फेरि अर्को थरि जिन्दगी बैना दिन्छ भीड आजकल भीड

भीड आँखा उघारेदेखि देखेकाे

 

आँखा चिम्लिदा पनि हेरिने भीडबाट जन्मिएको सुर्य

भीडमै अस्ताउछ तारा जीवनका कर्मकान्ड

भीडमै रेखी छर्छन भीड खादै जादा मान्छे

समुन्नत हुँदै जादो हो भीड आफ्नै

आकाशको खोजी गर्छ भीडमा भीड

परोपकारी हो सबैको भीडले चिनाएको देश

भीडले छिनाएको देश भीडको सन्सार यो सन्सारकै उपलब्धी हो

आजकल भीड अनन्य छ मित्रवत ।

भीडकै साम्राज्यमा भीड बटुल्छन अधीरहरु नेता

उपस्थित छ भीडको भाषण भन्न कर्मचारी भीडले घेरिएको छ

भीडैभीडको किनबेच गर्छ ब्यापारी

सरकार /सरदार भीडकै आह्वान गर्छ विद्यार्थी भीडले

मार्कसिटमा अङ्क जोडघटाउ गर्छ जीवनको

प्राध्यापक मार्क्सबाद रटाउछ भीडलाई बेरोजगारी भीडमै

आवेदन भर्छ एयरपोर्ट हैरान छ भीडले कुल्चिएर भीड

हैरान छ मेन्पावरले कुल्चिएर एक थरि जिन्दगी भीडमै सकिन्छ

फेरि अर्को थरि जिन्दगी बैना दिन्छ भीड आजकल भीड

सबैको अनन्य छ मित्रवत ।।

यहाँ बिचारको भीड यहाँ वेदनाको

भीड यहाँ अभावको भीड यहाँ आकाङ्क्षाको

भीड यहाँ बेरोजगारीको भीड यहाँ अहमको भीड यहाँ

महामानबको भीड यहाँ पैसाको भीड यहा वैशकाे

भीड यहाँ देवताको भीड यहाँ पुजारीको भीड यहाँ सस्तो

भीड यो खै कस्तो भीड यहाँ भीडैभीड जताततै यहाँ भीड

बढाउनेको भीड त्यसैले आजकल भीड अनन्य छ मित्रवत बनाउन ।।।

_ डिल्लीप्रसाद दाहाल दमक झापा हाल सरस्वती मा.वि चैनपुर

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder