निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 27

बर्थडेको दिन नुहाएन भने सुँगुर हुन्छ भन्नु हुन्छ मामुले,त्यसैले उठ्ने बित्तिकै नुहाई हाले | लुगा लगाएर स्कुल हिड्ने बेलामा टिका पनि लगाइदिनु भो आमाले | बिहानै नुहाएर होला मुहारमा चमक बेग्लै थियो,त्यसमाथि कोरिएको कपाल,आइरन गरिएको कपडा,निधारमा रातो टिका र मनमा हर्षको वर्षा | आफैलाई आफु कुनै सिनेमाको हिरो भएको अनुभूति हुदै थियो | यसै अग्लो मान्छे,झन् खुट्टा भुइँमा थिएन मेरो,आज त आकाश नै छुन्छु कि के हो भन्ने सोच पनि आउदै थियो मनमा | फेरी आफु बाहुन पनि परियो,यसै नाक लामो,खुसिले झन् फुलेको थियो,धन्न म भन्दा पहिले नाक चाही स्कुल पुगेन |स्कुलको ब्याग भिडे,अनि एउटा हातमा चक्लेटको झोला र अर्कोमा लुगाको | सारिकलाई भेट्न जादा स्कुल ड्रेसमा गएभने उसले मैले लुकाको सबै कुरा थाहा पाउथिन,त्यसैले लुगा पनि बोक्नु पर्ने बाध्यता थियो | बाटोमा अभिको घर थियो,लुगाको झोला त्यहि छोडे र अभिसंग स्कुल तिर लागे |16252267_1401340213249926_8078280239129073317_o निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 27

एकदम मिल्ने साथि थियो अभि,साथि भन्नु अपमान होला,दाजु भाइ जस्तै थिएउ हामि |हाम्रो आन्द्रा नै जोडिएको छ भन्थिए कतिले |हुन पनि हो,जे पर्दा पनि एक अर्कालाई मदत गर्ने गर्थिएउ हामि | मेरो कति लफडामा आखा चिम्लेर मेरो पक्षमा उभिन्थियो,म सहि भए नि गलत भएनी मेरै तर्कमा साथ दिन्थियो |अरु भनेको त्यस्तै हो,कहिले केहि कुरामा नाई भन्थीएन |मैले पनि परिक्षाको बेला,थप पेपर मागेर उसको लागि गणित र अकाउन्टको समस्या हल गरेर बेन्च मुनिबाट दिन्थिए | गफ गर्दै स्कुल पुगियो तर अचम्म आज बाटोमा कोहि साथि भेटिएनन् |सायद हामि ढिला भाको होला भनेर हतारमा क्लास पसियो | यो पल चाही मेरो जिबनको बिर्सन नसक्ने पलहरु मध्य एक हो | मेरो बर्थडेको लागि भनेर दुइटा केक् ल्याएको रैछन साथिहरुले, एउटा चाही म पस्ने बितिकै मुखमा दल्ने र अर्को काट्ने भनेर |फेरी यो कुरा बिचरा अभिलाई भनेनन् छन्,किन कि अभिले थाहापाउनु भनेको मैले थाहापाउनु हो उनीहरुले बुझेका थिए | भाग्य भन्नु कि दुर्भाग्य, म अघि थिए अभिभन्दा क्लास पस्दा,अगाडी बाट एउटाले मुखमा केक हान्न लागेको थियो र म भने यो कुराबाट अनविज्ञ | जुत्ताको फित्ता फुस्केको देखे र तल झुकेको मात्र के थिए,केक पुरै अभिको मुख भरि |

 

अभि फस्यो बिनाकाममा ,एकछिन सबै हासे र सबैले एकै स्वोरमा सुभकामना दिए |कस्सम यो बेला आखाबाट खुसिको आशु नै खस्यो,मैले सोचे भन्दा पनि निकै राम्रो भयो बर्थडे |मैले सपनामा पनि सोचेको थिन,मेरो लागि साथी हरुले यति गर्छन भनेर | फेरी स्कुलको अन्तिम वर्ष भएर,यो माया,यो आफ्नुपन, यो आत्मियता मलाई निकै मुल्यबान लाग्दै थियो | सोझो भाषामा भन्नु पर्दा,हिन्दि सिनेमाको एउटा संबाद याद आयो “दिल गार्डेन गार्डेन हो गया |” अभ पालो थियो केक काट्ने,फेरी सबैले एकै स्वोरमा “ह्याप्पी बर्थडे टु यु” भने र मैले पनि निकै खुसि हुदै केक काटे | केकको पहिलो टुक्रा सबैभन्दा मिल्नेलाई दिनु पर्ने,र त्यो टुक्राको हकदार अभि नै थियो | कहानी केहि फरक पनि हुन सक्थियो होला यदि एरिकाले मेरो मनको कुरा बुझेकी भए | साथि त हुन्,कहाँ त्यसै छोड्छन्,मुखमा केक लगाईदिहाले | एकछिन को मनोरन्जन पछी म र अभि दुवै मुख पखाल्न गयौ | मुख सफा गरेर आएपछि सबैको सामू गएर चक्लेट दिदै थिए | आज मन भित्रबाट नै खुसि थिए म,हड्डी हासेको यसलाई नै भन्छन होला ,आजको दिनमा मिठास बेग्लै थियो | धेरै मिठासले अमन्न हुन्छ, केहि अमिलो नि चाहिन्छ |त्यो कमि एरिकाले पुरा गरिदिन् |

 

हासेर उसलाइ चक्लेट दिदै थिए,उसले हात अघि ल्यायिन |उसकै छेउमा बस्ने साथिले एरिकालाई कोट्याई,अनि मात्र एरिकाले हात अघि ल्यायिन् | त्यो पनि करले ल्याएको,मुन्टो तल निहुराएको थिन् एरिकाले | यहि एउटा पलले केहि खिन्न भो |तर धन्न आर्माले भनेर उसले चकलेट त लिन | त्यतिमै खुसि थिए म | १२ बज्यो,पेट दुखेको बहाना बनाएर म निक्लिए स्कुलबाट र मलाई घर सम्म पुर्याइदिने बहानामा अभिलाई पनि संगै लागे | लुगा अभिको घरमा थियो,त्यसैले अभिलाई नि लानै पर्ने थियो स्कुलबाट | लुगा फेरे र धेरै प्रसन्न हुदै सरिकलाई फोन गरे |उनी पनि पुग्नै लागेकी रैछे | म पनि उनी झर्ने ठाउँमा पुगेर उस्को गाडी पर्खिन लागे |

%d bloggers like this: