निकेत ढकालको ,नपालाएको माया भाग-3💓💓💓💓💓

Part 3

एकछिन सोचे र आफ्नु पाइला बसन्तपुर तिर मोडे | कलेज नगएर कहिँ बाहिर घुम्न जानु ,अरुले यसलाई बन्क भन्लान तर मेरो लागि यो दिवस हो ,”इक्षा दिवस “ |

एक पछी अर्को पाइला चाल्दै एकछिनमै न्यु-रोड गेट पुगियो | बेलुका पाइला राख्न मुस्किल हुने ठाउ,अहिले भने सामान्य छ |

समयको खेलनै त हो नि यो पनि,समय सहि छ भने जे नि राम्रो हुन्छ र समय गलत छ भने सहि बाटो नि गलत हुन्छ |

पुरानो-बसपार्क देखि न्यु-रोड गेटको यात्रा तय गर्दा पनि मेरो मस्तिस्कमा चाही अघिकै कुराले चटक खेल्दै थियो,कसरि चाही माइक्रोबाट सबैजना ओर्लिदा पनि मलाई चाही अत्तोपत्तो भएन र साथै मैक्रोमा भएकी त्यो केटीले मस्तिस्कको ठुलै हिस्सा ओगटेकी थिन्|

 

“ओइ मुला“ एकसुरले हिडिरहेको म, यो आवाजले गर्दा पाइला टक्क रोकियो र पछाडी फर्किए |

प्लस-टु संगै पढेको साथिले बौलाउदै रहेछ | प्लस-टु मा खासै नजिक थिएनौ हामि र प्लस-टुको परिक्षा सकिएको पनि भर्खर २ महिना भाको थियो तर यो दुइ महिना पछी भेट्दा यो साथीको महत्व अचानक बढ्यो |

“बौलाइस कि के हो?एक्लै हास्दै हिडेको छस् त |” उसले यस्तो भनेको सुन्दा त एकछिन मेरो होस नै गुम्यो |धेरै कुरा सोच्न लागे म फेरी | अघिबाट बाटोमा म एक्लै हास्दै आउदै थिए ? मलाई हेरेर मान्छेले के सोचे होला ? धन्न कोहि बटुवाले समातेर पाटन तिर लगेनन् मलाई | कति सम्म हराको रहेछु त्यो अन्जान मुइयाको यादमा |

 

“के गर्दै छस् आजकल?” मेरो यो प्रश्नको जवाफमा सजिलै हास्दै भन्यो “अस्ट्रेलिया जाने तैयारी|” यो उत्तर दिने उ मात्र थिएन,यसरीनै धेरै साथीले त्यहि भन्थिए मलाई |

आखिर किन जो पनि बाहिर जान खोज्छन प्लस-टु पछी |कहिले बुझ्ने हो यिनीहरुले कि भबिस्य बनाउन देश हैन सोच बदलिनु पर्छ ,त्यसपछि भबिस्य खोज्दै हामि अरुको देश हैन,अरु चाही हाम्रो देश आउछन |एकछिनसम्मको गफगाफ पछी साथीसंग छुट्टिए र बसन्तपुर तिर लागे | एउटा शान्त ठाउ रोजे र आफ्नु पुस्टलाई बिश्राम दिए |

“दाई चिया खाने हैन ?” एउटी अत्ति प्यारी नानि आइन् चियाको भाडो र केहि प्लास्टिकको गिलास बोक्दै |

बिहान घरमा पनि चिया नखाएर हिडेको म,चियाको तलतल लागेको थियो र नानीसंग चिया लिए एक कप |
“गिलास चाही फोहोरको भाडोमा हाल्दिनु है |” यति भन्दै नानीले चिया दिईन् मलाई र लागिन् आफ्नु बाटो |

 

उसको अन्तिम वाक्यले ठुलै धक्का दियो मलाई,हामि भन्दा सानु नानीलाई सहरको माया छ |

म बसेको ठाउबाट बसन्तपुर दरबारको दृश्य पुरै देखिने र समय बिहानको भएकोले,घामको किरणले मधुर उज्यालो छरेको थियो |

कोहि मार्निंग वाल्क पछी बिश्राम गर्दै थिए,साना नानीहरु यता उता खेल्दै थिए ,कोहि मुख बिगारी बिगारी फोटो खिच्नै ब्यस्त थिए,कोइ जोडीहरु एकअर्काको काधमा शिर राखेर बसेका थिए भने कोहि म जस्तै इक्षा दिवस मनाउन मुन्टेका थिए | म भने एक्लै परे,न बोल्न लाई कोहि छ भने न हास्नालाई नै | अभ साथि भनेको मोबाइल मात्र थियो र त्यहि चलाउन लागे |

To be continue…

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM