निकेत ढकालको ,नपालाएको माया भाग-4💓💓💓💓💓

यो मोबाइल नाम गरेको अचम्मको भाडो र यसमा रहेको एपहरु,समय काट्न निकै सजिलो हुने यतिले गर्दा | आखाँ र औला मोबाइलमा भएपनि,मेरो मस्तिस्क भने अघिकै घटनाको वरिपरी फन्को लाउदै थियो | मनमा भने खुल्दुली थियो,मेरो मोबाइल मागेर उनले चलाउन चाही के चलाइन् ! कल-लिस्ट हेरेको कल-लिस्टमा कुनै नया नम्बरमा फोन गरेको देखिएन,फोटो खिचेको पो हो कि भनेर ग्यालेरी पनि हेर्न पुगे तर त्यहाँबाट पनि हात लाग्यो शुन्य |

अन्त्यमा बल्ल चाल पाए, एस.एम.एस गरेकी रैछिन् | कुन्नि कुन चाही प्रतियोगिताको लागि भोट गर्नलाई प्रयोग भएको रहेछ मेरो मोबाइल | अभ फेरी अनेकौ कुरा सोच्न लागे,उनले पक्कै कुनै प्रतियोगितामा भाग लिएकि छिन्,त्यसैले भोट गरेकी होलि | अभ प्रतियोगिता चाही के को भनेर जान्ने उत्सुकता बढ्यो,उसले एस.एम.एस पठाको नम्बर के को रैछ भनेर गूगल दाइलाई सोध्न खोजे तर गूगल दाईले पनि जवाफ दिन सकेनन् |

ठुलो आश गरेको थिए तर आज आएर गूगल दाइले पनि मेरो सबै आशलाई नाश गर्दिए | एकछिन निकै खल्लो लाग्यो | त्यतिकैमा अगाडी दुइ बच्चा आए,एकदमै मोह लाग्ने | नेवारी पोशाकमा भएका उनिहरु, कुनै गुडिया जस्तै थिए उनीहरु | “बौचा-मैचा” भन्ने शब्द ठोकियो मेरो दिमागमा आएर | उनीहरुको फोटो नखिची भएन मलाई,पछाडी तर्फ टोकेको स्याउको चिन्ह रहेको आफ्नु मोबाइल झिके र एउटा गतिलो फिल्टर छानेर उनीहरुको फोटो खिच्न लागे | २-३ वटा फोटो खिचे ति बच्चाहरुको तर रमाइलो कुरा के भने मैले फोटो खिचेको उनीहरुलाई पत्तो थिएन |

आफैले खिचेको फोटो जुम गरि गरि हेर्दै थिए, “फोटो चाही खिच्न जानेकै हो मैले|”,मन मनै आफ्नै बयान गरेर मख्ख हुदै थिए | कसैले तपाई भनोस कि नभनोस आफैले मपाई भन्न पछाडी कहिले परिन म तर केवल आफ्नु मन भित्रै |

“फोटो खिच्न चाही सहि खिच्ने रैछौ है तिमीले |” हैन मैले यो आफ्नै मन भित्र बोलेको कुरा, कसरि आवाज चाही बाहिरबाट आउदै छ भनेर एकछिन छक्क परे | बाहिरबाट आवाज आउन त आयो तर केटिको आवाजमा आयो | के चाही भएछ गाठे भनेर पछाडी फर्केको त,कहाँ हुनु मन भित्रको आवाज बाहिर सुनिएको ,पछाडीबाट साचिकै एउटी केटिले मेरो तारिफ गरेकी रैछिन | नचिनेको मान्छेले यति भनेको सुन्दा केहि चकित भने भएको थिए म |

“मैले हैन मोबाइलले दामी खिचेको हो |” केहि बोल्न जानिन र यहि जवाफ दिए केहि हासेर | मेरो मुस्कानको जवाफ पनि उसले मुस्कानले नै दिन् |

“हामि साथिहरु घुम्न आएको छौ,एउटा ग्रुप फोटो हाम्रो नि लिदिनुस न |” मेरो बयान गर्नुको पछाडी उसको आफ्नै स्वार्थ पो लुकेको रैछ |

म भने त्यतिकै मख्ख भए | बयान गरेकै थिन् उसले,अभ हुन्छ भन्न कर लाग्यो र हुन्छ भनेपनि | नाइँ भन्नु फेरी कस्तो छुच्चो होला जस्तो पनि लाग्यो | मैले उसको प्रस्ताभ सहजै स्वीकारे पछी हामि उसको साथिहरु भएको तिर लागेउ |

“कन्चन मैले दामी फोटो-ग्राफर खोजेर ल्याएको छु |” उसले चिच्याएर आफ्नु साथीलाई भनिन्

| यति भएपछी मलाई के चाहियो र! म त पुरै मख्ख भए,खुसि पनि यति खुसि भए कि खुसिको सिमा नै रहेन, खुसि हुनको लागी पनि म संग ठुलै कारण थियो | आफ्नै तारिफ सुनेर चाही मख्ख भएको हैन नि फेरी,खुसि हुने कारण अर्कै थियो | कारण चाही के भने ….

To be continue….

%d bloggers like this: