बिहे गर्दे।।”मनै त हो कुरा लेख्ने,हरेक कुराले मन दुखाउने,अनु राऊतको ,”खुसी” भाग _13

19488741_578205909016556_6052458153448120430_o-300x300 बिहे गर्दे।।"मनै त हो कुरा लेख्ने,हरेक कुराले मन दुखाउने,अनु राऊतको ,"खुसी" भाग _13–“खुसीको मेसेज देखेर अचम्म लाग्यो।”पहिला त उही सँग मात्र रिस उठ्थियो,उस्ले मेरो बिश्वास तोडी झै लाग्थियो,तर जब उस्का ति मन बिझाउने,आँखा रसाउने मेसेज पढे तब मलाई यस्तो आभास भयो की यँहा हरेक प्रेमी-प्रेमीकाहरु

 

आफ्नो रहरले हैन परिस्थितीले टाढा हुने रैछन,जुन कुरा यि खुसीका मेसेजले देखाएको थियो,21चोटीको हरेक शब्दले भनिरहेको थियो,(“सरी”प्रमीस मैले हजुरको मन दुखाए,मैले हजुरको जिबनमा चोट पुर्याए तर मैले हजुर सँग गेम खेलेको

हैन बरु लाईफले म सँग गेम खेल्यो,जो सँग नजिक हुदै छु उस्लाई त मैले चिनेको पनी छैन तर हजुर सँग त 1बर्ष सम्मको चोखो प्रेमको अनुभब छ।हो हिजो म नै हजुर सँग नजिक भए,हजुरको मन जिते तर आज आएर मैले हजूरको मात्र हैन

मेरै लाईफ पनि बर्वाद गरे आखिर के को लागी भन्दा मेरो परिवार,अनि तेवारी खन्दानको लागी,मैले पनि हजुरलाई नचाहेको हैन,धेरै चाहेको थिए,आफुलाई भन्दा धेरै प्रेम गर्थिए,तर समयले मलाई छल्यो”हजुरलाई मैले पहिला भनेको

थिए,सोल्टीले मलाई मनपराउछन,पछि फोनमा मैले हजूर सँग भनेका ति कुरालाई मतलब दिनु भएन”हजुरले नै वास्ता नगरे पछि मैले कसरी हाम्रो सम्बन्ध बारे भनौ”अझ ममीलाई त

थाहा थियो तर बुवाको चाहाना र जिद्दी पनाले ममीले पनि

 

सबैको अगाडी खुसी भएर,मेरो अगाडी गोडा टेक्नु भयो,मैले आफ्नो नाम सगै प्रेम पनि अरुको लाखी घुमाउनु पर्यो।”त्यो दिन हजुरले फोन गर्दा हजुर रुदा मैले पनि आफुलाई सम्हाल्न सकिन,तर पनि हजुरलाई heart नहोस्।हजुर रोएको

 

हेर्नु नपरोस,हजुरले मलाई यति घृणा गर्नुहोस् की कुनै दिनु खुसी शब्द सुन्दा पनि मन मरेर,आर्कोसमा भन्न सक्नुहोस की खुसी मेरो लागी मरिसकी तर”समय आफुले सोचेको नहुने रैछ,हिजो सम्म म हजुरलाई जति माया गर्थिए र आज पनि

त्यति गर्छु,जस्को भए उस्लाई यो मन दिन सकिन,जिउदो लास जस्तै भएकी छु,अन्धकार भित्रै हराएकी छु,मलाई हजुरको आँशु लाग्यो।।हजुर मलाई भेट्न आउनु भएको कुरा पनि आकाङक्षाले भनेकीथिई मन त मलाई पनि थियो त्यही दिन

हजुर सँग भागेर आउने तर मेरो बुवाको पेसर थियो भोलि यही कारणा बुवालाई केही भयो भने म कसरी बाचौ,भएको दाजुले पनि साथ छोडेर गयो अनि आज भएकी एउटी छोरी”म”जो छोरा पनि थिए अनि म कसरी रुवाएर सबैको अगाडी

नराम्रो भएर हजुर सँग आउन सक्छु।।”प्रमीस कसम जिबनमा आज धेरै अनुभब हुदै छ,प्रेमको त्यो पनि हजुरको।।हिजो आज त बाच्न पनि मन लाग्दैन,जती बेलै गल्तीको आभास हुन्छ,मन रुन्छ अस्ती त झन हजुरको नामले मेरो लोग्नेलाई

बोलाएछु पछि उ पनी निरास हुनु भयो,दुईदिन सम्म बोल्नु भएन मैले फकाउन पनि उचित ठानीन”।

 

हुन त हजुर मेरै गल्ति देख्नु हुन्छ,हो गल्ती छ पनि हिजो सम्म हजुर सगै बिहे गर्छु भने,हजुर सगै जिउछु मर्छु भने तर आज मैले आफैले

 

अरुको हातको सिन्दुर लाए,।।मैले हजुरलाई फेसबुक बाट ब्रल्क गरिदिए ताकी हजुरलाई कुनै पिडा देख्नु नपरोस,मलाई लागेको थियो हजूरले मलाई भुल्नु भयो,अरु सगै रमाई सक्नु भयो तर हिजो दिपा दिदिको फ्रेण्ड रिवोस्ट आएको

देखे”अचम्म लाग्यो आज धैरै महिना पछि मिस गरेको देख्दा”हतार मै म बोले तर दिदिले मलाई हजुरको हालत,हजुरको चाल,अनि जीउने तरिका सबै भन्नु भयो”मलाई झनै पिडा भयो,मैले गर्दा हजुरलाई दुख दिए,बरु हजुरले मेरो मृत्युको

कामना गर्नु।म जस्तीलाई बाच्ने रहर छैन”आशा र चाहाना सगै म मरीसकेको थिए झन हजुरको त्यो पागलपनले मलाई मार्यो,कहिलेकाही त सहन गारो हुन्छ,हजुर सँग रातभर गफ गरेका ति राम्रा नराम्रो नजीक भएर बोलेको सम्झन्छु तब मन

धेरै रुन्छ त्यसैले प्रमीस”जिन्दगीको उकाली ओरालीमा हजुर सँग भेट भयो,चोखो प्रेम भयो,खै कसरी सुरुवात गरौ आफ्नै बैमानीको,हिजो सम्म यही जिन्दगी हासो लाग्थियो अनि आज यही जिन्दगी आशु लाग्दैछ,त्यसैले बिन्ती म हजुर सँग

हजुर कै जिबनको भिक माग्छु।।पिल्ज हजुर सधै हासी दिनु”।

–मलाई खुसीको त्यो मेसेजले रुवायो,आखिर उ पराई सँग भएर पनि रमाएकी छैन अनि मलाई भन्छे खुसी रहनु”फेरि उस्को बाबु आमा कस्ता”छोरीले म सँग प्रेम गर्छे अनि बिहे भने अरु सगै गराउछन”बूढा”रिस उठ्यो,खुसीको प्रोफाईल

 

चेक गरे तर त्यहा उस्ले न उस्को फोटो राखेकी थिई,न त बुढाको बरु राखेकी थिई यस्ता-यस्ता साईरी,स्टाटस हरु”जो आफ्नो थियो,उस्लाई पराई बनाए अनी जो पराई थियो उस्लाई आफ्नो बनाए”।”जिन्दगीमा भगवानले म बाट त्यही चिज

खोसे जुन चिजलाई कहिले गुमाउन चाहान्न थिए म।।।हो यस्तै-यस्तै थिए उस्का फेसबुकमा पोष्टहरु,आखिर हिजो जति प्रेम उस्ले मलाई गर्थिई आज पनि त्यति नै गर्छे”एक मनले त सोच्यो फेरि खुसी सगै नजिक हुन्छु तर कसरी जो अरुकी

भई उ मेरि कसरी हुन्छे”हो मैले त प्रेम गरेको छु,उस्को मनलाई तर मेरो परिवारमा उ कसरी आउन सक्छे।।।साच्चै के भयो यो हाम्रो प्रेम”यँहा साचो र चोखो माया पनि एकाएक बिक्यो,बजारको भाउमा,परिवारको खुसीमा।।म पनि खुसीको

दुखमा काहा रमाउन सक्छु र उ हास्नु नै म हास्नु हो तर आज किन यस्तो कुरा गर्छे,आखिर आफ्नो चाहाना किन दवाई किन आफु कमजोर भई अनी मलाई तड्पाई।

“मलाई खुसीको मेसेजले पागल सरी बनायो जसरी मनमा कुरा खेल्ने ठाउ

 

भएन,”एउटा मन छ,त्यहा हजारौ जना छन,तर खुसी भने सबैको भन्दा ठुलो हक लिएर बसेकी छे”उस्कै तस्बिर,उस्कै याद अनि उस्कै धोका,धेरै दिन भएको थियो,आफ्ना आशाहरु फेरि पालुवा सरी पलाउदैथिए,म आफ्नो लागी नभए पनि

 

परिवार कै निम्ती हासेको थिए तर आज खुसीको यस्तो मेसेजले मेरो जिन्दगीमा ग्रहण लाग्यो”जस्लाई बुझ्न सबैले सक्छन तर हेर्न सक्दैनन हो मेरो जिबनमा त्यस्तै भएर आई”खुसी तेवारी”।अनि मेरो प्रेम पनि त्यस्तै भयो”जो कोही सँग रम्न सके

पनि हास्न सक्दैन,शरिर छोए पनी उस्को मन छुन सक्दैन यो प्रमीसले।।मैले खूसीलाई मेसेज गरे”ओई लाटी”तिमीले कसरी सोचेउ म तिमी बिना रहन सक्छू”बरु बाचेर पनि जिउदै मरिरहेको छु,त्यसैले त म प्रत्येकदिन भन्ने गर्छु”यदि आँशुले

उस्का यादहरु मेटिन्छन भने बिन्ती”आँखा”आज फेरि उसैलाई सम्झेर बेसरी आशु बगाईदिए,किनकी हिजो पनि म उसैको याद भुलाउन रुन्थिए भने आज पनि म उसैको आँशूको कारण बन्न चाहान्छु,खुसी त”अफ”थिई तर मलाई भने पटक

पटक ओनलाईन जान मन लाग्यो,छिनछिन मै उस्का मेसेज पढ्न मन लाग्यो।।।”खोई यो मन पनि कस्तो कस्तो जस्ले बाध्यताको निउ पारी मलाई छाडी आज फेरि उसैलाई अङगालौ जस्तो”

दिनहरु बित्दै गए तर खुसी अनलाईन भने आईन्न”अनि म पनि सधै उसैको लागी तड्पिन चाहीन्न,यादहरु हराउदै गए,हरेकदिन ममी,बाबाले बिहेको लागी फोर्ज गर्नु भयो आखिर हिजो कसैको प्रेमी हुनु भन्दा पहिला त म”दयाराम र

 

शुशीलाको एउटै छोरा प्रमीस थिए,मैले बाबाले भने अनुसार”गरे”एकदिन बाबाले मलाई आफ्नो साथीको घर लिएर जानु भयो,किनकी बाबा कै साथिले बाबाको असल बुहारी खोज्दिन लागेको थियो,हामी त्यहा बाट रमेश,म,बाबा,अंकल केटी

हेर्न भनेर लागीम,”मलाई केटी राम्री नराम्रीको कुनै महत्व थिएन बस् थियो त बाबा आमा की असल र माया गर्ने बुहारी भए पुग्छ तर म पनि उस्लाई लोग्ने हुनुको दायित्व निभाउन सक्छु।।।”खुसी सँग हुदा बहार जस्तै थियो यो मन तर आज

पतझड को बहारको अनुभब भयो।”खुसी हुदा दिपावली जस्तै झिलीमीली थियो मन तर होली लेखीरहेको छ।।

 

“सबै रङहरु मिसावट भएको छ,”आखिर खुसीको परिवारले पनि हाम्रो प्रेममा ब्याकमेल गरेर,छोरीलाई जालमा पारेर अरु नै सँग

 

बिहे गर्दे।।”मनै त हो कुरा लेख्ने,हरेक कुराले मन दुखाउने,रमेशले बाईक चलाउदैथियो”तर म भने त्यो केटी सँग भेटेर के भन्नु झै भएको थियो,त्यस्तै 1घण्टा पछि हामी इटहरी पुगीम,”त्यही केटीको घर जस्लाई म आफ्नी अर्धगीनी

बनाउन”उस्लाई हेर्न आएको थिए।हामीलाई स्वागतका साथ भित्र लगे”साच्चै प्रेम गर्न जति सजिलो छ त्यहा भन्दा धेरै केटी माग्न जादा हुने रैछ”खोई मलाई मात्र त्यस्तो भएको हो की सबैलाई हुन्थियो त्यो थाहा भएन,केहीछिन पछि,परैको

ढोकाबाट”निलो हल्का रङको कुर्थी र ल्यागीज लाएर”किस्कीमा चिया लिएर”मेरै नजिक आईन”रमेशले मलाई ओई के हो यस्तो भन्यो”खोई त्यो मलाई पनि थाहा थिएन,केटी कस्ती त्यो पनि हेर्न पाईन्न”एकछिन चिया दिएर उ भित्र गई”तर म

उस्लाई बुझ्न चाहान्थिए।।मैले रमेशलाई भने”रमेशले बाबाको कानमा सुटुक्क भन्यो”म अनी त्यो केटी…..
क्रमश…..

“खुसी”
भाग-13
लेखक-अनु राउत

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM