बोका जुजुमानको कालोकोट

बोका जुजुमानको कालोकोट

परिभाषालाई केलाउदै मेरो गन्तब्यमा भुमरिजस्तै मडारियर हिडेको बर्तमान जुजुमान हु म , म जस्तै पुड्को अनि गोरो मानिस धेरै होलान यो संसारमा तर म भैन्न छु अनि अनभिज्ञ छु खै कताबाट ऊर्लेको भेल जस्तै आउछ अनि बिश्तारै हराउछ मनका चाहाना पत्तो पाउदिन म जुजुमाने कालो कोट प्रेमि।
सुर्तामा मर्नेगरि रुन मलाई आउदैन ,प्रयास त नगरेको होईन तर कठोरमनको शिरोपर गरि मैले ठुलै प्रयास गरेको हु तर पनि मलाई कालो कोट लायको आरोप छ।
कपाल खौरिय तर झुसे बोकेदारि उस्तै छ, काट्ने जागर कहिले पलायन।
उकालि चढेको एकाबिहानै हो दौरे टक्टकाएर धुलो झारे तर कालो कोट एतिकै लगाएर हातमा बिडि बाले अनि एक दुई सर्को तान्दै माईलिको तातो बिछ्याउना सम्झिदै आफ्नो बाटो लागे।
बिरे काका एका बिहानै बिरेकाकिको तुना फुकाल्न मस्त रैछन लाजले बिरालो धपायको आबाज निकाले।म जुजुमान एक्लो त छु तर पनि सबैकुरा औल्याउन सक्ने म मा क्षमता थियो।Our-secondweddinganniversary-3-300x300 बोका जुजुमानको कालोकोट

मेरो कुरा कसैले सुनेनन सधै कालो कोटको बारेमा झगडा अनि अत्यास लाग्दा दिनहरु त्यसैले सबैको टाढा एक्लै कुटि बनाएर आफ्नै जिन्दगिको राजा बनि कालो कोटलाई बिराजमान गरायको छु।मेरो कोट मैलो होस ,गनाएको होस ,फाटेको होस अथवा दुई चुल्ठि बाटेको कोट मेरै हो अनि जुजुमानको कोटको बारेमा अनर्थ बोल्ने अधिकार कसैलाई छैन।

बाजे एकाबिहानै उकालो कता मैले झिंगा हानेको थपिनि काकिकि छोरिले सोधि, एकछिन टक्क रोकिए अनि लामो सास फेरे अनि केहि नबोलि सरासर आफ्नो बाटो लागे।मनमा धेरै कुराहरु खेल्न थाले एक्कासि जवान मायाले बाजे भन्दा ऊठेको मेरो गोडा पनि स्वात्तै अड्कियो अनि शरिरको हल्का बोकापन मरेर गयो।खै के गरि त्यो मोरिले ठाउको ठाउ मेरो उर्लिएको बोकापनलाई स्वात्तै मारिदिई।
मनमनै सोचे भोलि देखि कालो कोटपनि दानमा दिन्छु अनि मायालु साबुनले पाचपटक नुहायर चिल्लो अनि मगन्ते काकाको नातिले उपाहार दियको पाच बर्स पुरानो अत्तर छर्किएर गाउभरिका बकेर्ना ठिटिलाई लैनो बनाउछु तर फेरि सोचे यो सबै गर्दा त मेरै नोक्सान हुन्छ।
मेरो राज गद्दिको जुजुमाने कालो कोट म बाट टाढा हुन्छ अनि मेरो छाला पातलो हुन्छ मायालु साबुनले नुहाउदा।

म त सधैको जुजुमान अनि म संग छ मेरो कालो कोट सधै बिराजमान छ मेरो राज गद्दिमा।मनमा कुरा खेलाउदा खेलाउदै आधाबाटो पुगेछु पिशाबले अत्याएर धन्नै मारेको ,झोलि परेको दौराको तुना फुकाएर धित मर्ने गरि पिसाब गरे अनि मन भनै सोचे मेरो जुनिएर जुजुमानको त मात्र पिशाब फेर्ने काम भो अनि म संग रिसाएको होकि जस्तो लाग्यो, साढे जस्तो उर्लिएर आएको थयो ।

काधमा थमथमाएर आस्वासन दिदै भने मौकाको फाईदा नऊठा तेरो सेखि तेई सर्किनिकी छोरिले झार्छे। आफ्नो हातलाई रुखको पातमा पुछेर फेरि सम्झे मेरो अश्तित्व अनि पहिचान त केवल त्यहि जुजुमाने कालो कोटमा छ , त्यो जुनिएर जुजुमानको के वास्ता,कालो चोट लायपो म जुजुमान नत्र मेरो के पहिचान।
झिसमिसेमा बेशि पुगे अनि काकिले हेर्त तेरो दारिमा शितै शित छ, जा मुख पुछ भन्नुभो अनि झस्यागं भय साला यो सबै पापि कुरा यै दारिको शितले पो शुरुगरायको रहेछ।अनि अठोट गरे मेरो कालोकोट लगायर म जुजुमाननै हु अनि मेरो पहिचान पनि त्यहि मैलो कालोकोटनै हो जहा मेरो अस्तित्व बिराजमान छ।
%d bloggers like this: