निकेत ढकालको ऊनी ❤️❤️❤️भाग 20

उसले अचानक राखेको प्रेम प्रस्तावले हाम्रो वार्तालापमा मौनताको मिश्रण हुन पुग्यो | म चुप थिए र चुप उनी पनि,लाग्दैथियो फोनमा बोल्ने कोहि छैन अर्को तिर | अभ यो मौनताको अन्त्य कसले र कसरि गर्ने ? मौनतालाई चिर्दै उसको प्रस्तावको जवाफ दिने कर्तब्य मेरै थियो तर जवाफबाट म आफै अनविज्ञ थिए,त्यसैले मेरो बोलि फुटेन | सायद उसले यसरि प्रेम प्रस्ताभ राख्न नहुने थियो सोचेर उ पनि चुप थिन अथवा मेरो जवाफको प्रतिक्षामा थिन | म उसलाई माया गर्छु कि गर्दिन,थाहाछैन मलाई | तर एउटा कुरा चाही पक्का थियो,म आकर्षित थिए उनी प्रति |

अभ यो आकर्षणलाई प्रेमको संज्ञा दिने कि पलाउन लागेको प्रेम को बिरुवालाई दोधारको पाइलाले किल्चिएर मार्ने,यो मेरो निर्णयमा भर पर्थियो | एरिकालाई भुलाएर उसलाई अपनाउन पनि गार्हो थियो मलाई,तर मैले अहिले नाई भने भने त सारिकालाई पनि गुमाउने निश्चित थियो | फेरी एरिका त कहिले मेरो भयिनन् पनि,कति बेर पर्खिने एरिकाको लागि,पर्खाइको पिडामा अझै कति जल्नु म , भबिस्यको कल्पनामा कसरि मैले अहिले बर्तमानलाई लात हान्नु, फेरी यो पर्खाईको सिमा पनि छैन त |

जिबन भर पनि पर्खिन नपर्ला भन्ने थिएन, फेरी म जिबन भर पनि एरिकालाई पर्खिन तैयार थिए तर मेरो पर्खाई खेर गयो भने ? पर्खाई को पिडा सहने चाही म,फल अरु कसैले खायो भने ? यस्ता धेरै मानसिक अन्तर द्वन्दको आधिं बीच मेरो जिबनको जहाज फसेको थियो ,अभ आफ्नु जहाजलाई सुरक्षित तरिकाले किनारमा पुर्याउने जिम्मा पनि मेरै त थियो |
�“आइ लब यु टु” मनमा भूकम्प ल्याउदै गरेको सबै कुरालाई पन्छ्याउदै मैले उसको प्रस्ताबमा सहमति जनाउदै उसलाई अपनाए |सायद मैले निर्णय चाडै लिए होला तर मलाई यहि ठिक लाग्यो | आज नभए भोलि,सारिका नभए अरु कोहि,जसरि भएपनि मैले एरिकालाई भुल्न यो कदम लिनै पर्थियो |

फरक यति थियो कि मैले एकको मिठा याद मेट्न अर्कोसंग सुन्दर पलको सृजना गर्दै थिए |सायद तरिका गलत थियो होला र उदेश्य पनि तर कथाले जे माग्यो त्यसमै भिज्दै गए म |
�फेरी सारिकापनि कति खुसि भएकी मेरो रिप्लाई सुनेर,लाग्दै थियो उसको खुसीको कुनै सिमा थिएन |सायद एरिकाले पनि मलाई हुन्छ भनेकी भए,म पनि यतिकै नै खुसि हुन्थिये र मेरो खुसीको पनि सिमा हुन्थेन |तर भयो अभ,पुराना कुरा सम्झेर केहि फाइदा छैन, अहिले जन्म दाग मेटाउन मिल्ने संसारमा मैले उसको याद मेट्न ठुलो कुरा पक्कै पनि हैन | फरक यति थियो कि,मेरो जिबनको सूर्यलाई एरिकाको यादको बादलले छोपेको थियो र म निर मायाको किरण पुग्न सकेको थिएन,अचानक सारिका नामको एउटा सानु बतास चल्यो ,यो बतासले एरिका नामको बादललाई सुर्यबाट पर पुर्याइदियो र अन्त्यमा मैले मायाको किरणको अनुभूति गर्न पाए |
�यति भएपछि हाम्रो कुराकानी एकछिन चल्यो | बोल्ने शैलीमा केहि परिवर्तन आएको थियो हाम्रो,हाम्रो समबन्ध नया भएपछि बोल्ने शैली परिबर्तन हुनु कुनै ठुलो थिएन | बोलियो एकछिन सम्म र फोनमा छुट्टिने बेला पनि भयो | अन्तिममा फोन राख्ने समयमा उसले एकै सासमा भनिन “love you.miss u…umaaah”. बोल्ने शैलीमा केहि मात्र परिवर्तन भनेको त पुरै परिवर्तन भएछ | उसको यो सम्बोधनले म लाजले रातै भए | उसले भनेको यी अन्तिम शब्द सम्झिदै कुन बेला निदाएछु निदाएछु |

%d bloggers like this: