नेपालि मनहरुको सुनौलो भारतिय वासना

हामी नेपालीहरू धेरै कुरामा भारत निर्भर छौं .नून तेलदेखि चामल दाल उतैबाट आउँछ .सिन्दूर टीकादेखि लाली पाउडर उतैबाट आउँछ .सावुन सेम्पोदेखि…गाडी ,पेट्रोल र डिजेल आउँने बाटो उतैबाट हो ! हामीले घरघरमा हेर्ने सिरियल उतैको हो .हामी सिरियलसँगै भारतीय श्रेष्ठतामुनी थिचिइरहेका छौं .भारकीय हामीले अहिलेसम्म सियो पनि उत्पादन गरेका छैनौं..! अहिले हामीलाई उत्तरी छिमेकी चाहिएको छ .संविधान वनाउँने वेलामा भारतीय मोडलको लोकतन्त्र थोपर्नु पऱ्यो र हामीले रोएर गणतन्त्रको स्वागतको लागि पश्चिमा लोकतन्त्र स्याँहार्नु पऱ्यो .अहिले उफ्रने वुध्दि त्यो वेला आएको भए के हुन्थ्यो होला ? उत्तरी छिमेकी उदारमना छ तर भूगोल दूर्गम र क्रुर छ .दक्षिणी भूगोल सहज छ तर छिमेकी क्रुर सिकारी जस्तै छ ..!

हाम्रो देशका हिन्दूहरूका देवी देउताका ठेगाना पनि उतै छन .तीर्थ र धामहरू उतै छन .मरेपछि अस्तु सेलाउँन लैजाने गंगा पनि उतै छन ..त्यतिमात्र होइन हाम्रो तराइमा वसोवास गर्ने पचासौं लाख नेपालीहरूको भाषा संस्कृति रहन सहन र विहेवारीको हजारौं वर्ष पुरानो दोहोरो संवन्ध पनि उतै छ ..! हामीले भारतको हस्तक्षेपको विरोध गर्दा फेर्न नमिल्ने छिमेकीको रुपमा भारत छ र यो तीतो जमीनी यथार्थ हो भन्ने कुरा भुल्नै हुदैन .नेपालमा एउटा यस्तो प्रवृति छ जुन आफ्नो स्वार्थ अनुसार लम्पसार पनि पर्छ र स्वार्थ अनुसार नै उरन्ठेउलो विरोध पनि गर्छ ..!

त्यो प्रवृतिलाई राष्ट्रवादी देखिने रहर त छ तर कसरी राष्ट्रवादी वन्न सकिन्छ भन्ने न गहिरो र दूरगामी सोंच छ न भित्रैबाट लड्ने आँट छ …! आफ्नो तीतो पोख्न भुराभुरी उचालेर वनाउँने भन्दा वातावरण धमिल्याउँने र भारतलाई थप चिढ्याउँने र थप अप्ठेरो परिस्थिति निम्त्याउँने उल्टो वुध्दि मात्रै त्योसँग छ . भारत र चीन हाम्रा भूराजनीतिक हिसावले बदल्नै नमिल्ने छिमेकीहरू हुन भन्ने कुरा हामीले वुझ्नु छ .भारतले लगातार नेपालमाथि हस्तक्षेप गरेको छ तर नेपाली जनताको स्वाभिमानी चेतनामा आएको बढोत्तरीको कारण त्यो २००७ साल पछिको जस्तो समयको जस्तो सिधा सिधा नभएर शूक्ष्म रुपमा छ !

हामीले भारतीय हस्तक्षेपका विरुध्द लड्ने भनेको ठेट्ना तरिकाले उत्तेजित बनाउँने र झन अप्ठेरोमा पर्ने हुनु हुदैन . अहिले भारतीय राष्ट्रपति को नेपाल भ्रमणको सन्दर्भमा सरकारले एकदिने विदा दिने गरी गरिएको निर्णयको वारेमा बहस हुन सक्छ .तर जसरी आपसी संबन्धमा नै उतार चढाव आउँने गरी हल्लीखल्ली गरिदै छ यसले नेपाली राष्ट्रवादलाई पटक्कै फाइदा गर्दैन. कहिले भारतकोअघि उँघो मुन्टो लाउँदा पनि जुम्रा हेरेर बस्ने र कहिले उखरमाउलो मच्चाउँने त्यो प्रवृति सुनजस्तै त हो तर सुन भने कदापि होइन ..चेतना भया !

Balaram Timalsina Biplab

%d bloggers like this: