निकेत ढकालको ‘ऊनि’❤️❤️❤️❤️❤️❤️भाग 16

फेरी बिहान बिहानै सारिकाको फोन आयो |आफुलाई एरिकालाई भेट्न हतार भएको बेला,सारिकालाई बोल्नु पर्ने | फेरी सारिकाको आवाज सुने पछी म बाकि कुरा बिर्सिन्थिए,कस्तो मिठो आवाज | एकछिनको कुरा पछी उसले फोन राखी र म पनि चौक तिर लागे | म चौक पुग्दा एरिका पुगिसकेकी थिन | मैले उसलाई देखेर हासे तर उनको मुहारमा कुनै भाव नै थिएन | अचानक फेरी के भएछ? हामि अघि बढ्दै थिएउ तर हाम्रो कुरा अघि बढेको थिएन | दुवै जना मौन थिएउ,म उसको बोलाईको पर्खाईमा थिए तर उनी भने चुप थिन | म बाटै सुरु गर्छु भनेर मैले बोले |

“ओइ किन केहि नबोलेको ?”

“हैन तिमीले मलाई के सोचेको|”

“ल त्यस्तो के गरेर र मैले?”

“किन गर्छौ मायाको नाटक जहिले ?”

“नाटक हैन म तिमीलाई माया गर्छु |”

“हैन यो नाटक बन्द गर,म फेरी पनि भन्छु |”

“ यहा सुन मेरो मुटुको धड्कनले प्रेम प्रस्ताभ राख्दैछ,तर तिमीलाई चाही किन मेरो मायामा बिश्वास लाग्दैन? “

“नाघेर मित्रताको पर्खाल,राखेउ मेरो अघि प्रेम प्रस्ताभ,हो मैले सुरुमा हुन्छ भनिन, सायद माया तिम्रो बुझ्न सकिन,तर जब तिम्रो मायालाई बुझ्न लागे,हिम्मत गरि तिम्रो माया र साथ मागे,तर गरिनौ तिमीले मेरो मायाको सम्मान,बनिदिएउ मेरो मायाबाट अन्जान,अनि फेरी आज आएर माया गर्छु भन्छौ , तिमि माया हैन केवल नाटक गर्छौ |”

“तिम्रो लागि माया मेरो कहिले बदलिएन, तिमीलाई नसम्झी मेरो सास कहिले चल्थिएन, अन्तिम पल्ट भएपनि मेरो माया वुझन,तिमि पनि आफ्नु मनको आवाज सुनन |”

“ तिम्रो शब्द जति तिम्रो माया रसिलो छैन, अभ तिमीले मेरो माया पाउन त्यति सजिलो छैन |”

“अभ के गरु म तिम्रो माया पाउनलाई ?”

“पुग्यो मलाई ,अभ म तिमि संग माया लाउन्न नाई |”

“मेरो मस्तिस्कमा पनि तिम्रै माया झल्किन्छ |”

“भयो के मलाई केहि सुन्नु छैन,तिम्रो माया चाहिदैन तिम्रो हुनु छैन |”

“मैले त केवल तिम्रो साथ खोजेको हो,जिबनको बाटोमा समाउन तिम्रो हात रोजेको हो |”

“मैले भनिसके तिम्रो नाटक बन्द गर , यो नाटकको यहि अन्त्य गर |”

“ हुन्छ अभ मेरो भन्नु पनि केहि छैन ,सायद हाम्रो भाग्यमा लेखेको यहि रैछ, आजबाट अभ तिम्रो बारेमा सोच्दिन,ल जाउ तिमि आजद भयौ म तिमीलाई रोक्दिन |”

फेरी दुवै मौन भयौ र हाम्रो दिन सामान्य नै बित्यो | मनको पिडा र उसको घृणा,उनको नकारात्मक सोच र मेरो मनमा थपिएको यो बोझ,आत्मग्लानिको महसुस हुदै थियो,आत्मा भित्र भित्रै रुदै थियो|

सायद गल्ति उसको हैन ,गल्ति मेरो पनि छैन, गल्ति समयको पनि मात्र हैन,सायद हाम्रो मायामा दोषी पात्र छैन,समय सधै एउटी रहेन,त्यसैले होला हाम्रो माया सफल भएन | सपना त धेरै थिए ,संगै बाच्ने र संगै मर्ने , संगै हास्ने र संगै आसु झर्ने , तर सबै सपना कहाँ पुरा हुन्छ र , सबै मायाको यानले मिलनको चन्द्रमा कहाँ छुन्छ र ,मायामा मिलन मात्र हैन बिछोड पनि हुदो रैछ,साचो माया गर्ने जहिले पनि एकान्त मा रुदो रैछ |

%d bloggers like this: