नेट ले काम नगरेर ढाेका खाेल्दैछु धेरै बाेल्ने मन भएपनी थाेरै बाेल्दैछु

55e33cdf-9ca9-4be1-a375-f6748ebd6966 नेट ले काम नगरेर ढाेका खाेल्दैछु धेरै बाेल्ने मन भएपनी थाेरै बाेल्दैछुदिवस मनाउछन राजधानी मा भाषण ठाेकेर
जान्छन् गाउँमा एकदुई थान कपडा बाेकेर
के गर्न खाेज्दैछ सरकारले पिडित काे बारेमा

ती भत्केका बस्ती हरुकाे पुनर्निर्माण राेकेर

*****मुक्तक*****

भुकम्प पिडितले उचित बास पाएकै छैनन्
कतिले एक छाक खाए कति खाएकै छैनन्
हजारौं घाईते छन् चोटले सताउँछ झन झन्
बिग्रिदै गयो घाउ तर मलम लगाएकै छैनन्
⏩तारस घिमिरे `चिन्तन´
बेलवास ७ ,प्युठान

अागाेले पाेलेकाे घाउ हुनुँ पर्दा
अभागी छाेराकाे बाउ हुनुँ पर्दा
खुच्चिङ्ग भन्ने होलान बैरीले पनि
मैले ओधान माथी ताउ हुनुँ पर्दा

मुक्तक

चिन्ता माथी चिन्ता थपियो हजुर
मनको कुरा मनमै रोकियो हजुर
एक दुई थान सपना के साचेँ मैले
आँसु बनेर त्यो पनि पोखियो हजुर

***मुक्तक ***

नेट ले काम नगरेर ढाेका खाेल्दैछु
धेरै बाेल्ने मन भएपनी थाेरै बाेल्दैछु
चिसाे ले अाैधी सताएकाे छ बाबैनी स्वास्थ्य काे यहाँ जाेखीम माेल्दैछु

तारस घिमिरे `चिन्तन´
बेलवास ७ प्युठान

%d bloggers like this: