्नु पर्ने बाध्यता | भने नि एउटा झुठो लुकाउन हजार बोल्नु पर्छ |
अभ सिम कसरि निकाल्ने फेरी मैले ,एक त यसै ब्यस्त हुन्छु,त्यसमाथि सिम लाई चाहिने केहि कागज छैन म संग , अभ यो कुराले झन् गाह्रो पर्यो मलाई | सोच्दा सोच्दै साझ बित्यो र रात पनि |

%d bloggers like this: