निकेत ढकालको ‘ऊनि’भाग पाच

मान्छेको सपना त पुरा हुन्छ,कहिले त देख्दै नदेखेको,सोच्दै नसोचेको सपना पनि पुरा हुन्छ | तर मैले त सपना देखेको मात्र हैन,सपना देखे,देखेको सपना बाचे पनि,सपना भन्न नमिल्ला,त्यो मेरो बिपना नै थियो,तर आज आएर जब बाचेको सपनालाई निरन्तरता दिन खोजे,भाग्यले ठग्यो मलाई | मिठो सपनालाइ तितो सत्यताले बिथोल्यो| म आफ्नु मायालाई बलि चढेको जन्तुको नजरले हेर्दै थिए,सुरुमा धेरै सत्कार भो र आज आएर मेरो माया को हत्या भो |त्यो पल त म कहिले नि सम्झिन चाहन्न तर बिडम्बना के छ भने त्यो घटना मेरो मानासपतल्मा गएर जिबन भरको लागि बसेको छ | जति चाहे पनि उसले मलाई “हुन्न” भनेको पल म भुल्न सक्दिन |

मलाई सबै कुराहरु प्रस्टै याद छ | मेरा खुट्टाहरु काप्दै थिए,म निकै कम्जोर महसुस गर्दै थिए,मेरो खुट्टालाई मेरो शरीरको भार थेग्न गार्हो हुदै थियो,कुन बेला ढल्छु जस्तो लाग्यो | उसलाई सम्झाउन खोज्दै थिए तर मेरो बोलि फुटेन,मैले केहि शब्द भन्न सकिन,कोशिस नगरेको हैन,शब्द मन र मस्तिस्क सम्म त आयो तर घाटीको यात्रा गर्दै मेरो बोलि को रुपमा बाहिर पोखिन सकेन | आखा त रसाको थियोनै,त्यसका साथै मेरो आत्मा नि रुदै थियो | मेरो संसारनै एकै पलमा भत्कियो,मन मस्तिस्क र आत्मा एक अर्कासंग गृहयुध गर्न थाले,मैले आफ्नु पुरै संसार एकै पलमा हारे,उनी मेरै सामुने मबाट टाढा हुदै थिन तर म लाचार थिए,केहि गर्न नसक्ने,म संग शक्ति नै थिएन,आश बाकि भए नि आत्मा ले हार खाइसकेको थियो | उनी आफ्नु घर तिर लागिन,मलाई एक्लै छाडेर,मलाई जिउदो लास पारेर |

यति भएपछी भित्रबाट टुक्रा टुक्रा भए,अनगिन्ती टुक्रामा विभाजित भए म,अभ त चाहेर पनि सिंगो हुन सक्दिन थिए|म बजारिएर लड्न चाहन्थे भुइँमा,भक्कानो छाडेर छाती पिट्दै रुन चाहन्थे,पागल सरि चिच्याउन चाहन्थे,उनीलाई आफ्नु बनाउन दुनियाको हरेक नियम र नीति लत्याउन चाहन्थे,चाहे ज होस् ,उनलाई पाउन चाहन्थे,उनी बिना त सबै त्यागेर संसारबाट बिदा लिन चाहन्थे,उनको यादमा आफैलाई सिध्याउन चाहन्थे, उनलाई बिन्ति गरेर भएपनि “हुन्छ” सुन्न चाहन्थे | मेरो कुरा सुनिदिने,मेरो पिडा बुझिदिने कोहि नभएर होला,म अझै अन्धकार र पीडाको चक्रबियुमा ज्याकिदै थिए | सुनिदिने र बुझिदिने कोहि भएको भए सायद म निकै हलुङ्गो महसुस गर्थिए होला | जब चोट पर्छ एकैपल्ट पर्छ,रातको अँधेरोमा आफ्नै छायाले त साथ् छोड्छ,झन् अहिले त मेरो जिबननै अधेरोमा थियो,अरुबाट साथको आशा गर्नु मेरै मुर्खता हो |

घर कुन बेला पुगे,कसरि पुगे ,कहाँ गए पुग्नु अगाडी मलाई केहि याद छैन,उनीसंग अलग्गिएपछिको सबै घटनाहरु मेरो मस्तिस्कबाट मेटिए | अभ मलाई न त बाच्न मन थियो न त हास्न,न त उनिसंग आश थियो न त मायामा बिस्वास लाग्थियो,न त कुनै गुनासो थियो न त घृणा,न त मायाको प्यास थियो न त तृष्णा,न त मायाको सागरमा डुब्न चाहन्थे न त मायाको शिखरमा पुग्न चाहन्थे | केवल अभ एउटा कुरा गर्न चाहनथे,उसको यादहरु मेट्न चाहन्थे,र जिबनको नया पाना लेख्नन चाहन्थे|मैले बुझिसकेको थिए कि भएको कुरा मेट्न मिल्दैन,भूत फेरी लेख्नन मिल्दैन,नया बाटो खोज्नु पर्छ,अर्को पाटो रोज्नु पर्छ |

%d bloggers like this: