निकेत ढकालको ‘ऊनि’भाग छ

स्कुल एक महिनाको लागि बिदा थियो,बिदा भरि क्लासका सबै घुम्न जाने कुरा थियो हाम्रो धेरै पहिले देखिनै | कहाँ जाने,कहाँ बस्ने,के के गर्ने,कति धेरै रमणीय हुन्छ भन्ने कल्पना गर्नुका साथै सबै व्यवस्था नि मिलाका थिएउ | यो कुरा निकाल्ने म नै थिए,तर मलाई अभ कहिँ जान मन थिएन | म नजाने कुराले सबैजना चकित त भए भए ,खिन्न नि महसुस गरे उनीहरुले | सबैले कति बिन्ति गरे,कति फकाउन खोजे,कहिले त घुर्की समेत लगाए तर पनि म जानलाई राजि भईन | सबैको अनगिन्ति प्रयास पछी पनि मेरो प्रतिक्रिया “हुन्न” नै थियो |
अरु कुरा न आए पनि “हुन्न” भन्न चाही मैले सिकी सकेको थिए,धन्यवाद उनिलाई केहि त सिकाइन मलाई | सायद आफुले नि “हुन्न” सुनेर होला,अभ त जे कुरामापनि “हुन्न”नै भन्न लागेको थिए |
साथीले खेल्न जाउ भन्दा “हुन्न”,केहि गरम भन्दा “हुन्न” , घुम्न जाउ भन्दा “हुन्न” , फ्लिम हेर्न जाउ भन्दा “हुन्न” ,एकमुस्ट भन्नु पर्दा जे कुरा गर्दा नि मेरो जवाफ “हुन्न” हुन्थियो|सायद उसले दिएको साइनो भएर होला, “हुन्न” भन्ने शब्द मलाई निकै मन पर्नुको कारण,त्यसैले जुन परिस्थितिमा पनि “हुन्न”को प्रयोग अनिबार्य थियो मेरो लागि | कहिले काही त जिबनलाई पनि “हुन्न” भन्न मन लाग्छ तर मिलनले लत्यायो भन्दैमा निधनलाई अपनाउनु पनि उचित हैन बोध थियो मलाई |अचानक म मा आको परिवर्तनले गर्दा घर लगायत साथि-भाइहरु निकै चिन्तित तथा आस्चर्यमा थिए | मेरो दिन एउटा कोठामा सुरू हुन्थियो र अन्त्यपनी त्यहि कोठामा हुन्थियो |

त्यो कोठाको ४ भित्तालाई नै म आफ्नु साथि मान्न लागेको थिए, मेरो कोठामा भाको हरेक कुरा अभ मलाई आफ्नु मित्र जस्तो लागथियो,अनौठो साइनो गासिएको थियो हामीबीच | हुदा हुदै मैले सबै समानको नाम नि राख्नg सुरु गरिसकेका थिए | एक्लै भए पछि दिन नि लामो लाग्न थाल्यो,झन् मनमा धेरै कुरा नि खेल्न लागे,यो सबै लाई भुल्न सायद यहि ठिक थियो | मेरो दिन भनेकै कि त टोलाउदै बित्थियो कि त सुतेर | मैले जे लाइ पनि “हुन्न” भन्दा साथीहरुले के के भने भने | “भाउ बढेको हो ,केटि जस्तो नाटक नगर्न,घाममा हिडे भने कालो हुन्नस त, यो पक्कै नि पछि घर ज्वाई हुन्छ “ यस्ता कति कुरा सुन्नु पर्यो मैले साथीहरुबाट | म बिस्तारै सबै नाता तोध्दै थिए यो दुनिया संग | मैले सुनेनी नसुने झैँ गरिदिन्थे |
रेडियो सुन्ने नयाँ बानि बस्यो मेरो | कहिले रेडियो नसुनेको मलाई फेरी रेडियो मन पर्न लाग्यो | झन् रेडियो सिमरामा दिउसो २ बजे फोन गर्ने कार्यक्रम बज्थियो,त्यसको फ्यान भए म|
कार्यक्रम संचालिकाको स्वर सारै मिठो, जति सुने नि नपुग्ने,मैले रेकर्ड गरेर नि राखे र मन लाग्य बेला सुन्ने गर्थिये | कति पल्ट त मैले नि फोन गरे र बोले |रेडियोले गर्दा फेरी मेरो साइनो जोडिदै थियो यो दुनियासंग | मा फेरी पहिले जस्तै हुदै थिए | अधेरो रात पछि फेरो सुनौलो बिहानी आयो | आखिर कति एउटी कुरामा अड्किएर बस्नु,अरुले गर्दा किन आफु अन्धकारमा धकेलिनु,उनी मात्र त हैनन् नि त संसार,उनी आउनु अगाडी पनि मा खुसि नै थिए,यो सबै सोच्दै मा फेरी फेरिए |यहि त होला जिबन | त्यसैले त मा जहिले भन्छु जिबनको परिभाषा परिबर्तन हो भनेर |
To be continue…
%d bloggers like this: