नेपाली मिडियामा तरकारीवाली

सरोज पौडेल-

नाम कुशुम श्रेष्ठ, घर गोरखा, उमेर १८ वर्ष, ११ कक्षामा अध्ययनरत । हिजोसम्म जम्माजम्मी उनको परिचय यत्तिमै 13406819_10208156481382464_7352446649263349974_n नेपाली मिडियामा तरकारीवालीसीमित थियो । तर आज समय बदलिएको छ । हिजोसम्म  एक सामान्य केटी आज राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै चर्चित वनेकी छन् । पाकिस्तानका चियावाला व्यक्ति जसरी विश्वभरका शोसल मिडियामा भाइरल भए त्यसैगरि भाइरल वनिन कुशुम श्रेष्ठ ।

कुशुम श्रेष्ठ अर्थात तरकारीवाली, हरियो कुर्था सलवार, पिठ्युँमा दुई क्रेट गोलभेडा बोकेर पुल तर्दै गरेकी एक १८ वर्षे युवती, झट्ट  हेर्दा राम्री देखिन्छिन । उनितिर जो कसैको क्यामेराको लेन्स सोझिनु स्वाभाविक नै हो । फोटोग्राफर रुपचन्द्र महर्जन भन्छन् ‘मैले सोचेको पनि थिइन यो फोटो यस्तो भाइरल बन्ला भनेर’ आखिर सोचुन पनि कसरी ? उनलाई थाहा छ कि  गा्रमीण सुन्दरी तरकारीवालीहरु नेपालमा हजारौंको सख्ंयामा होइन लाखौको सख्ंयामा भेटिन्छन् भनेर । cwkb3dhviaas-wy नेपाली मिडियामा तरकारीवाली

कुनै एउटी युवती तरकारी बोक्दै गरेको फोटो फेसबुक र टुइटरमा भाइरल भयो । फेसबुक ट्वीटर अर्थात सामाजिक सञ्जाल । युवापुस्तामा लोकप्रिय सामाजिक सञ्जालमा यस्तो फोटोहरु भाइरल बन्नु कुनौ नौलो कुरा भएन । यो पक्तिंकार त्यतिखेर अचम्ममा पर्यो, जतिखेर नेपालको सरकारी टेलिभिजन च्यानल नेपाल टेलिभिजनको बेलुकी ८ बजेको समाचारमा उनको अन्तर्वाता प्रसारण भइरहेको थियो ।

केही भारतीय सञ्चारमाध्यमले प्रकाशन, प्रसारण गरेपछि नेपाली सञ्चार माध्यमहरु उनका पछाडी यसरी झुम्मिए कि मानौं उनले कुनै अन्तर्राष्टिय अवार्ड जितिन, ठूलै चिठ्ठा हात पारिन वा ठूलै पदमा पुगेकी हुन् । उनको अवमुल्यन गर्ने वा उनको लोकप्रियतालाई नजरअन्दाज गर्ने यो पंक्तिकारको उद्देश्य होइन । तर हामिले गर्ने पत्रकारिताले हामी र हाम्रो समाजलाई कता लैजाँदैछ भनेर कम्तिमा सोच्नुपर्ने बेला चाहिँ अब भएको छ ।

आज नेपालका अधिकांश सञ्चार माध्ययामहरु तरकारीवालीको पछाडी यसरी दौडिरेहेका छन् कि मानौं यहाँ कुनै स्कुप मार्नुपर्ने छ । हिजोको एउटी सामान्य युवती आज एकाएक सेलिब्रेटी बनेकी छिन्, र नेपालका मिडियाहरु अव उनलाई मोडल वा फिल्मको हिरोइन बनाउने धुनमा हात धोएर लागिपरेका छन् ।

के एउटा सेलिब्रेटी मोडल वा हिरोइन नै बन्नुपर्छ सेलिब्रेटीको रुपमा टिकिरहन ? आज हाम्रा प्रश्नहरु नेपालको कृषिलाई व्यावसायीक बनाउन उनले अब के काम गर्छिन भन्नेतिर केन्द्रित नभइकन के तपाई मोडल बन्ने हो ? फिल्म खेल्नुहुन्छ भन्नेतिर केन्द्रित भएका छन् । एउटी ११ कक्षामा पढदै गरेकी  केटी जसलाई आफ्नो र परिवारको छाक टार्नको लागि मेहनत गर्नुपर्ने अवस्था छ, उसलाई मोडलिङ र फिल्मी दुनियाको बारेमा केही थाहा छैन ।

एकाध अवसरहरु त आउलान के उनी त्यही दुनियामा टिकिरहन सक्लिन ? २० औं वर्ष मेहनत गरेर शुन्य अवस्थाबाट काम गरेर स्थापित भएका मानिसहरु त आफ्नो ख्यातिलाई कायम राख्न नसकेर गुमनाम भएका प्रष्ट उदाहरणहरु छन् हामिसँग । तरकारी बोकेको फोटो फेसबुक र ट्वीटर भाइरल भएकै कारण सेलिब्रेटी बनेकी तरकारीवालीलाई अझै कतिसम्म सेलिब्रेटी बनाउने ? फेरि पनि हामिले बुझ्नै पर्छ उनी सघंर्षले स्थापति भएकि होइनन् । आज हामिले उनलाई रातारात सेलिब्रेटी बनाइरहँदा भोलि उनी स्थापित हुन पनि सकिनन् र रगिंन दुनियाबाट बाहिर निस्कन पनि सकिनन् भने बाँकि उनको जीवन कस्तो होला ?

निजी टेलिभिजन च्यानल वा अनलाइनले आफ्नो दर्शक वा पाठकको सख्ंया बढाउनको लागि त्यस्तो खालको सामग्री प्रकाशन, प्रसारण गर्नु अस्वभाविक होइन तर नेपाल टेलिभिजनले समेत बेलुका ८ बजेको समाचारमा उनको अन्तर्वार्तालाई स्थान दिनु भनेको  नेपाल टेलिभिजनको समाचारको  अर्थ नहुनु पर्यो कि तरकारीवालीले समाजको लागि केही राम्रो गरेको हुनुपर्यो ।

अरुले खिचिदिएको फोटो फेसबुक र ट्वीटर भाइरल भएको विषय समाचार बन्नु अलग कुरा, फोटोवाली केटीलाई रातारात  सेलिब्रेटी बनाएर खबर भित्रको खबर वबाइन्छ यहाँ । हिजो कान्तिपुर दैनिकको अनुजा बानियाका समाचारदेखि नागरिकमा प्रकाशन भएका दिलशोभाको आमाघरका समााचारसम्मका कुरा छन् । के अब पनि हामी त्यस्तै पत्रकारिता गर्दै छौ वा पत्रकारितामा केही फरकपन ल्याउन कोशिष्श गरिरहेका छौ ? पक्कै पनि सोच्नुपर्ने बेला भएको छ ।

यो त भयो नेपाली सञ्चार माध्ययमको कुरा, तरकारीवाली अर्थात कुशुम श्रेष्ठ आफै पनि केही कुरामा सचेत हुनुपर्ने छ । आज नेपाली सञ्चार माध्ययमले रातारात सेलिब्रेटी बनाएकै आधारमा उनलाई केही राम्रा अवसर पनि प्राप्त हुनेछन्  । ति अवसरहरुलाई सदुपायोग गर्दै आफ्नो शैक्षिक क्षेत्रलाई उनले अघि बढाउनुपर्ने छ । सुनिएको छ, उनलाई केही सञ्चार माध्ययमहरुले काठमाडाैं लेराएका छन् ।

अब उनी यहि दुनियामा हराउने हो भने बाँकि उनको अध्ययन के हुन्छ, भविष्यमा उनको योजनाहरु के के छन् ? सबैभन्दा उनले सम्झनुपर्ने कुरा भनेको उनी दु:ख गरेर स्थापित भएकी होइनन्, त्यसकारण उनले आफूमा केही गुणहरु पक्कै पनि विकास गर्नुपर्ने हुनसक्छ ।

ति गुणहरु आफूमा विकास गर्न उनले सकुन, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो छुट्याउन सक्ने क्षमता उनमा विकास होस । अहिले १८ वर्षे युवतिलाई मिडियाले उचालेको भरमा भोलि घर न घाटको हुने स्थिति नआओस, तरकारीवालीलाई शुभकामना ।

SOURCE ujyaaloonline.com

%d bloggers like this: