मलाई डाक्टर ले उपचार गरे, मोरी नर्स मा कहाँ दम थ्यो ! मलाई जुन बेड मा राखे, मुनि आलु-बम थ्यो !

1 मलाई त आफ्ना ले लुटे,  पराई मा कहाँ दम थ्यो !

मेरो हड्डी त्यहाँ भांचे,  जहाँ हास्पिटल बन्द थ्यो !

मलाई जुन एम्बुलेन्स मा हाले,  त्यसको पेट्रोल ख़तम थ्यो !

साला हरु ले रिक्सा मा हाले,  किनकी त्यसको भाड़ा कम थ्यो !

मलाई डाक्टर ले उपचार गरे,  मोरी नर्स मा कहाँ दम थ्यो !

मलाई जुन बेड मा राखे,  मुनि आलु-बम थ्यो !

मलाई त बम ले उडाए,  गोली मा कहाँ दम थ्यो !

2

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु

बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु

दु:ख र पीडालाई रक्सीलेनै धुने गर्छु

उनको माया नपाईकन म त अब जिउन सक्दिन

उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन

जीवन जगत संसार अब मेरा लागि हुँदै होइन

एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन

म देखि मृत्यु डराओस् मलाई कुनै डरै छैन

आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन हो,

म हर रात टिल्ल हुनेगरी पिउने गर्छु

बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

3

दुनिया आज मस्तिमा भुलेको छ,

टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ

कोहि सोचमा त कोही नयाँ खोजमा,

त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ

ओरालोमा देश गुडीराको बेला,

युवा शक्ति आफ्नै गस्तिमा भुलेको छ

नयाँ नैलो प्रविधिको विकाश हुँदा पनि,

हाम्रो देश हिजो अस्तिमा भुलेको छ

विकल्पको बाटो रोज्नु छोडी,

दल आफ्नै हितको जबरजस्तिमा भुलेको छ ।

%d bloggers like this: