निकेत ढकालको ,ऊनि’❤️❤️❤️❤️❤️भाग 15

अघि नगएको मेसेज फेरी रि-सेन्ड गरे र उनको रिप्लाईको प्रतिक्षा गर्न तिर लागे | थकानले गर्दा होला झप्प निदाएछु | मेरो यो बानि चाही अचम्मको छ,अरु दिनहरु नसुतेर पनि बस्न सक्छु,खासै मलाई २-३ घण्टा निन्द्रा भए पुग्छ तर जब म तनाबमा हुन्छु वा चिन्तित हुन्छु,मलाई निन्द्रा धेरै लाग्छ | अरुहरु भन्दा मेरो यो बानि ठ्याक्क उल्टो छ |

मोबाइल बज्यो र म झस्किएर उठे | फोन उठाउन नपाउदै कट्यो,सारिकाले फोन गरेको रैछ | त्यसका साथै एउटा मेसेज पनि आको थियो | उसलाई फोन गर्नु अगाडि मेसेज हेर्नु उचित लाग्यो र मेसेज खोले |मेसेज फेरी एरिकाको रैछ “भोलि भेट्ने है चौकमा |”यति पढेपछि म कति खुसि भए के भनु म | उसले भेट्न मात्र बोलाकी थिन तर मैले त्यसलाई धेरै सकारत्मक रुपमा लिए,उसको त्यो मेसेज मेरो लागि उसको सहमति थियो मायाको | हुन पनि हो,बिहान उसले आफै मायाको बिउ रोपेकी थिन, र अहिले आएर मेरो मेसेजको रिप्लाई पनि गरिन | अब आएर हामि एक हुने भयौ भनेर मेरो खुसि बढ्दै थियो | एकपल्ट अझै “आइ लभ यु |” टाइप गरेर सेन्ड गर्न लागेको मात्र के थिए,सारिकाको फोन आयो र सेन्ड गर्न पाइन |

“हेल्लो” फोन उठाउने बितिकै यो शब्द स्वाभाविक हो |

“के हो Mr. ? कता हराको ?” बडो मज्जाले जवाब फर्कायिन उनले |

दिउसो भरि स्कुलमा थिए भन्न नि मिलेन | कलेज पढ्छु भनेर झुठो बोलेको थिए | एउटा झुथोले गर्दा अभ हजार झुठो बोल्नु पर्छ भन्ने कुरामा म ढुक्क थिए |अभ भन्न चाही के भन्ने होला सारिकालाई |

“अफिसमा थिए |” नसोचेर बोले |

“आमामामा ! अफिस म्यान पो !कुन अफिस ?” सार्है गारो प्रश्न आयो |

“Cyber मा |” अर्को झुठो थपियो | झुठो बोल्ने प्रतियोगितामा अब्बल पुरस्कार मेरो थियो | एकमाथि अर्को झुठो थपिदै थियो र झुथोको थुप्रो को उचाई सगरमाथा भन्दा माथि पुग्ने निश्चित थियो |

“दिउसो भरि अनलाइन बस्न मिल्ने रैछ | फेसबुकमा एड गर मलाई |नाम सारिका शर्मा छ है|” फेसबुक भन्ने सुनेको त थिए तर अहिले सम्म चलाको थिन | एउटा पछी अर्को नया कुरा सिक्दै थिए र फस्दै थिए जालमा | अभ फेसबुक पनि चलाउनु पर्ने भयो |

“हुन्छ” मैले अरु केहि भन्न सकिन |

“उल्लु मेरो ब्यालेन्स सकियो |बाई “ यति भन्दै उसले मलाई सुत्ने इजाजत दिईन |

%d bloggers like this: