भूकम्पबाट घाइते अढार्इ बर्षीय बालक तामाङको हातबाट डा केसीले २२ दिनलामो अनसन तोडे – See more at: chheparo.com

16120453dr-kc-400x242 भूकम्पबाट घाइते अढार्इ बर्षीय बालक तामाङको हातबाट डा केसीले २२ दिनलामो अनसन तोडे - See more at: chheparo.com

काठमाडौं,  १९ मंसिर – २२ औँ दिनदेखि अनशनरत डा गोविन्द केसीले १२ बुँदे सहमतिपछि आज अनसन तोडेका छन्।

भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन्।

डा केसीको माग अनुसार केही समय अघि नियुक्त भएका डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल नयाँ डिनमा नियुक्त भइसकेको छन्। त्रिवि उपकुलपति तिर्थ खनियाँको बर्खास्तको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति समेत गठन गर्ने सहमति भएको छ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा शनिबारदेखि केसीको अनसन तोडाउन कसरत गरेका थिए।

दुवैतर्फका वार्ता टोलीले हिजो तयार गरेको १२ बुँदे सहमतिको मस्यौदामा डा केसीले आज हस्ताक्षर गरेर अनसन तोडेका हुन्।

SOURCE : Dcnepal.com

%d bloggers like this: