निकेत ढकालको ,माया-उनको र मेरो Part 2(final)

 

19905251_1589890374394908_3472561865521358750_n-150x150 निकेत ढकालको ,माया-उनको र मेरो  Part 2(final)अभ प्रतिक्षा थियो उनको फोनको | कुन बेला उसको फोन सहित जवाफ पनि आउछ भनेर कुरेर बस्दै थिए म |

 

आफु भने घर आएर शरीर संगै मन पनि पखालेर , रित्तो पेटमा आहारा हालेर बसेको थिए | अभ मनले नि आहारा

खोज्दै थियो,जुन मैले मात्र दिन सक्दिन थिए यो मनलाई,मनको आहारा त उनि संग थियो र यसको लागि म पनि

कुरेर बसको थिए | पहिलो पल्ट आफ्नु रगतले कसैको लागि केहि लेखेको थिए मैले | रक्तदान दिन गएको बेला

सुइ देखेर डरले लगलग काप्दै घर फर्केको मान्छे म , आज भने हात काटेर उनको लागि प्रेम प्रस्ताब लेखेको थिए | अभ मेरो माया लाटो हो कि

अन्धो मलाई आफै थाहाछैन र थाहापाउने इक्षा पनि छैन |

 

नेटवर्कमा केहि समस्या हो कि भनेर मोबाइल अफ गर्दै अन गरे दुइ पल्ट तर पनि फोन आएन | रिसाएर फोन नगरेको हो कि जस्तो पनि लाग्यो

 

तर रिसाको भए फोन गरेर झपार्ने मान्छे हुन् उनि ,फुलेर बस्ने हैन | यसरि मनमा कुरा खेलाएर हुन्न,आफै सम्पर्क गर्छु भनेर फोन गरेको काटिन्

उसले | अभ झन् अन्योलमा परे म, अभ के गर्ने हो भनेर | फेरी मैले गर्न पनि केहि नसक्ने,सम्पर्क गर्ने माध्यम त्यहि एउटा फोन थियो ,त्यो पनि उठेन |
एकछिन पछि उनीले आफै फोन गरिन् र बिदेसबाट दाइको फोन आएकोले ढिलो भएको भनेर बिस्तारमा सबै कुरा सुनाइन् |

“मैले दिएको पढ़ेउ??” मेरो यो प्रश्नको जवाफमा अघिकै कुरा दोहोर्याइन र घर आउने बितिकै ब्यस्त भंएको कुरा जनाइन|

“तिमीलाई सुनाइ सुनाइ पढ्छु नि ?” सायद मलाई फकाउन प्रयास थियो उनको | मैले पनि सहमति जनाए र उनीले पढ्न लागिन्

 

मेरो प्रेमपत्र | हरेक शब्द संगै मेरो शरीरमा झन् बढी काडा उम्रिदै गयो | डर र लाज एकैपल्ट लाग्यो | पुरै पढिन् उसले र उसको

 

आवाजमा पनि केहि परिबर्तन थियो | सायद उसले पनि मेरो भाव बुझिन् |

“तिमीले आफ्नु रगतले लेखेको यो ?मलाई यति माया गर्छौ ?”उसको यो वाक्यले झन् मलाई गार्हो बनायो | बोल्नै सकिन र

जवाफमा “हो नि “ मात्र फर्काए |

“तिमीले मलाई जति माया गर्छौ, म पनि तिमीलाई त्यति नै गर्छु तर …” उसको वाक्य तर मा रोकियो र उनको जवाफ संगै

मेरो मुटु पनि रोकियो|

“तर के ?” भएभरको बल लगाएर बल्लतल्ल यति शब्द निकाले |

“तिमीले किन रातो रगतले लेखेको ,पिन्क रगतले लेख्नु पर्छ नि |आइ लब पिन्क” उसको वाक्य सकिनु अघिनै हाम्रो माया

सकियो मेरो लागि र मैले फोन काटे|

हैन एउटा हद हुन्छ नि यार|पिन्क रगत रे | सुरु नहुदै माया सकियो |

The end..

%d bloggers like this: