निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓

2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3 2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3 2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3 नपलाएको माया 2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3 2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3 2764 निकेत ढकालको ,नपालाएको माया भाग-2💓💓💓💓💓<3

 

उसले मेरो मोबाइल मागिन् र मैले सजिलै दिए तर मनमा प्रश्न थियो,मोबाइल किन मागेकी होलिन् र के गरिन् होला उसले |

 

उस्ले मोबाइल संगै मिठो मुस्कान पनि फिर्ता गरिन् र मिठो मुस्कान सहित “धन्यबाद पनि “ |

 

अभ उसले के गरिन् भनेर उसकै सामु हेर्न पनि नमिल्ने,फेरी हेर्नलाई उनिबाट आखा हट्नु पर्यो नि |

 

जति हेरेपनि चित्त नबुझ्ने सुन्दर मुहार उसको | बयान गर्न लागे भने,४ बेदलाई उछ्छिने एउटा पुस्तक नै बन्ने पक्का थियो |

 

उसले मेरो हातमा मोबाइल दिदा पनि मेरो आखा उसकै मुहारमा थियो | मलाई आज कस्तो लाज नलागेको कसैलाई एकहोरो हेर्नलाई |

 

अरुबेला खुबै लजालु स्वभाभको म,अहिले भने मेरो लाज भन्ने कुरा पक्कै एक स्टेशन अगाडी छुटेको हुनुपर्छ | भरे घर जादा संगै लानु पर्छ नत्र कुन बेला कहाँ पिटाई खाने हो |

 

किन नखानु पिटाईपनि,सार्बजनिक गाडीमा कसैलाई एकसुरले हेरी रहयो भने |

मेरो एकहोरो हेराइले उसलाई केहि अप्ठ्यारो महसुस भएको जस्तो अनुभब गरे मैले र फेरी पनि आफ्नु आखा उसको मुहारबाट आफ्नु मोबाइल तिर केन्द्रित गरे र गीत सुन्न लागे |

 

मोबाइलमा ब्याट्री कम भएकोले,मोबाइललाई ब्याग भित्र रहेको पावर-बैंकमा जोडे र एकछिन आखा चिम्म गरे |

 

उनि कस्तो सिपालु,यहि छेउमा भएकी मान्छे,आखा चिम्म गरेको मात्र के थिए कल्पनामा पनि पुग्न भयाइन |

 

सबभन्दा गति भएको प्रकाश भनेर पढेको थिए तर उनि प्रकाश भन्दा पनि गतिशील रैछिन् |

 

एकछिन मात्र के कल्पना हराएको थिए,भुसुक्क निदाएछु |

 

अर्को एउटा आवाजले बिउझिए म | माइक्रोमा पैसा लिने फुच्चे भाइले मलाई घच्घचाउदै “दाई दाई” भनेर उठाउदै थियो |

 

एक्कासी झनक्क रिस उठ्यो,कल्पनाबाट बाहिर आउनु परेकोले होला रिस उठेको पनि | रिसको स्वर मै भने “के भयो भाइ?के चाही भयो ?” |

मेरो बोल्ने शैली निकै गलत थियो,त्यसैले होला भाइको आवाज निकै सानु भयो र उसले फेरी बोल्यो “दाई पुरानो बसपार्क आयो|झर्ने हैन? लास्ट स्टेशन हो त |”

 

वरिपरी हेरेको त माइक्रोको सबै सिट खालि,कोहि मान्छे नभएको माइक्रोमा, एकछिन आफै उल्लि-बिल्ली भए म | फुच्चे भाइलाई कार्ड देखाउदै पैसा दिए र गाडीबाट झरे |

 

बानेश्वरमा ओर्लिनु पर्ने मान्छे,बसपार्क नै पो पुगेछु | कहाँ सम्म हराएको रैछु त उसको यादमा | यो पक्कै माया नै हुनुपर्छ |

 

एक त घरबाट हिड्न अबेला भएको,अभ झन् गल्ति स्थानमा पुगियो,कलेज जानलाई मनले मानेन | एकछिन सोचे र आफ्नु पाइला बसन्तपुर तिर मोडे |

To be continue…

%d bloggers like this: