मलेसियाको कमाइले आमाको खुट्टाको उपचार गरें

चिसाङ शेर्पा, खाेटाङ ।

सन् २०१३ जुलाई ३१ को दिन थियो । जुन दिन मैले आफ्नो देश छाडेर मलेसियामा पाइला राखेको दिन । खोटाङमा स्थानीय सञ्चारमाध्यममा काम गर्दागर्दै आफ्नो आमाको खुट्टाको उपचार खर्च जुटाउन मलेसिया गएको थिएँ ।

Chisang मलेसियाको कमाइले आमाको खुट्टाको उपचार गरेंमेरै कमाईले अहिले आमाको खुट्टाको उपचार भैसकेको छ । म मलेसिया आउँदा नयाँ ठाउँ, नयाँ मान्छे मनमा अनेक थरी सोच । देशकै मान्छेहरु पनि नयाँ लाग्थ्यो । मलेसियाको सेलेङगर राज्य बातुकेभमा रहेको क्यान कम्पनीमा १२ घण्टा काम गर्दै परदेशको यात्रा सुरु भएको थियो ।

पहिला देखिनै साहित्यमा रुची राख्थेँ । यहाँ आएपछि पनि निरन्तरता दिने कोसिस गरेँ । तर मैले देश छाडेपछि केही कुराले मलाई पनि छाड्यो । सँगै जिउने बाचा गरेकी प्रेमिकाले धर्म मिलेन भन्दै छाडिन् । कोठाको ल्याप्टप  र कागजात पनि चोरी भयो ।

तर काम भन्ने कुरा सानो ठुलो हुँदैन भन्दै निरन्तर काम गरिरहेँ । गाउँमा एउटा घर बनाएँ । विपतमा परेका केहि व्यक्ति र संघसंस्थालाई सहयोग गर्न सकेँ । केही अभियानको आफैं नेतृत्व गरें । ती अभियान सफल पनि भए । परदेशबाटै पनि देशका लागि केही गर्न सकिँदो रहेछ ।

मेरो तीन वर्षे बसाई सकेर नेपाल फर्किँदै छु । गुड वाई मलेसिया ।

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM