निकेत ढकालको, उनी ❤️❤️❤️❤️❤️भाग 12

चौक पुग्न त पुगे तर एउटा कुरा चाही मैले बुझ्न सकेको थिन,आखिर किन भेट्न खोजेको होला जब कि बितेका केहि महिनामा हाम्रो झुक्किएर नि मज्जाले कुरा भएको थिएन | धेरै कौतुहुल्ता बीच चौक पुगे र उस्लाई खोज्न लागे | एकछिन पर्खिए तर उनी आइनन्,लाग्यो उनी अगिनै गईसकिन् होला ,फेरी एक्छिन पर्खिउ जस्तो लाग्यो | जाउ कि पर्खिउ बिचको दोधारमा थिए म र केहि निस्कर्स आउनु अगाडी,उनी आफै आयिन र मेरो पर्खाइ तथा दोधार को अन्त्य भयो | अघि सम्म त्यति धेरै खुसि लागेको थिएन तर अहिले फेरी औधि खुसि लाग्दै थियो उसलाई भेटेपछि |केहि समय यसै कुरा गर्दै हिडियो,कुरा नभएको यति धेरै भएको थियो तर केहि बेर बोल्दा फेरी पहिलेको मिठास भरिएर आयो ,लाग्दै थियो हामि बीच केहि भएको छैन,हामि अहिले नि पहिले जस्तै छौ|

बोल्दा बोल्दै एकछिनपछि मौन भयौ दुवै,न उसले केहि बोलिन न त मैले केहि भन्दै थिए,सोचे बोल्ने कुरा सबै सकियो,सायद हामि बीच अभ बोल्ने र सोच्ने केहि बाकि थिएन,त्यहि पनि केहि त भन्नु थियो मैले यो मनता भंग गर्न | तर के भनु ?कि यसरि मौन भएर पुग्ने हो गन्तब्य सम्म? पढाईको कुरा भए पनि निकाल्छु भनेर बोल्न खोजेको मात्र के थिए उनले आफै भनिन “सरि |”

सरि भनिन् ,त्यो पनि अचानक,तर किन भनेकी होला त | म भगवान होइन सबै कुरा आफै बुझ्नलाई र सायद भगवान भएको भए नि बुझ्दिन थिए होला, केटीहरुको कुरा बुझ्नै सार्है गारो | उनीहरुको हुन्छमा पनि हुन्न र हुन्नमा पनि हुन्छ रुकेको हुन्छ रे |

“किन के भयो र” मैले सोध्न सक्ने यति थिए |

“आइ लब यु | मैले तिम्रो चित्त दुखाए अस्ति नो भनेर |” थाहा रैछ त चित्त दुख्छ भनेर,अनि किन जानी जानी चित्त दुखाउनु त| कस्तो अचम्म,आफै चोट दिने ,अनि आफै मलम लगाउने | फेरी यति नाटक चाही किन,जब माया थियो भने किन सुरुमा नो भन्नु पर्ने | खुसि पनि लाग्दै थियो र रीस नि उठ्दै थियो ,जसरि पानि र दहि मिसाएर मिठो मोही बन्छ ,यहाँ म रस बिना को पानि थिए र उनको माया मिठो दहि,तर बिडम्बना समय बित्दै गयो,निकै ढिला भयो, दहि धेरै पुरानो भयो र हाम्रो सम्बन्धमा मिठास भरिएन,सम्बन्ध झन् अमिलिदै गयो |

“ तिमीले नो भनेर ठिक गरेउ , we cant be together “ रुखो पारामा यति भन्दै मैले एकछिन अघिको मौनता लाई हामि बिच राज गर्न दिए र हामि त्यसरी नै स्कुल पुग्यौ| जसको लागि म पागल थिए,आज उसलाई आफै मैले लत्याए | रिसले हो कि इखले थाहाछैन तर जे गरे त्यसमा मा खुसि थिए | बदला लिएको होइन मैले तर यो मेरो आत्माले रोजेको कदम थियो | मैले यस्तो भन्नुमा अरु केहि नभएर एउटा मात्र कारण थियो,जब माया थियो भने किन अहिले आएर ब्यक्त गर्नु ,पहिले हुन्छ भनेको भए हामि अहिले अर्कै हुन्थियेउ होल,म पिडाको सागरमा डुब्नु पर्थिएन होला |

To be continued……

%d bloggers like this: