निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 26

दिनहरु पनि कति चाडै बितेको,हेर्दा हेर्दै बर्थडेको दिन पनि आउनै लाग्यो |भोलि छाडी पर्सि बर्थडे,मनमा खुसीको विभिन्न तरंगहरु पैदा हुदै थियो | हरेक बेला मुहारमा मुस्कान थियो मेरो,लाग्दै थियो मेरो मुटुमा खुसिको मुहान थियो | अहिले सम्मको सबैभन्दा उत्कृस्त बर्थडे यहि हुने निश्चित थियो,त्यसैले होला हर पल म २५ गतेको पर्खाईमा बस्दैथिए | बुबालाई भनेर बर्थडेको लागि १००० पनि लिसकेको थिए | अभ बाकि थियो त केवल साथिहरुको लागि चक्लेट किन्न र २५ गते आउन | ढिला किन गर्नु भनेर पसल गए र १०० वटा चोको-फन पनि किने | त्यो बेला सबैलाई मन पर्ने चक्लेट भनेको नै चोको-फन | सबैलाई चोको-फन दिए भने त म क्लासको हिरो नै हुन्छु त्यो दिन |16251912_1400060610044553_96431957250199489_o निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 26
अभ बाकि रहयो ५०० रुपैया |मिल्ने साथि भनेको ६ जना जति थिए,एक-एक प्लेट मोमो त खुवानै पर्यो तिनीहरुलाई | एक प्लेटको ३० रुपैया पो पर्छ,२१० यहाँ पनि जाने भयो | अभ सारिकालाई भेट्न जान त जम्मा २९० बाकि हुने भयो |कहाँ पुग्नु जम्मा यतिले,धन्न बेलैमा खाजा खाने पैसा अलि अलि जम्मा गरेर अर्को हजार जम्मा गरेको थिए |बेलैमा दिमाग नालागको भए , बिजोग नै हुने रैछ नि | पैसाको टेन्सन सकियो,अभ अर्को एउटा काम त सिंगै बाकि थियो | सारिकाको लागि सिम लिन बाकि थियो | पैसा छ तर सिमको लागि चाहिने नागरिकता र फोटो कहाँबाट ल्याउनु | मामुको दराज देखि लिएर बुवाको जरुरि कागज राख्ने किलियर-ब्याग सम्म खोताले तर कहिँ भेटिन नागरिकता |
न त मामुको भेटे न त बुबाको | यहि एउटा कुराले बर्थडे खल्लो होला जस्तो लग्न लाग्यो | सिम त जसरि पनि लिनै पर्ने थियो ,फेरी पनि एकपल्ट पुरै घरमा खान-तलासी गरियो | बेला-बेलामा C.I.D हेर्ने गर्थिए,त्यहि सम्झेर पनि विभिन्न ठाउँमा खोजियो | तर अन्तिममा हात लाग्यो शुन्य | मैले मात्र हैन, C.I.D आफै आएर खोजेका भएपनि नागरिकता चाही भेट्ने थिएनन् | जिबनमा एउटा धोका बन्द भए अर्को खुल्छ भन्छन तर यहाँ खुल्ला धोका त धेरै थिए तर काम लाग्ने कुनै थिएन | केहि त उपाए लगाउनै पर्ने थियो तर उपाए चाही के ? यसरि सोचेर बस्दा समय मात्र खेर जादै थियो,बरु पसल जान्छु,उनीहरुले नै केहि भन्लान भन्ने आशमा सिम पसल तिर लागे म | एकछिनको कुराकानी पछी सिम पाउने कुरा पक्का भो तर पैसा चाही अलि धेरै लाग्ने भयो |जाबो १२० को सिमलाई ३०० रे |
मौकाको फाइदा जसले नि उठाई हाल्ने |अहिले पैसा भन्दा सिम सरुरी थियो,त्यसैले बाध्यतामा पनि हुन्छ भन्ने पर्यो | तर आफु पनि तल परिन म,३०० भन्दै थियो,पुरै १० रुपे डिस्काउन्ट लिएर,२९०मा किने सिम पनि |यसरि नै बुवाले बर्थडेलाई भनेर देको सबै पैसा सकियो | सबै तैयारी पनि सकियो बर्थडेको लागि,अभ बाकि थियो बर्थडेको दिन आउन | “भोलि कति जना आउछन तेरो साथि ?” हरेक वर्ष मेरो बर्थडेको दिनमा पुजा लगाएर,साथि भाइलाई बोलाउनु हुन्थियो मामुले | “१२ जना |” पहिले देखि कसलाई कसलाई बोलाउने सोची सकेको थिए मैले | फेरी बर्थडेको दिन कति धेरै ठाउँमा भ्याउनु पर्न्रे मैले |स्कुल,स्कुल पछि सारिका,अनि घरमा आएर मामु बाबा | सरिकालाई भेट्न सिमरा पुग्न नभ्याउने निश्चित थियो,त्यसैले उसलाई मैले कलैया नै बोलाएको थिए |उसले नि हुन्छ भनेर सहमति जनाकी थिन | “ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु|” मामु बाबाले नै सुरुमा सुभकामना दिनु भयो | मन औधि खुसि थियो,किन नहोस पनि | यति लामो पर्खाई पछी,मैले कुरेर बसेको दिन पनि आयो |
%d bloggers like this: