नेपाललाई रणभुमि बनाउनै चाहा भए यो ढुङ्गासँग त्यो हतियार जुधाएर हेर

गजल

कलमसँग अब तरबार जुधाएर हेर कस्को हुन्छ

जितहार जुधाएर हेर युवाको हैसियत थाहा पाउन

तिमीले हामीसँग नेपाल सरकार जुधाएर हेर

नेपाललाई रणभुमि बनाउनै चाहा भए

यो ढुङ्गासँग त्यो हतियार जुधाएर हेर

वुद्धसँगको नाता यदि तिमीसँग छ भने

आऊ स्कुलसँग कारागार जुधाएर हेर

आफुलाई निकै शक्तिसाली सोच्छौ भने

“परिवर्तन”सँग तिम्रा विचार जुधाएर हेर

परिवर्तन देवकोटा16832087_676691399206271_2448556113377610765_n-1-300x226 नेपाललाई रणभुमि बनाउनै चाहा भए  यो ढुङ्गासँग त्यो हतियार जुधाएर हेर

%d bloggers like this: