निकेत ढकालको, नपलाएको माया , PART 1

2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3 2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3 2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3 नपलाएको माया 2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3 2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3 2764 निकेत ढकालको, नपलाएको माया , PART 1<3

 

“तिम्रो हात मेरो हातमा,अनि म मुठ्ठी पार्थिए, हामि औला क्रस गर्थिएउ,भन्थिएउ साथ कहिले नछाड्ने |”

कानमा आवाजको सानु ध्वनिहरु गुन्झियो र म निन्द्राबाट बिउझिए |

 

आखाँ मिच्दै,एक कोल्टो फेरेर,अलि तन्किदै ,अलि पर रहेको मोबाइल हातमा लिए |

हिजो गीत सुन्दै पल्टेको मान्छे,भुसुक्कै निदाएछु,केहि पत्तो नपाइकन |

यसो हेरेको त ब्याट्री पनि जम्मा १३% बाकि रैछ | समय हेर्न भित्ते घडी तिर मुन्टो लगेको त,घण्टाको सुइले ६ छोइसकेको अवस्था |

म मुर्ख पनि बडेमानको मुर्ख,हातमा मोबाइल थियो,किन भित्ते घडीबाट समय हेरेको होला |

६ बजिसकेको,मोबाइलमा ब्याट्री जम्मा १३% र कलेज जान आज पनि ढिलो भएको, यति कुराले मुटु नै चसक्क भयो एकैछिन |

 

हात काट्दा नदुख्दो हो,तर मोबाइलमा ब्याट्री जम्मा १३% रहेको कुराले मनमा पिडा र खिन्नता बरोबर रुपमा ल्यायो |

कस्तो अचम्म,अचेल त जिन्दगीलाई मान्छे भन्दा नि ग्याजेटहरुले थामेको छ |बिहान उठेपछीको बल्ब देखि बेलुका सुतेपछि पंखा,हरेक बखत यन्त्रको सहाराले नै जिबन बाच्दै छौ हामि |

लु खत्तम भयो,बर्बाद भयो,आज त क्लासमा परिक्षा पनि थियो,के आइलागेको हो मलाई एकैपल्ट |

बिस्ताराबाट बाहिर निक्लिए र बाथरूम भित्र पसेर, प्रकाशको गतिमा तैयार भए |

ढिला पनि निकै नै भैसकेको थियो,घरमा चिया खाने समेत समय थिएन,त्यसैले सिधै लागे गाडी चढ्ने स्थान तिर |

१० नम्बरको माइक्रो,मैले हरेक बेला चढ्ने माइक्रो नै यहि हो, पहिलो स्टेशन र बिहानको समय भएकोले सिट खालि हुने सधै जसो |

 

फेरी मेरो रोजाई जहिले अन्तिमको झ्याल छेउको सिट,क्लासमा होस् या गाडीमा लास्ट सिट कहिले नछाड्ने म |

 

समयको झिनो अन्तरालमा,माइक्रोको सिटहरु भरिए | मान्छेहरुको भिडमा पनि एक्लै हुइदो रहेछ भन्ने कुरा त त्यसबेला थाहा हुन्छ जब माइक्रोमा वरिपरी मान्छे हुन्छन तर चिन्ने र बोल्ने मान्छे चाही हुन्नन् |

फेरी पनि कानमा earphone ठुसेर र गीतमा रम्नु बाहेक अरु केहि विकल्प थिएन | एउटा गीत नसकिदै ,२ स्टेशन पार गरिसकेछ माइक्रोले |

हरेक स्टेशनमा मान्छे चढ्ने र झर्ने कुरा सामान्य हो र तेस्रो स्टेशनमा पनि त्यहि क्रम जारि थियो |

चढेका यात्रीको हूलबाट एउटी केटि,मेरै छेउमा आएर बसीछ | म भने गीतमा हराएको थिए,उनि आएको देखिन | तर जब उनि मेरै छेउमा आएर बसिन्,चाल पाए मेरो छेउको सिटमा कोइ छ भनेर |

एकपल्ट उसको मुहार तिर आखा दुलाउदै मात्र के थिए, कस्तो मोहनी लाग्यो भने | उसको मुहरनै हेरिरहे एकैछिन सम्म,उसको मुहारबाट अन्त हेर्ने नमान्ने भयो मेरो यो नयन |

 

सुरुमा मुटुले मेरो कुरा मान्न छोडेको अभ त आखा पनि अटेरी हुदै गयो | हेर्दा केहि फुच्ची,डल्ले खुर्सानी भनु भने सरिर स्लिम थियो,उसको आखामा एउटा अर्कै संसार नै लुकेको जस्तो लाग्ने , सबै कुरा मिलेको उसको,लाग्यो उनि ncell को बम्पर उपहार नै हुनु पर्छ | मनले बोल भन्दै थियो उनिसंग तर आफु परियो लाजको पोको |

फेरी बोल्न त बोलम्ला तर बार्तालापको सुरुवात काहाबाट गर्नु |

भाग्य भगवान भाग्य,मैले बोल्नै परेन,उसले आफै मेरो मोबाइल मागिन् | मेरो मोबाइल किन मागेको होला भनेर केहि चकित अबस्य भए |

तर कस्तो मिठो स्वर उसको, लठ्ठ भए उसको स्वर सुनेर,केहि नसोधी उसको मुहारमा लाटोले पापा हेरेको झैँ हेर्दै आफ्नु मोबाइल उसको हातमा राखिदिए |

उसले त मोबाइल मात्र देखिन् होला तर त्यो मोबाइल संगै मैले आफ्नु मुटु पनि उसको हातमा थमाइदेको थिए |

To be continue…

%d bloggers like this: