निकेत ढकालको ‘ऊनि’भाग दुई

एकछिन भनेको नि ५ मिनेट भईसक्यो त,तर गायब छ अभि | मुलाले जिस्केको हो कि जस्तो लाग्यो फेरी | अरुको भावनासंग किन यसरि खेल्छन के मान्छेहरु | आशा देखायो र अन्तिममा मन खालि र खल्लो बनाएर आफै हरायो | यस्तोलाई त अपराधिको तक्मा दिएर,अन्धकार कोठामा आजिबन कैदी बनाए नि पाप लाग्दैन | यस्ता धेरै कुरा हरु खेल्दै थिए मनमा,थप केहि समयको पर्खाई पछि नया मेसेज आयो mig मा | मरेको आशा फेरी पलायो,मनमा उठेका सबै नकारात्मक कुराहरु हरायो,झरेको पात फेरी हरियो भो,उनको लागि माया झन् गहिरो भो, black & white जिबन फेरी रंगिन भो,यो पल मेरो जिबनको सबभन्दा सुखद पल हो |

बिनाकाममा अभिलाई के के भनियो,पाप लाग्ने भो मलाई| जिग्री पो हो त मेरो,अरु कुरामा जिस्किए नि यस्तो कुरामा त उ कहिले जिस्किदैन भन्ने कुरा त बुझ्नु पर्ने नि मैले | अभ अहिले पश्चाताप मानेर के गर्नु,भन्ने बेलामा भन्नु भनि हाले | “सरि है, मोबाइल अफ भएर टाइम लाग्यो” माफी मैले माग्नु पर्ने उल्टै अभी ले माग्यो| “आज आएर सरि नि भनिस है”आफै माथि भएर बोले फेरी| “ग्रुपमै बोलम” यति भन्दै हाम्रो गफ नि सकियो | ग्रुपमा अभि,उनी र म मात्र थिएउ,फेरी सबैजना चुप | अभ को पहिले बोल्ने भन्ने कुरामा अनविज्ञ थिए म|

आफै बोल्न जाम उसले कस्तो चिप्कु भनेर सोच्छे कि वन्ने डर,नाबोलम अहिले सम्म नि लाजको पोको रैछ भनेर सोच्छे कि भन्ने डर | मनमा धेरै कुरा खेलाउ छु,मेरो यो नराम्रो बानि चाही बच्चै देखिको हो | बनको बाघले न खाए नि मलाई मन को बाघले काच्चै निल्छ | “कोइ त बोल “अभिको यो कुराले बोल्ने आट आयो” फेरी कस्तो मिलेको हामि दुबैले संगै “हेल्लो” लेखेउ | उसले त केवल शब्द लेखेकी थिइन तर त्यो शब्दलाई मैले सुने| लाग्दैथियो कि उनी मेरै अगाडी थिइन र बोल्दै थिइन,उसले लेखेको हरेक शब्दलाई मेरो मस्तिस्कले आवाजमा परिबर्तन गर्दै थियो|अर्कै मिठास छायो एकैछिनमा|फेरी झलास्य याद आयो,जब हामि पहिलो पल्ट भेटेका थिएउ|त्यो बेला हामि ४ क्लासमा थिएउ |

%d bloggers like this: